×

NMB BANK
NIC ASIA

यी चार कारण जसले गर्दा मेस्सीले खेल्न सकिरहेका छैनन्

असार ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ।

Sagarmatha Cement
Muktinath Bank

दुईवटा खेल समाप्त हुँदा पाँच पटक विश्वका सर्वोत्कृष्ट खेलाडीको उपाधि पाइसकेका मेस्सीले कुनै पनि गोल गर्न वा अरूलाई गोल गर्न सघाउन सकेनन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बरु उनी आइस्ल्यान्डसँगको पहिलो खेलमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्न समेत असफल रहे।


Advertisment
Nabil box
Kumari

अब अवस्था यस्तो रहेको छ कि सन् २००२ देखि यता उक्त दक्षिण अमेरिकी टोली समूह चरणबाट माथि नजान पनि सक्छ। र, उसको भाग्य समूह 'डी' का अन्य टोली आइसल्यान्ड, नाइजिरिया र क्रोएशियाबीचको खेलको परिणाममा निर्भर छ।

Vianet communication
Laxmi Bank

तीस वर्षको उमेरमा मेस्सीसँग कम्तीमा पनि अर्को एउटा विश्वकपमा खेल्नका लागि समय छ।

तर रुसमा रहेका थुप्रै खेलपण्डितहरूको विचारमा हाल जारी प्रतियोगिता नै आर्जेन्टिनाका लागि ठूलो उपाधि जिताउन मेस्सीका लागि अन्तिम अवसर हो।

हालसम्म राष्ट्रिय टोलीका लागि मेस्सीले दिलाएको पछिल्लो ठूलो प्रतिष्ठा भनेको सन् २००८ मा बेइजिङ ओलिम्पिक्स जितेको स्वर्ण पदक मात्र हो।

मेस्सीका लागि उनको क्लब बार्सिलोनामा यो सिजन उपलब्धिपूर्ण रहेको छैन। घरेलु लिग र कपमा दोहोरो विजय हासिल गरेको भए पनि उक्त क्लब युएफआ च्याम्पिअन्स लिगको क्वाटर फाइनलबाट बाहिरियो।

निरन्तर तीनचोटि त्यसरी बाहिरिँदा प्रतिद्वन्द्वी रेआल मड्रिड भने महादेशीय प्रतिस्पर्धामा चम्किरहेको छ।

मेस्सीले यो सिजनमा राम्रो प्रदर्शन गर्न नसक्नुका पछाडि विभिन्न कारक तत्त्वहरू छन्। ती यस प्रकार छन्:

१) उनी शारीरिक रूपमा थकित छन्

सन् २०१७/१८ को युरोपेली सिजनमा मेस्सी ५४ वटा खेलमा सहभागी भए। यो सन् २०१४/ १५ यताको सबैभन्दा धेरै हो।
अझ विगत पाँच वर्षको समयमा उनले खेलेको सबैभन्दा धेरै खेल सङ्ख्या हो त्यो।

तथ्याङ्कसम्बन्धी वेब्साइट ट्रान्स्फर्मार्क्टका अनुसार मेस्सीले ४,४६८ मिनेट खेलेका छन् र औसतमा ८२.७ मिनेट मैदानमा बिताएका छन्।

त्यति हुँदा पनि बार्सिलोनाका लागि उनले उक्त सिजनमा ४५ गोल आफैँले र १८ पटक अरूलाई गोल गर्न सघाएका छन्।

२) उनलाई बल्झिरहने चोट लागेको छ

सन् २०१८ को एप्रिलमा आर्जेन्टिनाको समाचारपत्र क्लारिनले राष्ट्रिय फुटबल टोलीका स्रोतहरूलाई उद्धृत गर्दै मेस्सी दाहिने तिघ्रामा लागेको चोटका कारण समस्यामा रहेका र त्यसबाट छिटो गतिमा दौडिने र चाल परिवर्तन गर्ने उनको क्षमतामा असर पर्ने गरेको जनाएको थियो।

इटली र स्पेनसँगका महत्त्वपूर्ण मैत्रीपूर्ण खेलहरूमा मेस्सी सहभागी नभएपछि त्यस्तो समस्या सार्वजनिक भएको थियो।
स्पेनसँगको मैत्रीपूर्ण खेलमा आर्जेन्टिना ६-१ ले पराजित भएको मेस्सीले बेन्चमा बसेरै हेर्नुपरेको थियो।

३) आर्जेन्टिना हिजोआज पहिलेको जस्तो अब्बल छैन

सन् २०१८ को रुस विश्वकपका लागि दक्षिण अमेरिकी छनोट चरणमा आर्जेन्टिनाको प्रदर्शन खराब नै रह्यो।

परिणाममा विभिन्न आरोहावरोह खेपेर आर्जेन्टिनाले लिग चरणका लागि आफ्नो स्थान सुरक्षित गरेको थियो।

प्रतियोगितामा सात गोल गरेर मेस्सी आर्जेन्टिनाका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका थिए। तर खेल प्रशंसक र सञ्चारमाध्यमलाई उक्त टोलीको आलोचना गर्नबाट रोक्न त्यो प्रदर्शन पर्याप्त थिएन।
गत विश्वकपमा पनि आर्जेन्टिना फाइनलमा पुगेको थियो र जर्मनीबाट अतिरिक्त समयमा एक गोल खाएर हारेको थियो। अन्तिम पटक आर्जेन्टिनाले सन् १९८६ मा विश्वकप जितेको थियो।

४) रोनाल्डोको सफलता

मेस्सीका प्रतिद्वन्द्वी वा प्रतिस्पर्धीका रूपमा चित्रित तथा विगत एक दशकदेखि उनको गुणदोष दाँज्न चर्चा गरिने अर्का खेलाडी रोनाल्डो हुन्। यो विश्वकपमा पोर्चुगलका ती खेलाडीको उत्कृष्ट प्रदर्शनले पनि मेस्सीलाई सजिलो पारेको छैन।

विश्वकप २०१८ को आरम्भ देखि नै क्रिस्चियानो रोनाल्डो प्रभावकारी ढङ्गले खेलिरहेका छन्।

प्रारम्भिक खेलमा नै उनले स्पेनविरुद्ध ह्याट्ट्रिक गरेका थिए। उक्त खेलमा रोनाल्डोले हानेका फ्री किकको चर्चा लामै समयसम्म भइरहने छ।

त्यसपछि मोरक्कोसँगको खेलमा पनि उनले गोली हानेजस्तो गरी टाउकोले बल हानेर गोल गरी प्रशंसा बटुलेका छन्।

रोनाल्डो कसैले रोक्न नसक्ने गरी अघि बढिरहेको देख्दा मेस्सीलाई भने उनले आइस्ल्यान्डविरुद्ध गोल गर्न चुकेका पेनाल्टी प्रहारका लागि सम्झिइने छ।

बीबीसीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

असार २, २०७५

काठमाडौं, २ असार–  विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’को शनिबार बिहान सम्पन्न पोर्चुगल र स्पेनबीचको खेलमा क्रिष्टियानो रोनाल्डो चम्किएका छन् । उनको उत्कृष्ट प्रदर्शनसँगै स्पेन ३-३ काे बराबरीमा र...

जेठ २४, २०७५

काठमाडौं, २४ जेठ - फिफा विश्वकप फूटबल प्रतियोगिता यही जेठ ३१ गतेबाट रुसमा शुरु हुँदैछ । विश्वभरका करोडौं फूटबल समर्थक विश्वकपको प्रतिक्षामा छन् । आफूलाई मन पर्ने टोली र खेलाडीहरूको प्रदर्शनमा उनीहरूको नज...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x