×

NMB BANK
NIC ASIA

मुख्य समाचार : नेपाल र चीनबीच विभिन्न सम्झौता, एकजुट हुन जिल्ला सभापतिको कांग्रेस नेतृत्वलाई सुझाव

असार ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ असार –नेपाल र चीनबीच रेलमार्ग निर्माणमा सहयोग परियोजनासम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । वि.सं २०७२ मा भएको व्यापार र पारवहन सम्झौताका आधारमा चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी लि खछ्याङबीच गे्रट हल अफ द पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माणलगायत १४ विषयमा सम्झौता भएको हो । 

Sagarmatha Cement
Muktinath Bank

रेलमार्ग निर्माणसम्बन्धी सम्झौतामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र उहाँका चिनियाँ समकक्षी लि सियोपिङले हस्ताक्षर गर्नुभयो ।     यसैगरी उहाँहरूबीच नेपालको कार्गो यातायातका लागि चीनको स्वशासित क्षेत्र तिब्बतको राजमार्ग प्रयोग गर्नेसम्बन्धी सम्झौतापत्रमा समेत हस्ताक्षर भएको छ । नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास र सुधार आयोगबीच उत्पादन क्षमतासम्बन्धी लगानी र सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयका सचिव राजन खनाल र चिनियाँ आयोगका उपाध्यक्ष झाङ योङले सो सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै सिन्धुपाल्चोकको तातोपानी र रसुवागढीमा मितेरीपुल निर्माण गर्न चीनले सहयोग गर्ने बारे पनि सम्झौता भएको छ । ती सम्झौतापत्रमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी र चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री कोङ झेङयूबीच हस्ताक्षर भयो । 


Advertisment
Nabil box
Kumari

कांग्रेस नेतृत्वलाई एक हुन जिल्ला सभापतिको आह्वान

Vianet communication
Laxmi Bank

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले नेतृत्वलाई मन, वचन र कर्मले एक हुन आह्वान गरेका छन् ।

पार्टीका जिल्ला सभापतिहरूको भेला पछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले जिल्ला सभापतिको राष्ट्रिय भेलामा बोल्ने अघिकांशले नेतृत्वमा सधैँ पार्टी एक ढिक्का बनाउन आत्मादेखि प्रतिबद्धता हुनुपर्नेमा जोड दिएको जानकारी दिए ।

उनले भेलाले संघीय प्रणालीअनुरूप प्रदेश, स्थानीय तह, वडामा पार्टी समिति स्थापना गर्न र विधिवत् अधिवेशन गराई निर्वाचन गराउन महासमिति र केन्द्रीय समितिको बैठकले निर्णय गरी विधान पारित गराउन सुझाव दिएको जानकारी दिए ।

सभापतिका सुझावलाई अभिलेखमा उतारी विधानको मस्यौदा तर्जुमा गर्न कार्यदल बनाइने भएको छ । प्रवक्ता शर्माले केही जिल्ला सभापतिले धर्मनिरपेक्षतालाई पुनः आत्मसमीक्षा गर्न सुझाव दिएको जानकारी पनि दिए ।

सभामुखसँग विवाद हुँदा राजीनामा

सभामुखसँग विवाद हुँदा कर्णालीका प्रदेशसभा सदस्य धर्मराज रेग्मीले संसद्को कार्यव्यवस्था समितिको सदस्यबाट राजीनामा दिएका छन् । दैलेखबाट निर्वाचित नेकपाका प्रदेशसभा सदस्य रेग्मीले कर्णाली प्रदेशसभाका सभामुख शाहीसँग कार्यसूचीका बारेमा विवाद हुँदा प्रदेशसभाको कार्यव्यवस्था समिति सदस्यबाट राजीनामा दिएका हुन् । संसदमा प्रस्तुत हुने कार्यसूची आफूले दिएको सुझावको वास्ता नगरेर सभामुख शाही अगाडि बढेपछि विवाद भएको उनले बताए ।
 
प्रदेश विनियोजन विधेयक बहुमतले पारित

प्रदेश नं ४ प्रदेशसभाको बिहीबारको बैठकबा प्रदेश विनियोजन विधेयक, २०७५ पारित भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विधेयक पारित गरियोस् भन्दै प्रदेशसभामा प्रस्तुत गर्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।

यसअघि विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरूले विनियोजित रकम पारदर्शी हुनुपर्ने बताउँदै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए । 

बिम्स्टेक शिखर सम्मेलनको तयारी तीव्र

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आयोजना गर्न सरकारले तयारीलाई तीव्र बनाएको छ ।

