×

NMB BANK
NIC ASIA

बुटवल,  ८ असार – बुटवल उपमहानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा शहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग–व्यापारलाई उच्च प्राथमिकतामा राखेको छ ।

Muktinath Bank

उपमहानगरको आज शुरू तेस्रो सुन्दर बुटवल, समृद्ध बुटवल र सुखी बुटवलवासीको संकल्प गर्दै नगर प्रमुख शिवराज सुवेदीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । आजको नगर सभामा प्रतिनिधिसभा सदस्य तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष सम्बोधन गरेका थिए । त्यसक्रममा उनले जनतालाई साथमा लिएर विधि र प्रक्रिया पूरा गर्दै सुशासन कायम गराउन सुझाव दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सबल आर्थिक केन्द्र समुन्नत बुटवल’को दीर्घकालीन उद्देश्यका बोकेको नीति तथा कार्यक्रममा पूर्वाधार तथा पर्यटन, कृषि र उद्योग–व्यापारका थप सम्भावनाको विकासलाई प्राथमिकतामा राखिएको छ । जनस्वास्थ्य प्रवद्र्धन सम्बन्धी नीति अन्तर्गत नगर प्रमुख ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य अभियान कार्यक्रम सञ्चालन गरिने भएको छ भने मोतिपुर र सेमलारका स्वास्थ्य चौकीमा १५ शैयाका अस्पतालका रुपमा विकास गर्ने नीति लिइएको छ । 


Advertisment
Nabil box
Kumari

मातृशिशु स्वास्थ्य प्रवद्र्धनमा प्रभावकारी तथा नतिजामुखी सुधारका लागि उपप्रमुख गर्भवती भेट अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य स्वयम्सेविकामार्फत् सबै घरधुरीमा नागरिकसँग जनप्रतिनिधि अभियान कार्यक्रम सञ्चालन गरिने भएको छ । छिमेकी स्थानीय सरकारसँग प्राकृतिक स्रोत, छाडा चौपाया सरसफाई व्यवस्थापन, वारुणयन्त्र सञ्चालन लगायत कामका लागि समन्वय र सहकार्य गर्दै महानगरीय अवधारणाका साथ अगाडि बढ्ने नीति लिइएको छ ।

Vianet communication
Laxmi Bank

जनसहभागितामा आधारित कार्यक्रमलाई अझ परिस्कृत गर्दै प्रतिस्पर्धामा आधारित बनाइने र कामका आधारमा सम्मान गर्ने समेत नीति बनाइएको छ । बुटवललाई विषादीरहित खाद्यवस्तु उपलव्ध हुने शहरका रुपमा पहिचान गराइने, एक घर एक करेसाबारी कार्यक्रम सञ्चालन गरिने, कौशी तरकारी खेती कार्यक्रमलाई निरन्तरता दिइने उपमहानगरले नीति बनाएको छ । कृषि क्षेत्रमा उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिने नीति बनाइएको छ ।

नगरपालिकाद्वारा सञ्चालन गरिने सबै किसिमका विकास आयोजनामा नेपाली मात्र कामदार श्रमिक प्रयोग गरी समयसीमामा सम्पन्न गर्ने उपभोक्ता समिति र निर्माण व्यवसायीलाई पुरस्कृत गर्ने नीति बनाउन लागेको छ । पार्किङको समस्या समाधानका लागि उपमहानगरले दीर्घकालीन योजना बनाउन लागेको छ । बढी भीडभाड हुने क्षेत्रलाई लक्षित गरेर अन्डरग्राउण्ड सहितका व्यवसायिक पार्किङ भवन बनाउन अध्ययन गरिने भएको छ ।

सार्वजानिक–निजी–सहकारी साझेदारीमार्फत् पार्किङ हाउस बनाउन अध्ययन शुरू गर्ने उपमहानगरको तयारी छ । १ हजार वर्ग फिटभन्दा धेरै क्षेत्रफल ओगटेर पार्किङ सहितका नयाँ भवन बनाउनेलाई प्रोत्साहन स्वरुप नक्सा प्रक्रियामा ४० प्रतिशत छुट दिने नीति लिइने भएको छ । यो सुविधा मुख्य शहरी क्षेत्रभन्दा बाहिरलाई समेत प्रदान गरिने भएको छ । नगर क्षेत्रभित्र सार्वजानिक निजी सहकारी अवधारणा बमोजिम अत्याधुनिक ट्रमा सेन्टर निर्माण गर्ने जग्गा व्यवस्थापन गरिने भएको छ ।

