×

NMB BANK
NIC ASIA

मिर्गौला र रक्तक्यान्सरपीडितलाई डेढ लाख सहयोग

असार ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

फलेवास, पर्वत, ९ असार - रोजगारीका लागि इजरायलमा रहेका प्रवासीहरूले यहाँका दुईजना गम्भीर रोगका बिरामीलाई आर्थिक सहयोग गरेका छन् । 

‘मातृभूमिका लागि पर्वत सेवा समाज इजरायल’ले रक्तक्यान्सर रोगबाट पीडित पर्वतको कुश्मा नगरपालिका–१४ का १५ वर्षीय अर्जुन गौतम र मिर्गौलापीडित पर्वतको कुश्मा नगरपालिका–३ की अमृता शर्मालाई उपचारका लागि झण्डै रु डेढ लाख आर्थिक सहयोग उपलब्ध गराएको हो । गौतमलाई रु एक लाख २० हजार र मिर्गौलापीडित शर्मालाई रु २८ हजार सहयोग हन्तान्तरण गरिएको समाजका अध्यक्ष अर्जुन पौडेलले जानकारी दिनुभयो । 

रक्तक्यान्सरपीडित गौतम विगत पाँच महिनादेखि भरतपुर क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ भने मिर्गौलापीडित शर्मा विगत एक महिनादेखि उपचारका लागि काठमाडौँमा रहनुभएको छ । दुई सन्तानकी आमा बनिसकेकी अमृता यतिबेला आफ्ना दुवै मिर्गौलाले काम गर्न छाडेपछि डाइलोसिस गरेर जीवन धान्न बाध्य हुनुभएको छ । दुवै परिवार निकै विपन्न रहेकाले अभियान नै सञ्चालन गरेर रकम संकलन गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । 

शुक्रबार आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा शिक्षा विकास समन्वय एकाइ पर्वतका प्रमुख उद्धिमराज पौडेलले मानवीय जीवनमा रोगले कतिबेला आक्रमण गर्छ भन्ने कुराको ग्यारेन्टी नहुने बताउँदै विपत्को अवस्थामा सबैले हातेमालो गरेर सहयोग गर्नुपर्ने बताउनुभयो । 

एउटै घरका तीन अपांगता भएका बालिकालाई सहयोग 

एउटै परिवारका तीन सन्तान जन्मेदेखि ओछ्यानमा छन्, सामान्य परिवारका ती अपाङ्गता भएका सन्तानको उपचार र खानपानका लागिसमेत समस्या छ । सुतेरै जीवन बिताइरहेका ती सन्तानको पीडा र समस्या युट्युबमा देखेपछि अमेरिकामा बस्दै आएका प्रवासी बालबालिकाले तिहारमा देउसी खेलेर जम्मा गरेको रकम सहयोग गरेका छन् । 

अमेरिकाको भर्जिनियामा बस्ने साना बालबालिकाले तिहारमा देउसीमा जम्मा गरेको र विद्यालयको खाजा खर्च कटाएर पर्वतको बिहादी गाउँपालिका वडा नं ३ रानीपानीका बलबहादुर परियारका तीन अपाङ्गता भएका छोरीलाई आर्थिक सहयोग गरेका हुन् । 

भर्जिनियमा बस्दै आएका पर्वतको कुस्मा नगरपालिका–४ का माधव र सरिता उपाध्यायका छोराछोरी स्मृति र प्रतीक तथा उनका साथीहरूले गएको तिहारमा देउसी खेलेको र खाजा खर्च कटाएर जम्मा गरेको रु ३१ हजार आर्थिक सहयोग गरेका छन् । सहयोग रकम पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र स्मृति र प्रतीककी हजुरआमा लुमाकुमारी उपाध्यायले अपाङ्गता भएका बालिकाका बाबु बलबहादुर परियारलाई हस्तान्तरण गर्नुभयो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x