×

NMB BANK
NIC ASIA

बोआओ र शांघाई सम्मेलन : किन छुट्यो नेपाल ?

असार ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ९ असार –चीनमा बोआओ फोरम फर एसियाको सम्मेलन हुने बेलामा प्रधानमन्त्री ओली भारत भ्रमणमा जानुभयो । कतिले अड्कल काटे– ओलीले पहिले चीन गएर क्रमभंग गर्न नचाहेकोले त्यसो हुन गयो ।

Muktinath Bank

सरकारी कथनले त्यस अड्कलको खण्डन गर्यो र भन्यो – चीनले यसपालि निम्तै गरेन । पत्याउन गाह्रो तर आधिकारिक भनाइ नै यस्तो भएपछि विश्वास नगरेर पो के गर्ने ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनको हाइनान् प्रान्तमा पर्ने बोआओ शहरकै नाममा बोआओ मञ्च क्रियाशील रहिआएको छ । २७ फेब्रुअरी २००१ (२०५७ फागुन) मा विधिवत् उद्घाटन भएको बोआओ फोरममा २६ वटा देशको सहभागिता थियो । नेपालको प्रतिनिधित्व राजा वीरेन्द्रले गरेका थिए ।


Advertisment
Nabil box
Kumari

त्यसपछि नेपालको सहभागिता निरन्तरजस्तै थियो । प्रथम राष्ट्रपति रामवरण यादव पनि बोआओमा सामेल हुनुभएको हो । त्यस हिसाबले यसपालि राष्ट्रपति विद्यादेवी भण्डारी बोआओ जानुभएको भए अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सक्रियता कायम रहन पाउने थियो । आखिर बोआओ फोरम फिलिपिन्स, अस्ट्रेलिया, जापान समेतका देशहरूबाट सन् १९९८ मा प्रस्तावित मञ्च हो । 

Vianet communication
Laxmi Bank

यसपालि शांघाई कोअपरेसन अर्गनाइजेसन (एस्सीओ) जुन ६–११ मा शान्डोङ प्रान्तको किंगडाओ शहरमा भयो । यसमा पनि नेपालको प्रतिनिधित्व भएन यद्यपि नेपाल यस मञ्चमा पनि संवाद साझेदार हो । यस्ता संवाद साझेदार अन्य ५ देश पनि छन् – अजरबैजान, अर्मेनिया, कम्बोडिया, टर्की र श्रीलङ्का ।

एस्सीओ १५ जुन २००१ मा स्थापना भएको हो । तर, त्यस बखत नेपाल दरबार हत्याकाण्डले आहत र स्तब्ध थियो । (राजा वीरेन्द्र बोआओबाट फर्केको ३ महिनापछि मारिएका हुन्) एस्सीओका पूर्वरुप सन् १९९६ मा ‘शांघाई पाँच’को रुपमा देखिएको हो – चीन, रुस, कजाकस्तान, किर्घिजीस्तान र ताजिकिस्तान । पछि उज्वेकिस्तान थपिएर छैटौं सदस्य बन्यो ।

गत वर्ष (सन् २०१७ जुन) पाकिस्तान र भारत पूर्ण सदस्य बनेका हुन् । अफगानिस्तान, बेलारुस, इरान र मंगोलिया पर्यवेक्षक हैसियतमा एस्सीओमा आवद्ध छन् । (बेइजिङ रिभ्यू ७ जुन २०१८ मा प्रकाशित सामग्रीमा आधारित ।) 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x