×

NMB BANK
NIC ASIA

कर्णालीको बजेट : ३ महिना मात्र खान पुग्ने जनतालाई छोएन

असार ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत, ७ असार – कर्णाली प्रदेशको सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटको छलफलमा भाग लिँदै कर्णालीका सांसदले पहुँच र हुनेखानेलाई मात्रै बजेटले समावेश गरेको आरोप लगाएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

कर्णाली प्रदेशसभाको आजको प्रदेशसभाको बैठकमा बजेटमाथि छलफल गर्दै नेपाली काँग्रेसका प्रदेशसभा सदस्य झोवा विकले ९ महिना काम गरेर ३ महिना मात्र खान पुग्ने मुगुका जनताका लागि बजेटले नछोएको बताइन् । उनले कसैलाई काखा र कसैलाई पाखा नगरी न्यायोचित ढंगले बजेटको संशोधन गर्न माग गरिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्तारुढ दल नेकपाका करवीर शाहीले बजेटलाई दामासाहीका रुपमा नबाँड्न आग्रह गर्दै आवश्यकता र पहिचानका आधारमा बजेट विनियोजन गर्न माग गरे । सदस्य गोपाल शर्माले सरकारको बजेट वितरणमुखी भएकाले सुधार्न आवश्यक रहेको बताए । सदस्य अमृता शाहीले सुर्खेतका बाढीपीडितलाई तत्काल पालमुनिबाट छानामुनि ल्याउन माग गरिन् ।


Advertisment
Nabil box
Kumari

कर्णाली प्रदेशको सरकारले प्रस्तुत गरेको आव २०७५/७६ को बजेटमाथिको सैद्धान्तिक छलफल शुक्रबार पनि जारी हुने र छलफलमा उठेका विषयमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जवाफ दिने कार्यसूची रहेको सभामुख राजबहादुर शाहीले जानकारी दिए । शुक्रबारको बैठकमा सरकारका तर्फबाट ३ विधेयक प्रस्तुत हुने कर्णाली प्रदेशसभा सचिवालयले जनाएको छ । शुक्रबार अपराह्न ३ बजेका लागि संसद्को बैठक आह्वान गरिएको छ । 

Vianet communication
Laxmi Bank

सभामुखसँग विवाद हुँदा राजीनामा 

सभामुखसँग विवाद हुँदा कर्णालीका प्रदेशसभा सदस्य धर्मराज रेग्मीले संसद्को कार्यव्यवस्था समितिको सदस्यबाट राजीनामा दिएका छन् । दैलेखबाट निर्वाचित नेकपाका प्रदेशसभा सदस्य रेग्मीले कर्णाली प्रदेशसभाका सभामुख शाहीसँग कार्यसूचीका बारेमा विवाद हुँदा प्रदेशसभाको कार्यव्यवस्था समिति सदस्यबाट राजीनामा दिएका हुन् । 

संसदमा प्रस्तुत हुने कार्यसूची आफूले दिएको सुझावको वास्ता नगरेर सभामुख शाही अगाडि बढेपछि विवाद भएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x