×

NMB BANK
NIC ASIA

नेपाल र चीनबीच ऊर्जा सहकार्यका लागि उच्चस्तरीय संयन्त्र बन्ने

असार ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ८ असार - नेपाल र चीनबीच ऊर्जा, जलस्रोत क्षेत्रका विविध आयामहरुमा सहकार्यका लागि मार्ग प्रशस्त भएको छ । 

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी लि खछ्याङको उपस्थितिमा भएका सहमति तथा सम्झौताले ऊर्जा क्षेत्रको विकासमा रणनीतिक महत्व राख्ने र नेपालले अगाडि सारेको आर्थिक समृद्धिको लक्ष्य हासिल हुने सम्भावना बढेर गएको हो । 

नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र चीनको राष्ट्रिय ऊर्जा प्रशासनबीच नेपालमा ऊर्जा सहकार्य गर्ने विषयमा सहमति भएपछि भारतसँग जस्तै सचिव र सहसचिवस्तरीय संयन्त्र बन्ने भएको हो । सो सम्झौतामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र चीनको ऊर्जा निकायका प्रशासक नुर बाइकेलीले हस्ताक्षर गर्नुभएको हो । 

दुई देशबीच ऊर्जा तथा जलविद्युत् क्षेत्रको विकास गर्दै विद्यु्त आदानप्रदान एवं अन्तरआबद्धता गर्ने विषयमा सहमति भएको छ । सहमतिले दुई देशबीच ऊर्जा, जलविद्युत्को क्षेत्रमा सहकार्यको ढोका खुलेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोकर्णराज पन्थले जानकारी दिनुभयो । 

उहाँले विद्युत् उत्पादन, प्रसारण तथा निर्माणमा यस्ता सम्झौताले दीर्घकालीनरुपमा महत्व राख्ने र सरकारको लक्ष्यलाई पूरा गर्न सहयोग पुग्ने बताउनुभयो । नेपाल र चीनबीच भएको सहमतिमा यस्तै जलविद्युत् आयोजनामा संयुक्त लगानी गर्ने, लगानीमैत्री वातावरण तयार गर्नेलगायतका विषयमा समेत समावेश छ । 

यस्तै केही ठूला परियोजना निर्माणका लागि सरकारी तथा निजी क्षेत्रबीच पनि सहकार्य गर्न दुवै पक्ष सहमत भएका छन् । भ्रमणका क्रममा केही ठूला र महत्वपूर्ण आयोजना निर्माण गर्ने विषयमा समेत सहमति गर्ने तयारी गरिए पनि ती भने अगाडि बढ्न सकेनन् । 

सरकारले कूल ७६२ मेगावाट क्षमताको तमोर, जाजरकोटमा आयोजनास्थल रहेको ४१० मेगावाट क्षमताको नलगाडजस्ता केही ठूला परियोजना निर्माणका लागि सहयोग जुटाउने अपेक्षा राखेको थियो । नियमित छलफल र सूचना आदानप्रदान गर्दै ठूला परियोजनालाई अगाडि बढाउन दुवै पक्ष सहमत भएका छन् । 
बुधबार रातमाटे–त्रिशूली गल्छी–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइन निर्माणमा भने सहमति भएको छ । कूल ४०० केभी क्षमताको सो अन्तरदेशीय प्रसारण लाइन निर्माण अगाडि बढाउन गरिएको सहमति यसपटकको सबैभन्दा महत्वपूर्ण विषय रहेको बताइन्छ । सो सहमतिमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र स्टेट ग्रिड कर्पोरेशन अफ चाइनाका प्रतिनिधिले हस्ताक्षर गर्नुभएको थियो । 

यस्तै नेपालमा निजी क्षेत्रसँग मिलेर करीब ९०० मेगावाट क्षमताका आयोजना निर्माण गर्ने विषयमा समेत सहमति भएको छ । बुटवल पावरसँगको सहकार्यमा चिनियाँ कम्पनीले कूल ६०० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी, १६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज, ४२ मेगावाट क्षमताको सिउरी न्यादी खोला तथा ७५ मेगावाट त्रिशूली गल्छीजस्ता आयोजना निर्माण गर्ने विषयमा समेत सहमति भएको छ । 

नेपालको ऊर्जा क्षेत्रको विकासका लागि सरकारी तथा निजी क्षेत्रले संयुक्त प्रयास गर्ने विषयमा समेत सहमति हुनुलाई निजी क्षेत्रले पनि सकारात्मकरुपमा लिएका छन् । उनीहरुले नेपालको आर्थिक समृद्धिको आधारका रुपमा रहेको ऊर्जा क्षेत्रलाई अगाडि बढाउन यस्ता प्रयासले सकारात्मक वातावरणमात्रै निर्माण गर्ने नभई थप लगानीका क्षेत्रसमेत पहिचान गर्ने विश्वास लिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इपानले त पछिल्लो सहमतिले नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा सहकार्यको ढोका खुलेको प्रतिक्रिया दिएको छ । 

चीनमा नै रहनुभएका इपान अध्यक्ष शैलेन्द्र गुरागाईंले एउटा सकारात्मक प्रयास भएको बताउनुभएको छ । बिहीबार चीनको ग्रेट हल अफ पिपलमा प्रधानमन्त्री ओली र उनका समकक्षी लि खछ्याङबीच भएको द्विपक्षीय छलफलमा सहयोगका फरक फरक क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । छलफलपछि जारी गरिएको विज्ञप्तिमा विभिन्न १४ आयोजना अगाडि बढाउने विषय उल्लेख छ । 

नेपालले पूर्वाधार र उत्पादनका क्षेत्रमा थप चिनियाँ लगानी भित्र्याउन गरेको र लगानीमैत्री वातावरणका लागि आवश्यक कानून, नीति र करसम्बन्धी दायरालाई अनुकूल बनाउन तयार रहेको चीनलाई जानकारी गराएको छ । यस्तै नेपालले निर्धारण गरेको स्थानमा इन्धन भण्डारणको सम्भाव्यता अध्ययन, इन्धन र ग्यास अन्वेषण केन्द्र खडा गर्न पनि चीनले सघाउने भएको छ । यसले ऊर्जाका फरक फरक क्षेत्रमा पनि सहकार्यको सम्भावना बढेर गएको हो । 

संयुक्त विज्ञप्तिमा अन्तरदेशीय प्रसारण लाइन निर्माणको प्रक्रिया शुरु गर्ने उल्लेख गर्दै सो कार्यको सम्भाव्यता अध्ययनका लागि चिनियाँ लगानीकर्तासमेत उत्साहित भएको उल्लेख छ । प्रसारण लाइन, काठमाडौँ उपत्यकामा स्मार्ट ग्रिड तथा मिटर जडान परियोजना तथा केही महत्वपूर्ण जलविद्युत् आयोजना निर्माणमा चिनियाँ लगानी तथा सहयोग प्राप्त भइरहेको छ । चिनियाँ लगानीको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजना सञ्चालनमा रहेको छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x