असार ७, २०७५
काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...
काठमाडौं, ८ असार– असार तीन गते पाँच पटकको विश्व विजेता ब्राजिलले स्विट्जरल्याण्डसँग रुस विश्वकपमा पहिलो खेल खेल्यो ।
उक्त खेल सकिएको केही क्षणमै एउटा एम्बुलेन्स त्रिवि शिक्षण अस्पतालमा रोकियो ।
एम्बुलेन्समा थिए एक जना ब्राजिलका फ्यान जो खेल अन्तिम मिनेटमा पुग्दा बेहोस भएका थिए ।
यसपटकको विश्वकपको उपाधी ब्राजिलले जित्ने आकलन अन्तर्राष्ट्रिय सञ्चारमाधयमसहित फ्यानहरुले गरेका छन् । ब्राजिलका समर्थक विश्वभर नै छन् । नेपालमा पनि पाँच पटकको विश्वकप जित्ने ब्राजिलको समर्थक नहुने कुरै भएन ।
रुस विश्वकपको पहिलो खेलमा स्विटजरल्याण्डमाथि गोलको वर्षा गर्ने ब्राजिलका समर्थकको अपेक्षा थियो । तर विश्वकप उपाधि जिताउने आशा गरिएका ब्राजिलियन स्ट्राइकर नेयमारले गोल गर्न सकेनन् भने ब्राजिलले स्विट्जरल्याण्डसँग बराबरी खेल्यो । जसलाई नेपालका ब्राजिलियन समर्थकले सहज रुपमा स्विकार गर्न सकेनन् । उक्त खेल हेरेका २२ वर्षीय एक ब्राजिलियन समर्थक वेहोस हुन पुगे ।
ब्राजिलको खेल मदिरासहित हेरेका ति समर्थक ब्राजिलले नजित्ने अवस्था आएपछि वेहोस भएका थिए । ब्राजिकका तीन समर्थक विश्वकप हेरेर वेहोश भएपछि उनकी पत्निले त्रिवि शिक्षण अस्पतालमा लगेकि थिइन् । त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा ल्याइएका ती समर्थकको स्वास्थ्य परीक्षण गर्दा शरीरमा कुनै खराबी देखिएन ।
शारीरिक रुपमा कुनै खराबी नदेखिएपछि उनलाई सोही अस्पतालका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. सरोज ओझासँग परामर्शको लागि पठाइयो । डा. ओझाले पराशर्म दिएपछि ती युवालाई विश्वकप हेर्दा आफूले समर्थन जनाएको टिमले हार्ने डर लिएकै कारण उनी वेहोस भएको पत्ता लाग्यो ।
‘शरीरमा कुनै खराबी नदेखिएपछि मसँग परामर्शको लागि अस्पतालले रेफर गरेर पठाएको थियो’ टिचिङका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. सरोज ओझाले लोकान्तरसँग भने, ‘उनले आफूले समर्थन गरेको टिमले हार्छ कि भनेर धेरै तनाव लिएछन्, वाइन लिएछन्, तनावलाई पहन गर्न नसक्दा उनी वेहोश भएका रहेछन् ।’
मनोपरामर्श पछि उनको अवस्थामा सुधार आएको डा. ओझाले बताए ।
खेलमा हार जित हुने भन्दै नेपाली खेलप्रेमीहरुलाई विश्वकप हेर्दा मानसिक स्वास्थ्यलाई ख्याल गर्न डा. ओझाले सुझाव दिएका छन् । उनले खेललाई तनावको लागि नभइ मनोरञ्जनको लागि हेर्न समते सुझाव दिए ।
ब्राजिलले आज कोस्टारिकासँग नेपाली समय अनुसार ५ बजेर ४५ मिनेटमा दोस्रो खेल खेल्दैछ । खेललाई तनावको रुपमा नभइ मनोरञ्जनको रुपमा हेर्नुहोला । खेलमा जित हार स्वभाविक हो ।
काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...
आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...
काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् । राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...
काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...
काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...
युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...