भक्तपुरका सार्थकले एसईईमा नेपाल टपेको दाबी

असार १०, २०७५

भक्तपुर, १० असार -परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा भक्तपुरका महेन्द्र विद्या आश्रमका छात्र नेपाल टप भएको दाबी उक्त विद्यालयले गरेको छ ।

भक्तपुरको सूर्यविनायकस्थित उक्त विद्यालयबाट एसइई परीक्षा दिएका सार्थक मल्लले जिपिए चार ल्याएर नेपाल टप भएको विद्यालयका प्रधानाध्यापक अनिल श्रेष्ठले दाबी गरे ।


ADVERTISEMENT

जिपिए ४ ल्याउने मल्ल नै नेपालकै टप एसइई परीक्षार्थी भएको उनको जीकर छ ।

असार १०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस