कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
असार १०, २०७५
काठमाडौं, १० असार– प्रदेश ३ को मकवानपुर र धादिङमा उत्पादन हुने चरेश भारत हुँदै युरोपेली देशका बजारमा पुग्ने गरेको तथ्य खुलेको छ ।
भारतीय नागरिकको सक्रियतामा भारतीय बजार हुँदै नेपाली चरेश युरोपसम्म पुग्न थालेको हो ।
प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले शनिवार काठमाडौंबाट २ सय १३ किलोग्राम चरेश पक्राउ गरेपछि नेपाली चरेश युरोपसम्म पुग्ने गरेको तथ्य खुलेको हो ।
प्रहरीले शनिवार मकवानपुर र धादिङबाट संकलन गरेर भारत लैजान ठिक्क पारिएको २ सय १३ किलोग्राम चरेशसहित १ भारतीय नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत विहार राज्यको मोतिहारीस्थित झकिया टोलीका २५ वर्षीय मेराज आलम छन् । उनको साथबाट २ किलो २ सय ५० ग्राम अफिम समेत बरामद भएको प्रहरीले जनाएको छ ।
नेपालमा खाद्यान्न लगायतका सामान ढुवानी गर्ने डब्लूबी २३ बी ५८८५ (WB23B5885) नम्बरको भारतीय ट्रकका चालक आलम नेपालबाट फर्किदा ट्रकमा चरेश बोकेर भारत जाने गरेको लागू औषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) ठूले राईले जानकारी दिए ।
‘पक्राउ परेका आलम नेपालमा खाद्यान्न लगायतका सामान ढुवानी गर्ने ट्रकका चालक हुन्,’ रार्इले भने, 'भारतबाट खाद्यान्न ल्याएर अनलोड गरिसकेपछि उनले ट्रकमा चरेश तस्करी गर्ने गरेको तथ्य खुलेको छ ।’
आलमले ट्रकमा विशेष प्रकारको फल्स बटम बनाइ चरेश तस्करी गर्ने गरेका थिए । धेरै पहिलेदेखिको विशेष सूचनाका आधारमा आलमलाई पक्राउ गरिएको डिआईजी राईले बताए ।
संकलनदेखि तस्करीसम्ममा भारतीय नागरिक
प्रहरीले चरेश र अफिमसहित पक्राउ परेका आलम भरिया मात्रै भएको बताएको छ । चरेश तस्करीका लगानीकर्ता भारतीय नै रहेको प्रहरीको भनाइ छ । उनको खोजी भइरहेको डिआईजी राईले बताए ।
‘पक्राउ परेका व्यक्ति निश्चित रकम लिएर नेपालबाट चरेश भारत पुर्याउने कार्यमा संलग्न रहेको देखिन्छ,’ डिआईजी राई भन्छन्, ‘तस्करीमा लगानी गर्ने व्यक्ति भारतीय नै हुन् भन्ने तथ्य फेला पारेका छौं । उनको फोन नम्बर र लोकेशन पत्ता लागेको छ । केही दिनमै पक्राउ गर्छौं ।’
चरेशमा लगानी गर्ने मात्रै नभइ मकवानपुर र धादिङका ग्रामिण क्षेत्रमा उत्पादन हुने चरेश संकलन गर्ने कार्यमा समेत भारतीय नागरिकको संलग्नता रहेको डिआईजी राई बताउँछन् ।
‘पछिल्लो समय चरेश खेतीमा नेपालीको सहभागिता कम हुँदै गएको छ । यस्तो अवस्थामा भारतीयहरु सक्रिय हुन थालेका छन्,’ डिआईजी राई भन्छन्, ‘ग्रामिण क्षेत्रबाट संकलन गर्नेदेखि नेपालबाट भारतमा तस्करी गर्नसम्म भारतीय नै संलग्न रहेको देखिन्छ ।’
युरोपियन बजारमा नेपाली चरेश
प्रहरीका अनुसार शनिवार काठमाडौंबाट पक्राउ परेको चरेश विभिन्न जिल्लाबाट संकलन गरी काठमाडौंबाट दिल्ली लगिँदै थियो ।
दिल्लीबाट उक्त चरेश भारतका विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलबाटै युरोपियन बजारसम्म पुर्याइने गरिएको प्रहरी स्रोत बताउँछ ।
‘नेपालबाट भारतमा चरेश तस्करी गर्नेको समूहले चरेश तस्करीमा संलग्न अन्तर्राष्ट्रिय गिरोहलाई बेच्ने गरेका छन्,’ प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोका एक अधिकारी भन्छन्, ‘अन्तर्राष्ट्रिय गिरोहले नेपालबाट तस्करी गरिएको चरेश युरोपमा पठाउने गर्छ ।’ युरोपियन बजारमा नेपाली चरेशमा माग उच्च हुने गरेको प्रहरी बताउँछ ।
प्रहरीका अनुसार शनिवार पक्राउ परेको चरेशको नेपाली बजार मूल्य ५ लाख ३२ हजार ५ सय रुपैयाँ हुन आउँछ ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...