×

NMB BANK
NIC ASIA

बुबाआमाको पदचाप पछ्याउँदै फिल्ममा–भुवनका छोरा अनमोलदेखि करिष्माकी छोरी कवितासम्म

असार ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ९ असार–हरेक सन्तान बुबाआमाको फलो गर्दै भविष्यनै त्यही बाटोमा वनाउन हिड्छन् भन्ने हुँदैन । यद्यपी नेपाली कला क्षेत्रमा भने वुवाआमा जुन काममा रमाए सोही वाटोमा हिड्ने सन्तान धेरै छन् । कतिपय संघर्षरत् छन् कतिले त चम्किएर नाम, दाम र शान समेत कमाईसके ।

Muktinath Bank

नेपाली चलचित्रका सदावहार अभिनेता भुवन केसीका छोरा अनमोन केसी अहिलेका हटकेक अभिनेता हुन । होस्टेल, जेरी, गाजलु कृ लगायतका चलचित्रमा अभिनय गरिसकेका उनले ५० लाख पारिश्रमिकमा ए मेरो हजुर ३ मा अनुवन्धन भएको खवरले यतिवेला मिडिया तातिरहेको छ । अनमोल यतिवेला चलचित्र क्याप्टेनको छायांकनमा व्यस्त छन्, जुन चलचित्रको अहिले छायांकन भैरहेको छ । धेरैलाई थाहा छ, अनमोलकी आमा सुस्मिता वोमजन पनि लामो समयदेखी चलचित्र क्षेत्रमै छिन् । सुस्मिता अहिले चलचित्र रानीमहलको छाया“कनमा व्यस्त छिन् भने अनमोलका बा क्याप्टेनको छायांकनमा व्यस्त छन् । छोराले एकाएक कमाएको हाईहाईले भुवनलाई निकै खुसी वनाएको छ । भुवन भन्छन्, ‘आई प्राउड अफ विईङ हिज ड्याड ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्देशक वद्रि अधिकारीकी छोरी केकी अधिकारी नेपाली चलचित्र क्षेत्रमा चर्चित नाम हो । ८–९ वर्षदेखी यो क्षेत्रमा सक्रिय केकीले दर्जन भन्दा वढि चलचित्रमा अभिनय गरिसकेकी छिन् भने उनले निर्माण गरेको चलचित्र कोहलपुर एक्सप्रेस केही समय अघि मात्रै प्रर्दशन भएको थियो, चलचित्रले राम्रै व्यापार गरेको केकीको भनाइ छ । आगामी समयमा अभिनयसंगै चलचित्र निर्माणमा व्यस्त हुने केकी बताउँछिन् ।


Advertisment
Nabil box
Kumari

अभिनेता टिका पहाडीका छोरा गौरव पहाडि पछिल्लो समयका चल्तीका अभिनेता हुन् । उनले अभिनय गरेको एउटा म्युजिक भिडियो ‘सुन साईली’ चलचित्र जस्तै चर्चित भयो । दर्जन भन्दा धेरै चलचित्रमा देखिएका उनका केही चलचित्र प्रर्दशनको तयारीमा समेत छन् । गौरवले केही चलचित्रमा अभिनय गर्ने सम्झौता अनुसार साईन समेत गरिसकेका छन् ।

Vianet communication
Laxmi Bank

दर्जनौं चलचित्रको निर्देशन गरेका निर्देशक सोभित बस्नेतका छोरा सलोन वस्नेत यतिवेला चलचित्र क्षेत्रमा निरन्तर व्यस्त छन् । आधा दर्जन भन्दा वढि चलचित्रमा अभिनय गरिसकेका सलोनले अभिनय गरेको नया“ चलचित्र सुश्री सम्पत्ती, बाबुकान्छा लगायत प्रर्दशनको तयारीमा छ । केही चलचित्र पाईपलाईनमा छन् । लभ सभ, होस्टेल, मेला, आधा पेज लगायतका चलचित्रमा अभिनय गरिसकेका उनको हिट चलचित्र ए मेरो हजुर २ हो, जुन अघिल्लो वर्ष प्रर्दशनमा आएको थियो ।

