फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
जनकपुरधाम, ७ असार – उपभोक्ताका लागि कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्ने अभियुक्तहरू सहजै उम्किने गरेको पाइएको छ ।
जनकपुरमा पेट्रोलियम पदार्थमा कालोबजारी गरेर पक्राउ परेका अभियुक्तलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले तारेखमा रिहा गरेका छन् ।
छ्याप्छ्याप्ती कालोबजारी
बजार अनुगमनका क्रममा कालोबजारी गरेको भेटिएपछि गत जेठ २८ गते जनकपुर उपमहानगरपालिका–१४ स्थित मुजेलियामा सञ्चालनमा रहेको बाबा आयल स्टोरमा शिलबन्दी गरियो । प्रहरीले स्टोरका सञ्चालक तथा पेट्रोल व्यवसायी संघ धनुषाका अध्यक्ष विष्णुदेव साहलाई पक्राउ समेत गर्यो ।
अनुगमनका क्रममा स्टोरमा पेट्रोल र डिजेल रहेतापनि पेट्रोल पम्प बन्द गरी कृत्रिम अभाव सिर्जना गरिएको थियो । स्टोरका ४ ट्याङ्कीमा २ हजार ४ सय ६५ लिटर पेट्रोल र ट्याङ्कीमा ४ हजार १ सय ४९ लिटर डिजल रहेको पाइएपछि कारवाही प्रक्रिया अगाडि बढाइएको थियो ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले अनुगमन गरेको थियो । तर, केही दिनपछि प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले अभियुक्तलाई उन्मुक्ति दिएका छन् । अध्यक्ष साहकै भाई तथा ट्याङ्कर व्यवसायी संघ धनुषाका अध्यक्ष किशुनदेव साहले सञ्चालन गरेको जनकपुर आयल स्टोरमा छापा हान्दा ७ सय ७५ लिटर पेट्रोल र ९ सय ७ लिटर डिजल पाइएको थियो । टोलीले स्टोरमा शिलबन्दी गर्दै साहलाई पक्राउ गरेको थियो ।
जनकपुर–७ जिरोमाइलस्थित भी आयल स्टोर्समा समेत टोलीले छापामारी गर्दा ३ हजार ४ सय ६१ लिटर पेट्रोल र ३ हजार ३ सय ९६ लिटर डिजेल बरामद गरिएको थियो । पेट्रोल पम्पका व्यवस्थापक रामप्रकाश साह र पम्पमा पेट्रोल नाप्ने कामदार नविनकुमार महतो पक्राउ समेत गरिएको थियो । अनुगमन टोलीले छापा मार्नुअघि आफैं ग्राहक बनेर गोप्य अनुगमन गरेको थियो । अनुगमनका क्रममा पेट्रोल नभएको बताएपछि दिएपछि छापा हानेको जनाइएको छ ।
मन्त्रीलाई नै झुक्याएर कालोबजारी
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव चढेको गाडीले जेठ २८ गते पेट्रोल माग्दा समेत ‘छैन’ भनेर पेट्रोल पम्प सञ्चालकले फर्काइदिएका थिए । गाडीमा इन्धन भर्न मन्त्री आफैं जनकपुरको जिरोमाइलस्थित भी आयल स्टोर्समा पुगेका थिए । त्यहाँ ‘पेट्रोल र डिजेल छैन’ भन्ने कुरा लेखेर झुण्ड्याइएको थियो । मन्त्री यादव त्यसपछि डिजेल नलिइकनै जलेश्वर गएका थिए ।
तर, साँझ उनी जलेश्वरबाट फर्किदै गरेको बेलामा भी आयलमा ग्यालनमा पेट्रोल र डिजेल बेचिरहेको मन्त्रीले देखे । लगत्तै मन्त्री यादवले धनुषाका एसपीलाई फोन गरेर पेट्रोल पम्पमा छापामारी गर्न निर्देशन दिएका थिए । त्यसपछि धनुषाका एसपी गोविन्द थपलियाले पेट्रोल पम्पमा छापामारी गर्न लगाएका थिए ।
अभियुक्त उम्किने कारवाही प्रक्रिया
कालोबजारीका अभियुक्त पक्राउ गर्दा धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोपाल पराजुली जिल्लामा थिएनन् । उनी बिदामा बसेका थिए । धनुषा प्रहरीले ती सबैविरुद्ध कालोबजारी तथा अन्य सामाजिक अपराध र सजाय ऐन २०३२ अनुसार कारवाही प्रक्रिया अगाडि बढाएको थियो ।
ऐनको माग दाबी बमोजिम अभियुक्तलाई १ वर्षसम्म कैद वा १० लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने जिल्ला सरकारी वकिल कार्यालय धनुषाका न्यायाधिवक्ता टेकबहादुर कार्कीले बताए । नेपाल आयल निगम इन्धन डिपो महेन्द्रनगरका प्रमुख मोहनकुमार साहलाई पनि धनुषा प्रहरीले पक्राउ गरी बयानका लागि जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएको थियो । प्रजिअ पराजुली बिदामा बसेका कारण उनलाई प्रत्येक दिन तारेखमा राखेर छोड्ने गरिन्थ्यो ।
जेठ ३०, ३१, असार १ र ३ गते उनले तारेख लिएका थिए । पछि नेपाल आयल निगम केन्द्रीय कार्यालयले साहलाई पत्र प्राप्त भएको मितिदेखि २४ घण्टाभित्र केन्द्रीय कार्यालयमा हाजिर हुने भनेर असार १ गते पत्र आएपछि खोजी गरेको बखत जुनसुकै बेला पनि उपस्थित हुने गरी साहलाई सीडीओ पराजुलीले छाडेका थिए ।
अभियुक्तहरू धरौटीमा रिहा
कालोबजारीका अभियुक्त पक्राउ गर्दा सीडीओ पराजुलीले कम्तिमा पनि २५ दिन अभियुक्तलाई थुनामा राखेर थुनछेक मुद्दाको आदेश हुने बताएका थिए । तर, पक्राउ परेको केही दिनमै असार ४ गते सीडीओ पराजुलीले अभियुक्तलाई ठहरे बमोजिम हुने गरी भन्दै जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा गरे ।
सीडीओको बोली र व्यवहार फरक–फरक भएपछि आर्थिक चलखेल भएको हुन सक्ने आशंका गरिएको छ । ‘बाहिर के कस्तो हल्ला छ भन्ने कुरा मलाई थाहा छैन, आफूले गरेको आदेश कानून बमोजिम नै हो । कानून नजान्ने मान्छेले त जे पनि भनि हाल्छ नि !’ सीडीओ पराजुलीले लोकान्तरसँग भने, ‘अहिले मुद्दा छिनिएको छैन, पछि दोषी ठहरे बमोजिम हुने नै छ । तर, अहिले थुनछेकको क्रममा भने कसूरको मात्रा अनुसार आदेश गर्ने हो ।’
अभियुक्तहरू तारेखमा छुटेकाले सीडीओलाई आर्थिक प्रलोभनमा पारेर सामान्य जरिवानाका भरमा उन्मुक्ति पाउने स्थानीयले दावी गरेका छन् । कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्नेहरूले पेट्रोल भारततिर बिक्री गर्ने गरेको स्थानीय बताउँछन् । नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढ्ने र घट्ने क्रम चलिरहेकाले पेट्रोल व्यवसायीले पेट्रोल तस्करमार्फत् भारतमा बढी रकम लिएर बिक्री गर्दै आएका छन् ।
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...