×

NMB BANK
NIC ASIA

यात्रुलाई विमानबाट निकाल्नका लागि एसीबाट छोडियो धूँवा ! (भिडियो)

असार १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० असार – भारतको निजी एयरलाइन्स कम्पनी एयर एसियाको एक उडानका यात्रुहरूले आफूहरूलाई विमानबाट जबर्जस्ती निकाल्नका लागि एसीलाई जानीबुझी चर्को बनाइएको आरोप लगाएका छन् ।

एसी चर्काइएपछि विमानमा धूँवा भरिएको थियो । एयरलाइन्स कम्पनीले भने उडानमा प्राविधिक समस्या आएको तर यात्रीहरूलाई कुनै पनि दुर्व्यवहार नगरिएको बतायो । 

एयर एसियाको यो विमान कोलकाताबाट बागडोगरा गइरहेको थियो । तर कोलकाता विमानस्थलमै यो साढे चार घन्टा बसिरह्यो । यात्रुहरूलाई डेढ घन्टा जति विमानभित्रै राखिएको अनि पछि निकाल्नका लागि एसी चर्को बनाएको आरोप छ । त्यसपछि विमानमा धूँवा छायो अनि मानिसहरूलाई सास लिन अप्ठ्यारो भयो । 

विमानमा भारतीय तेल निगमका कार्यकारी निर्देशक दीपांकर राय पनि थिए । उनका अनुसार, ‘कोलकाता विमानस्थलमा पानी दर्किरहेको थियो । त्यसैले यात्रुहरू विमानबाहिर जान मानेनन् । त्यसपछि क्याप्टेनले यात्रुहरूलाई तर्साउनका लागि एयर कन्डिसनरको ब्लोअर चर्काए । त्यसले गर्दा विमानभित्र डरलाग्दो वातावरण छायो । विमानमा धूँवा भरियो र मानिसलाई सास फेर्नै गाह्रो भयो । बच्चाहरू रुन थाले अनि बान्ता गर्न थाले ।’

दीपांकरले सामाजिक सञ्जालमा यसको भिडियो पनि सार्वजनिक पनि गरेका छन् । 

एयर एसियाले पछि बयान जारी गर्दै प्राविधिक गडबडीका कारण विमानमा साढे चार घन्टाको ढिलाइ भएको बतायो । प्राविधिक गडबडीले गर्दा नै एयर कन्डिसनर बिग्रिएको र कुनै पनि यात्रीलाई खतरामा नपारेको उसले स्पष्टीकरण दियो ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x