सोभित बस्नेतका भाई जय किसन वस्नेत पनि कला क्षेत्रमा लामो समयदेखी कार्यरत छन् भने उनकी छोरी जान्वी वस्नेत पनि पछिल्लो नेपाली चलचित्र क्षेत्रमा काम गरिरहेकी छिन् ।

अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर अहिले भर्खरै नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी छिन् । उनले अभिनेता शिव श्रेष्ठको चलचित्र एउटा यस्तो प्रेम कहानीवाट चलचित्र नगरीमा प्रदेश गर्दैछिन्, यो चलचित्रको झण्डैं छायांकन सकिएको छ । कविता लामो समयदेखी अमेरिकामा वसेर अध्ययन गर्दै आएकी थिइन् भने पछिल्लो एक वर्षदेखी भने उनी नेपालमै थिईन् । कविताले अव निरन्तर नेपाली चलचित्र क्षेत्रमा काम गर्ने बताएकी छिन् ।

गायीका मन्जु पौड्यालकी छोरी स्नेहा पौड्याल कला क्षेत्रमा प्रवेश गरिसकेकी छिन् । विशेषगरि मोडलिङमा सक्रिय स्नेहालाई फिल्मलाईनमा प्रवेश गराउने मन्जुको इच्छा छ भने स्नेहा पनि अभिनयमा आफ्नो स्थान वनाउन चाहिरहेकी छिन् । स्नेहाले अभिनय गरेका केही गित राम्रै चलेका थिए । डेढ दशक भन्दा धेरै समय कलाकारितामा बिताएकी मन्जु स्टेज गायनका साथै स्टेज प्रस्तोताका रुपमा लोकप्रिय छिन् ।

रडियो नाटक, सिरियल र सिनेमामा अभिनय गरेर धेरैको मनमा बस्न सफल अभिनेत्री सुशीला रायमाझीले अल्पायुमै संसारबाट बिदा लिइन् । ५२ वर्षकै उमेरमा पाठेघरको क्यान्सरका कारण निधन भएकी सुशीलाको आवाजको अहिलेपनि धेरैले सम्झिन्छन् । कुनैवेला यस्तो पनि थियो की, उनको आवाज नभइकन रेडियो नाटक पुरा हुँदैनथिए । नेपाली चलचित्रमा पनि उनले राम्रैसंग राज गरिन् । दिवंगत अभिनेत्री शुशिला रायमाझीकी छोरी प्रसिद्धिका रायमाझीले पनि अभिनयमा कदम बढाइन् । तर उनको अभिनय निरन्तर चल्न सकेन । सुशीला रायमाझीले  आफैले निर्माण गरेको चलचित्र धन सम्पत्तिबाट प्रसिद्धिकाले डेब्यु गरेकी थिईन् ।

अभिनेत्री नुतन प्रधानकी छोरी ईश्वरी प्रधानले नेपाली चलचित्र उद्योगमा अभिनेत्रीको रुपमा चिनाईन् आफुलाई । आमाकै वाटोलाई पछ्याएर सोह्रवर्षे जोवनबाट इश्वरीले अभिनय यात्रा थालेकी हुन् । ईश्वरीले गायनको अनुभव पनि संगालेकी छिन् । उनले गाएको गीतमध्ये मलाई बाबाको माया धेरै लाग्छ रे निकै लोकप्रिय भएको थियो । उनले नेपाल प्यारो छ, सरस्वती लगायतका चलचित्रमा पनि काम गरिसकेकी छिन् । ईश्वरीका वुवा सम्भु प्रधान लामो समयदेखी नेपाली चलचित्र क्षेत्रमा आवद्ध छन् ।

