मंसिर २, २०८०
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
राजा महेन्द्रको राज्यकाल थियो, तर राजा देशबाहिर गएका थिए । २०२८ सालको मध्यतिर गोबधको एक घटनालाई लिएर रौतहटको भुसाहा इलाका वरपर साम्प्रदायिक दङ्गाको स्थिति आयो । उन्मादी हिन्दूहरूको जमातले मुसलमान बस्तीमा आगजनी समेत गराए । तर नारायणी अञ्चल र रौतहट जिल्लाका प्रशासकहरूले संवेदनशीलता बुझ्न सकेनन् वा बुझेर पनि आफ्नो जिम्मेवारी निर्वाह गर्ने ह्याउ प्रदर्शन गरेनन् । त्यस्तो अवस्थामा चन्द्रनिगाहापुरका प्रतिष्ठित बासिन्दा कुलचन्द्र कोइरालाले पहल र हिम्मत गरेर स्थितिलाई काबुबाहिर जानबाट जोगाए । विदेशबाट फर्केपछि राजा वस्तुस्थिति बुझ्न आफैं रौतहट पनि पुगे र कुनै बखत काँग्रेसी भएका कारण ‘अराष्ट्रिय तत्व’ ठानिएका कुलचन्द्रको कामबाट प्रभावित भए ।
त्यसै वर्ष माघमा राजा महेन्द्रको निधन भयो, परन्तु अभिलेखको आधारमा होला नयाँ राजा वीरेन्द्रले कुलचन्द्रको कदर गर्दै गोरखादक्षिणबाहुको मानपदवी प्रदान गरे । ‘कुलचन्द्र कोइराला स्मृतिग्रन्थ’ का पाता पल्टाउँदा बाबुराम पौडेलको संस्मरणमा रौतहट काण्डको विस्तृत जानकारी र मानपदवीको प्रतिलिपि समेत भेटिन्छ । पौडेल त्यतिखेर जिल्लाका भूमिसुधार अधिकारी रहेछन् ।
सिन्धुलीको घोक्सिला गाउँमा वि.सं. १९८५ साल जेठ ९ गते जन्मेर हुर्केका कुलचन्द्र काठमाडौं रानीपोखरी पाकशालामा बसेर संस्कृत पढ्दादेखि नै (काँग्रेसी) राजनीतिमा पसेका थिए । एक समय संसद्को काम गर्न गठन गरिएको सल्लाहकारसभाका सदस्य रहेका कुलचन्द्र २०१७ पौषको घटनापछि पटक-पटक थुनामा परे । पहाड छोडी मधेस झरे; जो सकेको योगदान आफू बसेको ठाउँबाटै गरे; गर्दै रहे । कुलचन्द्रले २०५० साल जेठ १४ गते यो धरती छोडे; अर्थात् उनको आयु ६५ वर्षको भएछ ।
कुलचन्द्र कोइराला परलोक भएको २५औं वर्षमा प्रकाशित यस ‘स्मृति र दृष्टि’ मा समेटिएका गद्य-पद्य सामग्री नियाल्दा कुलचन्द्रलाई चार आयामका एक व्यक्तित्व भनिनुलाई मिल्दोजुल्दो आकलन मानिदिए हुने देखिन्छ । उनी साहित्यकार, सांस्कृतिक अनुसन्धाता, समाजसेवी र राजनीतिकर्मी रहेछन् । लौहपुरुष गणेशमान सिंहले कुलचन्द्रलाई ‘सिन्धुलीमा जन्मेर राष्ट्रकै आदरणीय व्यक्तित्व’ अकारण भन्नुभएको होओइन । त्यस्तै, कृष्णप्रसाद भट्टराईको हस्ताक्षरका चिट्ठीहरूले पनि कुलचन्द्रको परोपकारी छवि उजिल्याउँछन् । साहित्यकार डा.तारानाथ शर्माको शब्दमा कुलचन्द्र ‘साहित्यधर्मा व्यक्तित्व’ हुन् ।
नेपाल संस्कृत विश्वविद्यालयका उप-कुलपति प्रा.डा. कुलप्रसाद कोइरालाको मन्तव्य पढ्दा पनि कुलचन्द्र एक विशिष्ट प्रतिभायुक्त नेपाली भएकै तथ्यको पुनर्पुष्टि हुन्छ । साथै, कुलचन्द्रको योगदानको यो गहकिलो ग्रन्थ तयार गरे बापत उहाँका पुत्रहरूको प्रशंसा गर्ने क्रममा उप-कुलपतिले हालका अर्थात् उत्तर आधुनिककालका युवा कहलिन रुचाउने सबैका लागि हुने सन्देश दिनुभएको छ; यी शब्दावलीमा:---
पिताको आर्जन खाने तर तिथिका दिन पितामाताको स्मरणसम्म नगरी श्रध्दापूर्वक गरिने कृत्य श्राध्द हो भन्नुपर्ने ठाउँमा यजमाने बाहुनले आफ्नो व्यवसाय विकास र विस्तारका क्रममा थोपरेको कुरा हो भनेर समाज भाँड्न मद्दत पु-याइरहेका लाखौंलाख पुत्रहरू होलान् । त्यस्ताले पनि सिक्ने अवसर पाएर...।
ग्रन्थका सम्पादकद्वयले मेहनत गरेर तयार पारेको कुलचन्द्रका कृतिको फेहरिस्त पुस्तकमा समावेश छ । फुटकर रचनामा गनिने कथा, कविताहरूको चर्चा समेत विभिन्न लेखक-लेखिकाबाट भएको छ । डा. तारानाथ शर्माले ‘व्यङ्ग्यवाण’ भनेर तारिफ गरेका केही लहरको झलक यहाँ दिइँदैछ :
---------------------------------------------------------------------------
कृति : स्मृति र दृष्टि
सम्पादक: हरि मञ्जुश्री र जीवनचन्द्र कोइराला
प्रकाशक: कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठान, काठमाडौं
पृष्ठसंख्या : ५६०+
मूल्य : रु ८००। (पातलो गाता), रु १००० (मोटो गाता)
----------------------------------------------------------------
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...