×

NMB BANK
NIC ASIA

ओलीको चीन भ्रमणबारे कांग्रेस नेताको टिप्पणी - 'राष्ट्रिय हितभन्दा कुर्सीको सुरक्षा रोज्नुभयो'

असार १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० असार -नेपाली कांग्रेसका युवानेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रणमले परम्परागत संकुचनलाई चिर्न नसकेको प्रतिक्रिया दिएका छन् ।

Muktinath Bank

सामाजिक सञ्जाल फेसबुमा प्रतिक्रिया सार्वजनिक गर्दै भण्डारीले प्रधानमन्त्रीको भ्रमण राष्ट्रिय हितमा भन्दा पनि कुर्सीको सुरक्षामा केन्द्रित भएको टिप्पणीसमेत गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भण्डारीले फेसबुकमा लेखेका छन्- 'नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीकाे कुटनैतिक चीन भ्रमणबाट नेपालले अपेक्षा राख्नु स्वाभाविकै हाे । याे भ्रमणले पनि परम्परागतता एवं संकुचिततालाई चिर्न सकेन, किनकि नेपालको नेतृत्वले राष्ट्रिय हितभन्दा सिंहदरबारको कुर्सीकाे सुरक्षा रोज्यो ।'


Advertisment
Nabil box
Kumari

साथै उनले चिनियाँ रेल आउने कुरा ओबीओआरमार्फत् हुने भन्दै यसमा कसैले तँछाडमछाड गर्न आवश्यक नभएको समेत लेखेका छन् ।

Vianet communication
Laxmi Bank

यस्तो छ स्टाटस :

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीकाे कुटनैतिक चीन भ्रमणबाट नेपालले अपेक्षा राख्नु स्वाभाविकै हाे । याे भ्रमणले पनि परम्परागतता एवं संकुचिततालाई चिर्न सकेन, किनकि नेपालको नेतृत्वले राष्ट्रिय हितभन्दा सिंहदरबारको कुर्सीकाे सुरक्षा रोज्यो । नेपाल-चीनसम्बन्ध विशिष्ट हुनुपर्ने हाम्रो अवधारणा हाे । हामीले पटक-पटक भाेगेकाे नाकाबन्दी, इन्धनमा एकाधिकार, लिपुलेक विवाद अादि यी सबै अाजकाे ग्लाेबल भिलेजकाे समयमा पनि ओझेलमा पर्नु हामी नेपालीका लागी दुर्भाग्यपूर्ण हाे । जँहासम्म चिनियाँ रेल काठमाडौंसम्म ल्याउने कुरा छ त्यो त OBOR (सिल्क रोड) बाट विश्वबजारमा चीनले रेलमार्गमार्फत् कनेक्टिभिटी गर्ने कार्यक्रम र रणनिती अन्तर्गत हो । यसका निम्ति कसैले तँछाडमछाड गर्नुपर्दैन । नेपाल-चीन सम्बन्ध गम्भीरताका साथ पुनर्परिभाषित गर्नु पर्ने टड्कारो अावश्यक्ता छ, जसका निम्ति नेपालकाे नेतृत्वको एउटै अावाज हुनुपर्दछ। नेतृत्वको विवादमा नेपालकाे दर्द लुकेको छ । नेपालले अब नयाँ नेतृत्वकाे महसुस गरेको छ, जसले नेपाली भूमि मा टेकेर अाफ्नाे राष्ट्रिय हितमा अाफ्नाे निर्णय अाफैं गर्न सकाेस् । प्रधानमन्त्री केपी अोलीलाई राजकीय भ्रमणकाे निरन्तरताका लागि धन्यवाद !

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x