चरित्र अभिनेत्री राधा लम्सालकी छोरी हुन् अभिनेत्री अरुणीमा लम्साल । आमाकै पथलाई पछ्याउँदै अरुणीले  अभिनय यात्रामा आफुलाई अगाडि वढाएकी थिईन् । नेपाली सिने क्षेत्रमा १३ वर्ष बिताएकी अरुणीमाले ५० भन्दा धेरै सिनेमाहरुमा काम गरेकी छिन् । अरुणीमाकी आमाले पनि दर्जनौ चलचित्रमा अभिनय गरेकी छिन् । दोबाटो, पूजा, जिद्दी, सपनाको नौलो संसार, पाले दाइलगायतका सिनेमामा काम गरेकी राधाले नेपाल राष्ट्र बैंकमा समेत केही समय जागिर खाएकी थिईन् ।

नाई नभन्नु ल वाट उदाएका वालकलाकार अनुभव रेग्मी सानै उमेरमा चम्किएका छन् । अनुभवकी आमा पनि चलचित्र क्षेत्रमा सक्रिय छिन् । अनुभवकी आमा कविताले केही बिज्ञापन र चलचित्रमा पनि काम गरेकी छिन । अघिल्लो वर्ष मात्रै प्रर्दशन भएको चलचित्र प्रेम गीत २ मा उनले आमाको भूमिकामा काम गरेकी थिईन् ।

अभिनेत्री मौसमी मल्लका छोरा विक्की मल्ल पनि आमाको पथमा हिडे । विक्कीले समयबाट डेब्यु गरेका हुन् । नागबेली,  साइकल जस्ता सिनेमामा काम गरेका विक्कि चलचित्र क्षेत्रमा चल्न सकेका छैनन ।  अभिनेत्री रिस्ता बस्नेतकी आमा पनि कलाकारितामा सक्रिय छिन् । मेकअप आर्टिस्टदेखि हेयर ड्रेसर हुदै रंगिन दुनिया“ प्रवेश विपना बस्नेत रिस्ताकी आमा हुन् । विपना अर्थात नक्कली हिसिला यमी २०५३ सालमा सिनेमामा हेयर स्टाइलिस्टको रुपमा काम शुरु गरेर चलचित्रमा अभिनय गर्ने अवसर जुराएकी थिइन् । उनले २०५३ मा पहिलो पटक पराई घरमा अभिनय गर्ने अवसर पाएकी थिइन् ।

निर्माता सन्तोष सेनका छोरा आयुव सेन अहिले चलचित्र मेरी मामुवाट चलचित्र क्षेत्रमा प्रवेश गरेका छन् । प्रेम गित, प्रेम गित २ तथा चंखे संखे पंखे चलचित्रका निर्माता सेनले यतिवेला चौथो चलचित्र निर्माणमा जुटेका हुन् । यो चलचित्र भदौंमा प्रर्दशन हुदैछ । ६ वर्षिय आयुवले ६ महिना अनामनगरमा रहेको मण्डला थियटरमा अभिनय सिकेर यो चलचित्रमा जोडिएका हुन् । आयुव भन्छन्, ‘सुपर स्टार हुने मेरो लक्ष्य हो ।’ आयुवका बुवा सन्तोष सेन भन्छन्, ‘अभिनयमा राम्रो लगाव छ, छोराले केही गर्छ की भन्ने अनुमान छ ।’ आयुव थप्छन्, ‘सवैको प्यारो कलाकार हुने रहर छ ।’

अभिनेता गजित विष्ट तथा निर्मात्री सम्झनाका छोरा सौगात विष्टले निर्देशन गरेको पछिल्लो चलचित्र हैरान प्रर्दशनमा आईसकेको छ । सौगातले यसअघि लभ यु वावा बनाएका थिए । अभिनयमा समेत रुची भएका सौगातले आगामी समयमा अभिनय यात्रामा पनि हिड्छन या चलचित्र निर्देशनमै भन्ने कुरा पक्का छैन ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x