×

NMB BANK
NIC ASIA

तिलोत्तमाका प्राथामिकता : शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकास

असार ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, ७ असार – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

Muktinath Bank

तेस्रो नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख वासुदेव घिमिरेले ‘सामुदायिक विद्यालयको शैक्षिक र भौतिक सुधार : बालबालिका विद्यालय प्रवेशको पहिलो आधार’ भन्ने नाराका साथ समग्र शिक्षा प्रणालीको सुधारमा लागि स्पष्ट दृष्टिकोण, प्रतिबद्धता र लगनशीलता साथ अगाडि बढ्ने जानकारी गराए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरू गरिसकेको तिलोत्तमाले सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउन शैक्षिक र भौतिक पक्षको सुधारका साथै विद्यार्थीको आवतजावतका लागि सवारीसाधन सञ्चालनमा सहयोग उपलब्ध गराउनेसम्मका कार्यक्रम अघि सारेको छ । आगामी ३ वर्षभित्र सामुदायिक र संस्थागत विद्यालयबीचको दूरी समान गर्ने, ‘फल्स सिलिङ्ग’ राखेर विद्यार्र्थीलाई टिनको प्रत्यक्ष छानामुनि बस्नुपर्ने बाध्यताको अन्त्य गरिने पनि तिलोत्तमाको नीति तथा कार्यक्रममा उल्लेख छ । 


Advertisment
Nabil box
Kumari

‘स्वस्थ नगरवासी : स्वस्थ नगर’ भन्ने नाराका साथ गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समतामूलक पहुँच सुनिश्चित गर्ने कार्यमा नगरपालिका क्रियाशील रहने उल्लेख गर्दै नगर प्रमुख घिमिरेले निकट भविष्यमा कार्यान्वयन हुने स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत वडा नम्बर १७ का नागरिकलाई स्वास्थ्य बीमामा लाग्ने रकमको ३० प्रतिशत रकम अनुदान दिने गरी बजेट व्यवस्था मिलाइने जानकारी गराए ।

Vianet communication
Laxmi Bank

यस्तै, नीति तथा कार्यक्रममा वडा नम्बर ७ मा रहेको सेमरा बजार स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी २५ शैयाको अस्पतालको रुपमा विकास गरिने, वडा नम्बर १७ मा रहेको ‘वीपी ग्राम’लाई आवश्यक भौतिक पूर्वाधारसहित स्वास्थ्य केन्द्रको रुपमा सञ्चालनमा ल्याइने जनाइएको छ ।

‘एक घर, एक करेसाबारी : पकेट क्षेत्रमा व्यवसायिक तरकारी’ भन्ने नाराका साथ वडा नम्बर १४ लाई ‘तरकारी पकेट क्षेत्र’ र अन्य वडामा ‘एक घर : एक करेसाबारी’को नीति अवलम्बन गर्दै आगामी १ वर्षभित्र तरकारीमा आत्मनिर्भर हुने नगरपालिकाको लक्ष्य छ । कृषि तथा पशुपालनमा अनुदानका विभिन्न कार्यक्रम अघि सार्दै नगरपालिकाले ‘व्यवसायिक रुपमा काम गर्ने किसानलाई नगरपालिकाको सम्मान : सबै किसानलाई उत्पादनमा आधारित अनुदान’ नीति अवलम्वन गरिने जनाएको छ ।

पशु बीमा अनुदान र बाली तथा पशु संरक्षण कोषलाई थप व्यवस्थित गरिने जनाउँदै नगर प्रमुख घिमिरेले सहकारी खेती प्रणाली, सहकारी संघ संस्थासँगको सहकार्यमा थ्रीपी मोडलमा उत्पादनमूलक उद्योग व्यवसाय सञ्चालन, भैलुभुजलगायत सिँचाइ प्रणाली र बोरिङ्गलाई पूर्वअवस्थामा सञ्चालनमा ल्याउन प्रोत्साहन गर्दै सिँचाइमा लाग्ने विद्युत् महशुलमा १० प्रतिशत अनुदान दिने व्यवस्था मिलाउने नीति नगरपालिकाले लिएको उल्लेख गरे । 

कम्तिमा ५० जना नेपाली नागरिकलाई रोजगारी दिने उत्पादनमूलक उद्योगको नाममा रहेको जमिनमा लाग्ने एकीकृत सम्पत्ति करमा १५ प्रतिशत छुट दिने नीति नगरपालिकाले अवलम्बन गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत जोगिकुटी र कोटिहवामा बुद्धमूर्तिसहितको आकर्षक ‘प्रवेशद्वार’ निर्माण गर्ने, खरको छाना भएका घर परिवारलाई जस्तापाताको छानामुनि ल्याउन कार्यविधि बनाएर जस्तापातामा लाग्ने रकमको ३० प्रतिशत अनुदान दिइने नीति तिलोत्तमा नगरपालिकाको छ ।

भूमिहीन, अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई सुरक्षित बसोबासको लागि सामूहिक आवास निर्माणको सम्भाव्यता अध्ययन गरिने जनाउँदै नगरपालिकाले नीति तथा कार्यक्रममार्फत् आगामी आर्थिक वर्षमा नयाँ पक्की सडकको तुलनामा पूराना जीर्ण सडकको मर्मत सुधारलाई विशेष महत्व दिइने जनाएको छ । वडा नम्बर ११ को वडा भवनलाई जलाशयको बीचमा निर्माण गरी नमूना वडा कार्यालयका रुपमा स्थापित गरिने, ‘तिलोत्तमा सञ्चार ग्राम’ स्थापनाको लागि आवश्यक गृहकार्य गरिने, दमकल खरिद गरिने पनि नीति तथा कार्यक्रममा समेटिएको छ । 

स्वयंसेवक परिचालन रणनीति तय गरिने, बढीमा २ छोरी मात्र जन्माई बन्ध्याकरण गर्ने दम्पत्तिलाई पुरस्कार तथा सम्मान गरिने, एकल महिलाको नाममा सञ्चालित व्यवसाय र एकीकृत सम्पत्ति करमा १५ प्रतिशत छुट उपलब्ध गराइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । नगरको पुनर्नापीको कार्यक्रमलाई म्याचिङ्ग फण्डको रुपमा रकम विनियोजन गरी पुनर्नापी कार्यक्रम सञ्चालन गरिने, ‘एक घर : एक बैंक/सहकारी खाता, एक महिला : एक बैक/सहकारी खाता अभियान’ सञ्चालन गरी सरकारको आर्थिक/सामाजिक सहयोग सबै परिवारमा सिधै पुग्ने वातावरण मिलाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

साउन १ गतेदेखि ‘एकीकृत सम्पत्ति कर’ लागू गरी संकलित राजस्वको २५ प्रतिशत रकम सम्बन्धित वडाको विकासका लागि नै व्यवस्थापन गरिने, सबैभन्दा धेरै कर दाखिला गर्ने करदातालाई ‘उत्कृष्ट करदाता’को रुपमा पुरस्कृत गरिने पनि नीति तथा कार्यक्रममा समेटिएको छ । नीति तथा कार्यक्रम तिलोत्तमा नगरलाई समृद्ध बनाउने मार्गदर्शक दस्तावेज रहेको जनाउँदै नगर प्रमुख घिमिरेले यसको सफल कार्यान्वयनका लागि सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, संघ संगठन, गैरसरकारी संस्था, निजी तथा सहकारी क्षेत्रलगायत सबैको सद्भाव, सहभागिता र सहयोग हुने विश्वास व्यक्त गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x