कम्तिमा ५० जना स्वदेशी श्रमिकलाई रोजगार दिने रोजगारदाता वस्तु वा सेवा उद्योगलाई तोकिएको व्यवसाय करमा ५० प्रतिशत छुट दिने नीति लिइने भएको छ । मेडिकल कलेज, इन्जिनियरिङ्ग कलेज, टेक्निकल कलेज तथा स्टार होटल वा पर्यटक स्तरीय सेवा उद्योग नगरमा सञ्चालन गर्नेलाई निर्माणका लागि विद्युत् ट्रान्सफर्मर, खानेपानी, बोरिङ र पहँुच मार्ग निर्माणमा लाग्ने रकमको ४० प्रतिशत रकम अनुदान दिने नीति लिइएको छ ।

जमिनमुनिका पानीका प्राकृतिक स्रोत सुक्दै र नासिँदै गइरहेको समयमा वाटर रिचार्ज सिस्टमलाई मद्दत मिल्ने गरी वनमा पोखरी निर्माण गरिने भएको छ । सामुदायिक वनसँगको सहकार्यमा ‘१ वन ३ पोखरी’ निर्माण कार्यक्रमका लागि प्रतिपोखरी २ लाख रुपैयाँका दरले अनुदान दिइने भएको छ ।

सामुदायिक वनसँग समन्वय गरी पोखरी निर्माण जलाधार संरक्षण पार्क व्यवस्थापन अग्नीपथ र जंगल सफारी ट्रयाक निर्माण गर्ने नीति लिइने छ । साथै, वडा–वडामा पोखरी निर्माण गरी माछापालनसहित अनुदानमा आधारित कार्यक्रम बनाइने भएको छ । तिनाउ जलाधार संरक्षणका लागि तिनाउ जलाधार संरक्षण योगदान कोषसँग सहकार्य गर्ने नीति लिइने छ ।

बुटवलका ऐतिहासिक, पुरातात्विक सम्पदाको उत्खनन्, संरक्षण र प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने नीति लिइने भएको छ । ऐतिहासिक जीतगढी किल्ला समिपमा रहेको वस्तीलाई प्रचलित कानून बमोजिम हटाई खुल्ला गर्ने नीति लिइने भएको छ । जितगढी संग्रालयको लागि आवश्यक पूर्वाधार यसै वर्ष आरम्भ गर्ने उपमहानगरको तयारी छ ।

नगरमा रहेको युवा बेरोजगारीको अन्त्यका लागि प्रत्येक वर्ष ५ सय जनाका दरले सीपमूलक तालिम प्रदान गरिने भएको छ । स्वरोजगार कार्यक्रम सञ्चालन गर्न ‘मेयर युवा इलम कार्यक्रम’ सञ्चालन गरिने भएको छ । लैंगिक तथा घरेलु हिंसा, यौन शोषण, जोखिममा परेका बालबालिका अपाङ्गता भएका तथा यौनिक अल्पसंख्यकलाई विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ । नगर प्रज्ञा प्रतिष्ठान गर्दै कला संस्कृतिको संरक्षण गरिने भएको छ ।

महिला, जनजाति, दलित, आदिवासी, उत्थान कार्यक्रम सञ्चालन गर्ने नगरको नीति कार्यक्रममा छ । महिला, जनजाति दलित, आदिवासी र दलित उत्थान समिति गठन गरी लक्षित वर्गको सशक्तिकरणका लागि कार्यक्रम सञ्चालन गरिने भएको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य प्रवद्र्धनको लागि ज्येष्ठ नागरिक स्वास्थ्य अभियान अन्तर्गत स्वास्थ्य परीक्षण शिविर र सहायता सामग्री वितरण, घरदैलो स्वास्थ्य परीक्षणलगायत विभिन्न कार्यक्रम सञ्चालन गरिने छ ।

आयुर्वेद र वैकल्पिक चिकित्सा क्षेत्रको विकास र विस्तार गर्दै लगिने भएको छ । सबै स्वास्थ्य संस्थामा स्वास्थ्य शिक्षा कर्नरको व्यवस्था गरिने छ । किशोरकिशोरी मैत्री सेवाको शुरुवात लागि आवश्यक पहल गरिने छ । विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमलाई थप प्रभावकारी बनाउन सबै विद्यालयमा १ जना स्वास्थ्यकर्मीको अनिवार्य व्यवस्था गर्नको लागि आवश्यक कदम चालिने छ । 

बुटवललाई मुख्य थलो बनाएर खोलिएका फर्म, कम्पनी, उद्योग तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वको रुपमा खर्च गर्नुपर्ने रकमलाई पारदर्शी र प्रभावकारी बनाउन सामाजिक उत्तरदायित्व कोषको स्थापना गरिने भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x