×

NMB BANK
NIC ASIA

हार्ले डेभिडसन किन्छु भनेर कबोलेको मानिस पैसै नदिई बाइक लिएर बेपत्ता

असार ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ असार – अन्लाइन सेल बेवसाइटमा हार्ले डेभिडसनको विज्ञापन हेरेर बाइक किन्न आएका एक युवकले ट्रायलको बहाना बनाएर बाइक लिई बेपत्ता भएका छन् । धेरै बेरसम्म पनि युवक नआएपछि बाइक मालिकले प्रहरीमा उजुरी गरेका छन् । 

भारतको हरियाणाको गुडगाउँमा यो घटना भएको थियो । त्यहाँको पालम विहार निवासी अजयले आफ्नो हार्ले डेभिडसन बाइक बेच्नका लागि ओएलएक्समा राखेका थिए । जुन १३ मा राहुल नागर नामक एक युवकले उनीसँग सम्पर्क
गरे । त्यसपछि दुवैबीच बाइकका विषयमा अन्लाइन च्याटिङ गरेका थिए । जुन १५ मा उनीहरू बिहान साइबर हबमा भेट्ने निश्चित भयो । दुवै त्यहाँ पुगे र फोन सम्पर्क गरेर भेटे । 

भेटघाटमा राहुलले बारम्बार बाइकका बारेमा सोधे । उनले आगरा बस्ने गरेको र विदेशमा मार्बल आपूर्तिको व्यापार गर्ने गरेको बताए । त्यसपछि दुवैजना गए । 

दिउँसो उनले फोन गरे र बेलुका पौने ६ बजे हार्ले डेभिडसनको शोरूममा बोलाए । त्यहाँ मेकानिकबाट बाइक चेक गराए । मेकानिकले सबै ठीक रहेको बताए । 

उनीहरू दुवै शोरूमबाट बाहिर निस्के र कुराकानी गरे । सात लाख भारुमा बाइक बिक्री गर्ने कुरा भयो । उसले फेरि टेस्ट ड्राइभ गर्छु भन्यो । अनि बाइक लिएर गएको मान्छे गायब भयो । 

अजयले उसलाई बारम्बार कल गरेपनि उसले कलको जवाफ फर्काएन अनि पछि त मोबाइल स्विच अफ भयो । अनि अजयले प्रहरी नियन्त्रण कक्षमा सूचना दिए । पछि उनी उजुरी गर्न आफैं प्रहरी कार्यालय पुग्दा प्रहरीले ‘आज ईदको
बिदा छ, भोलि आउनू’ भने । त्यसपछि अजय निराश भए अनि अनलाइन उजुरी गरे ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x