सम्मेलनको पूर्व तयारीका लागि सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय मूल समिति गठन गरेको छ । त्यस्तै परराष्ट्रमन्त्रीको संयोजकत्वमा सम्मेलन तयारी तथा समन्वय, अर्थमन्त्रीको संयोजकत्वमा अर्थ, गृहमन्त्रीको संयोजकत्वमा सुरक्षा, परिवहन तथा यातायात, सञ्चार तथा सूचना प्रविधि मन्त्रीको संयोजकत्वमा सञ्चार व्यवस्थापन तथा प्रचारप्रसार र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको संयोजकत्वमा भौतिक पूर्वाधार व्यवस्था तथा नगर सजावट समिति गठन गरिएको छ ।

बिम्स्टेकको अध्यक्ष हाल नेपाल रहेको छ ।

सेनाको कामकारवाहीबारे राष्ट्रपतिबाट जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको जंगी अड्डा जानुभई त्यहाँको कामकारवाही र गतिविधिबारे आज जानकारी लिनुभएको छ । 

नेपाली सेनाका परमाधिपतिसमेत रहनुभएकी राष्ट्रपति भण्डारीले नेपाली सेनाले हालसम्म निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उच्च मनोबल तथा हौसलाका साथ सरकारले प्रदान गरेको जिम्मेवारीलाई सम्पन्न गर्न निर्देशन दिनुभएको जङ्गी अड्डा जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

सो अवसरमा कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षाको महत्वपूर्ण जिम्मेवारी बोकेको तथा विशिष्ट चरित्र भएको नेपाली सेनालाई आवश्यक सहयोग गर्न रक्षा मन्त्रालय तथा सरकार सदैव सकारात्मक रहेको बताउनुभयो ।

गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा क्षमा नदिने गरी कानून बन्दै

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले द्वन्द्वकालका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनालाई क्षमा नदिने गरी कानून बनाउने तयारी गरेको छ ।

मानवअधिकारको गम्भीर उल्लङ्घनका घटना, गैरकानूनी हत्या, व्यक्ति बेपत्ता पार्ने, यातना दिने र जबर्जस्ती करणी वा अन्य यौनजन्य हिंसामा पीडित र पीडकबीच सहमति भए पनि मेलमिलाप हुन नसक्ने गरी मन्त्रालयले कानून निर्माण गर्ने तयारी गरेको हो । 

संक्रमणकालीन न्यायका लागि गठित दुई आयोगको ऐन पहिलो संशोधनका बारेमा जानकारी दिँदै कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले भने, “मानवधिकारको गम्भीर उल्लङ्घनका घटनामा पीडक र पीडितबीच सहमति भए पनि मेलमिलाप हुँदैन, आयोगले पनि क्षमा दिन सक्दैन ।”

बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गरेर ‘संक्रमणकालीन न्यायको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन’ नाम राखिएको छ । 

साझाको सम्पत्ति लिलामीबाट जोगियो 

साझा प्रकाशनको पुल्चोकस्थित भौतिक सम्पत्ति लिलामी हुनबाट जोगिएको छ । 

प्रकाशनले राष्ट्रिय सहकारी बैंकलाई साँवा तथा ब्याज गरी बिहीबार रु पाँच करोड ३० लाख १९ हजार २१६ भुक्तानी गरेकाले लिलामी हुनबाट जोगिएको साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक                डोलिन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त रकम अर्थमन्त्रालयको सहयोगमा भुक्तानी गरिएको हो । 

तत्कालीन व्यवस्थापकले २०६९ फागुनमा प्रकाशनको केन्द्रीय कार्यालय रहेको जग्गा धितोमा राखी राष्ट्रिय सहकारी बैंक लिबाट एक वर्षको भाखा लिई रु चार करोड ६० लाख कर्जा लिएको थियो ।

वडाध्यक्षसहित तीन पक्राउ

झुठो विवरण पेश गरी किर्ते नागरिकताका लागि सिफारिस गरेको आरोपमा सिन्धुपाल्चोकका एक वडाध्यक्षसहित तीनजनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नपा–१ स्याउलेका वडाध्यक्ष सानुकान्छा श्रेष्ठ, सोही वडामा कार्यरत स्थानीय पञ्जिकाधिकारी राजकुमार श्रेष्ठ र मिलेमतोमा सामेल भएकी सुनसरी जिल्ला वक्यौली–३ की सीमाकुमारी राजधानीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x