×

NMB BANK
NIC ASIA

ट्रम्पसँग किमको सम्झौतापछि उत्तर कोरियाको आणविक हतियार के हुन्छ ?

असार ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका राष्ट्रपति र उत्तर कोरियाका नेता किम जोङ–उनका बीच सिंगापुरमा भएको सम्झौतामा पूरै कोरियाली प्रायद्वीपको पूर्ण निःशस्त्रीकरणको कुरा परेको छ । यसको अर्थ हुन्छ, दक्षिण कोरियामा अमेरिकाको आणविक पनडुब्बी र हतियार छ भने त्यसलाई पनि अमेरिकाले फिर्ता लग्नुपर्ने हुन्छ । 

उत्तर कोरियाका आणविक हतियार र प्रविधिका विषयमा अमेरिकाका के अपेक्षा छन् ? अन्तर्राष्ट्रिय सम्बन्धका जानकार र अमेरिकाको डेलावेयर विश्वविद्यालयमा प्राध्यापक मुक्तदर खान भन्छन्, ‘उत्तरसँग भएको हतियार उसले चीनलाई वा अमेरिकालाई वा रुसलाई दिन सक्छ वा वैज्ञानिक तरिकाले नष्ट गर्न सक्छ ।’

खान आणविक हतियार बनाउने दुर्लभ प्रविधिको महत्त्वलाई रेखांकित गर्छन् । आणविक प्रविधिको सबभन्दा महत्त्वपूर्ण हिस्सा युरेनियमको संवर्द्धन हो ।

उनी भन्छन्, ‘उत्तर कोरियाको जुन भट्टीमा युरेनियमको ९९ प्रतिशतसम्म संवर्द्धन वा शुद्धीकरण गरिन्छ अनि जसलाई इरानले अहिलेसम्म बनाउन सकेको छैन, त्यो बन्द हुनुपर्ने अमेरिकाको चाहना छ । त्यसको सेन्ट्रीफ्युसेजलाई नष्ट गरिएमा दश वर्षपछि कुनै नयाँ शासक उत्तर कोरियामा आएपनि उसले शुरूदेखि नै काम गर्न थाल्नुपर्ने हुन्छ । तर यो हुने कुनै सम्भावना छैन । आणविक हतियार गुमाएमा उत्तर कोरियाले आफ्नो एक मात्र शक्ति गुमाउनेछ ।
अमेरिकाले उसमाथि विश्वास गर्न नसकिने प्रमाणित गरिसकेको छ । इरानसँग उसले सम्झौता तोडिसकेको छ ।’

अनि अमेरिकाको एक राजनीतिक जमात उत्तर कोरियासँगको सम्झौतामा खुशी छैन । अमेरिकालाई सम्झौताबाट खासै फाइदा भएन भन्ने उनीहरूको सोच छ ।

अन्तर्राष्ट्रिय मामिलाविज्ञ जयन्ती राघवन अमेरिका र उत्तर कोरियाबीचका अनेक द्वन्द्व कायम रहेको जुन निकट भविष्यमा फेरि अगाडि आएर स्थितिलाई बिगार्न सक्ने बताउँछिन् । 

उनी भन्छिन्, ‘ट्रम्पले दक्षिण कोरियासँगको सैन्य अभ्यास छोड्ने बताएका छन् । तर उनले दक्षिणसँग कुराकानी नगरिकनै यसो भनेका हुन् जस्तो लाग्छ । ट्रम्प दक्षिण कोरियासँग सहयोगको प्रतिबद्धताबाट हटिरहेको दक्षिणलाई लाग्न सक्छ ।’

तर इतिहासमा केही देशहरूले सफलतापूर्वक निःशस्त्रीकरण गरेको उदाहरण छ र त्यसबाट उनीहरूलाई फाइदा पनि भएको छ । 

मुक्तदर खान भन्छन्, ‘ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र स्विडेन यसका उदाहरण हुन् । सोभियतकालमा कजाकास्तान, बेलारुस, युक्रेनसँग पनि सयभन्दा बढी आणविक हतियार छन् । उनीहरूले हतियार त्यागेपछि पश्चिमले उनीहरूलाई अर्बौं डलर आर्थिक सहायता दिएको थियो । उत्तर कोरियाले पनि धेरै फाइदा लिन सक्छ तर उसले यो कुराकानीलाई व्यवस्थित गर्न सक्नुपर्छ । यसलाई उसले चरणबद्ध तरिकाले अघि बढाउनुपर्छ ।’

हाल सबै कुरा स्थिर र शान्त देखिन्छ । तर किमसँग भेटघाटपछि सिंगापुरमा ट्रम्पले तमाम सकारात्मक पक्षका साथसाथै किमका वाचामाथि शंकाहरू निर्मूल भइनसकेको बताएका थिए ।

उनले भनेका थिए, ‘उनीहरूले निःशस्त्रीकरण गर्छन् जस्तो मलाई लाग्छ । म गलत पनि हुन सक्छु । ६ महिनामा म तपाईंका अगाडि उभिएर म गलत रहेछु भन्न सक्छु । म यो कुरा स्वीकार गर्छु गर्दिनँ थाहा छैन तर कुनै बहाना पक्कै खोज्छु ।’

बीबीसी हिन्दीबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x