×

NMB BANK
NIC ASIA

नेकपाले कर्णालीमा संसदीय दलको नेता छान्न सकेन, केन्द्रको मुख ताक्दै नेता, दुवै पक्षको दाबी

असार १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत, १० असार - कर्णाली प्रदेशको प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वविहीन भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

साविकको नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) एकीकरण भएर गठित नेकपाले संसदीय दलको नेता चयन गर्न अझै नसकेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्य प्रदेशमा मुख्यमन्त्रीलाई नै संसदीय दलको नेता चयन गरिसके पनि कर्णाली प्रदेशमा भने अझै अन्यौल कायम छ । संसदीय दलको नेता नहुँदा सांसदहरू संसदमा पोशाकविनै प्रवेश गर्नेजस्ता कामहरू भइरहेको छ ।


Advertisment
Nabil box
Kumari

विगतमा एमालेका तर्फबाट यामलाल कंडेल र माओवादीकातर्फबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाही संसदीय दलको नेता थिए । उनीहरूले त्यसबेला सांसदहरूलाई पोशाक अनिवार्य गरेका कारण संसदमा सांसदहरू पोशाकसहित आउने गरेका थिए ।

Vianet communication
Laxmi Bank

संसदीय दलको नेता नहुँदा संसदीय समितिको सभापति समेत चुन्न सकिएको छैन । जसका कारण विभिन्न कामहरू अलपत्र अवस्थामा पुगेका छन् । लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने प्रचलन रहे पनि अर्थ समिति, विधायन समिति लगायतमा को सभापति बन्ने भन्ने अझै टुंगो लाग्न सकेको छैन । यो टुंग्याउने जिम्मा पनि संसदीय दलको नेताकै हो ।

तर कर्णाली प्रदेशसभामा साविक एमालेले संसदीय दलको नेता दाबी गरिरहेको स्रोतले बताएको छ ।

मुख्यमन्त्री पूर्वमाओवादी भएकाले पूर्वएमाले पृष्ठभूमिको नेता संसदीय दलको नेता हुनुपर्ने माग एक पक्षले राखेको स्रोतको दाबी छ ।

प्रदेशसभा सदस्य ठम्मर विष्टले केन्द्रले नै संसदीय दलको नेता चयन गर्ने भएकोले नेता छान्न ढिलाइ भएको बताए । ‘दुवै पार्टी अध्यक्षको जहिले कर्णाली नजरमा पर्छ उहिले नै छनौट होला,’ उनले लोकान्तरसँग भने, ‘तलबाट टुंगो लगाउने भनिएको भए हामी उहिल्यै टुंगो लगाइसक्ने थियौं ।’

संसदीय दलको नेता नहुँदा प्रदेश सञ्चालनका लागि समस्या आएको उनको भनाइ छ । ‘प्रदेशसभमा प्रस्तुतिबारे अलमल भइरहेको छ,’ उनले भने, ‘केन्द्रले चाँडोभन्दा चाँडो टुंगो लगाउनुपर्छ ।’

अर्का प्रदेशसभा सदस्य पद्मा खड्काले दुई पार्टी एकता भइसकेपछि नेता चयनमा अलमल भएको बताइन् । ‘अन्य प्रदेशमा नेता चयन भइसकेका छन्,’ उनले भनिन्, ‘संविधानमा मुख्यमन्त्री नै हुने संसदीय दलको नेता हुने व्यवस्था छ । तर एउटा मुख्यमन्त्री  र एउटा संसदीय दलको नेता कसरी होला खै...!’

सांसद खड्काले संसदीय दलको नेता चयन नहुँदासम्म संसदीय समितिको सभापति चयन हुन समस्या भएको बताइन् । ‘दुई पार्टी नमिलेको भए अहिलेसम्म समितिका सभापति टुंगिसक्थे,’ उनले भनिन्, ‘दुईपार्टी मिलिसकेपछि आकांक्षी पनि धेरै भएकाले ढिलाइ भएको हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x