×

NMB BANK
NIC ASIA

प्रदेश १ को बजेटप्रति सत्तापक्षकै सांसद असन्तुष्ट, प्रतिपक्षी भन्छन् - हामीलाई हेपियो

असार ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, ७ असार –सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६का लागि ल्याएको बजेट कनिका छरेको जस्तै रहेको भन्दै आलोचना भएको छ ।

Muktinath Bank

प्रदेश १ को प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले विनियोजन विधेयकमाथि विचार गरियोस् भनी राखेको प्रस्ताव पारित भएपछि विनियोजन अन्तर्गतका शीर्षकमा १३ जना प्रदेश सदस्यले धारणा राखे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूले प्रदेशको समृद्धि झल्काउने प्रादेशिक गौरवका योजनाभन्दा धेरै टुक्रे योजना, तथा कार्यक्रम बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाएका छन् । नीति कार्यक्रमअनुसार बजेट आउने अपेक्षामा रहेका सांसदहरूले टुक्रे योजनामै धेरै रकम विनियोजन भएको भन्दै विनियोजन विधेयकमाथिको छलफलका क्रममा असन्तुष्टि पोखेका हुन् ।


Advertisment
Nabil box
Kumari

बजेट कार्यान्वयनमा चुनौती

Vianet communication
Laxmi Bank

सत्ता पक्षका सदस्य कुलप्रसाद सम्बाले कानुन र संरचनागत कमीका कारण बजेट कार्यान्वयनमा चुनौती रहेको बताए । बजेट आयो, योजना पनि परे, रकम पनि छुट्टियो अब कहाँबाट चलाउने ? उनको प्रश्न छ ।

उनले प्रश्न गरे- ‘कहाँ जाने मेरो पैसा आयो ? भन्दै, वडा अध्यक्षकोमा जाने कि ? उपमेयरकोमा कि, मेयरकोमा जानु पर्ने हो ?’ प्रदेश सरकारले स्थानीय तहमार्फत् बजेट खर्च गर्ने व्यवस्था मिलाएको छ । सांसद विजयकुमार विश्वास, सौभाग्यवती देवी राई, उमिता विश्वकर्मा, मोहनकुमार खड्काले बजेट राम्रो भए पनि कार्यान्वायनमा चुनौती रहेको बताए ।

प्रतिपक्ष भन्छन्, बजेटमा हेपियो

संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता जयराम यादवले बजेट समग्रमा राम्रो भए पनि पहुँच हुनेहरूका लागि मात्र भएको बताए । उनले बजेट कार्यान्वयनमा निक्कै चुनौती रहेको भन्दै सरकारलाई समयमै ध्यान दिन आग्रह गरे ।

विपक्षी दलका सदस्य प्रताप प्रकाश हाङवाङले बजेट कर्यान्वयनमा जटिलता रहेको बताए । धनकुटाका लिला सुब्बाले नेताहरूको निर्वाचन क्षेत्रमा मात्र बजेट तथा योजना पारिएको भन्दै विरोध गरिन् ।

बजेटमा प्रतिपक्षीलाई नअटाइएको प्रति आक्रोश पेखेकी सुब्बाले रातो किताब देखाउँदै भनिन्, ‘अरुबेला सत्तापक्ष र प्रतिपक्ष एक हौँ भन्ने बजेटमा नअटाउने ?’

त्यस्तै विपक्षी दलका प्रदेश सदस्य सूयर्माराज राईले सत्तापक्षका सांसद खुसी र प्रतिपक्षका संसद दुःखी हुनुपरेको बताए ।

उनले बजेटमा विपक्षी दलका सदस्यहरूलाई सौनेती छोराको जस्तो व्यवहार भएको गुनासो गरे । उनले पहुँचका भरमा बजेट वितरण भएको समेत बताए ।

प्रतिपक्षी सांसदहरू शिवनारायण गन्गाई, हिमाल कार्की, सञ्जाकुमारी दनुवार लगायतले बजेट सत्ता पक्षका लागि मात्र भएको आरोप लगाए ।

यस्तै सत्तापक्षकै सांसद उत्तमकुमार बस्नेतले बजेटमा विनियोजन गरिएको रकम ज्यादै कम भएको भन्दै अपुङ्गो र पञ्चामृत बाँडेको जस्तै भएको टिप्पणी गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x