कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
असार १०, २०७५
विराटनगर, १० असार– विराटनगर महानगरपालिकाको दोश्रो नगरसभा शुरु हुन नपाउँदै विवाद उत्पन्न भएकाे छ । कार्यक्रम शुरु हुन नपाउँदै वडा सदस्य र महिला स्वास्थ्य स्वयंसेविकाहरुले कार्यक्रममा सम्बोधन नगरिएको भन्दै कार्यक्रम बहिस्कार गर्न खोजेका थिए ।
आर्थिक बर्ष २०७५/०७६को नीति तथा कार्यक्रम सार्बजनिक गर्नको लागि आयोजना गरिएको कार्यक्रममा महिला स्वस्थ्यस्वयंसेविकाहरुले आफुहरुलाई अपमान गर्न खोजेको भन्दै कार्यक्रम बहिस्कार गरी एक हुल बाहिर निस्कँनै लाग्दा बिचमा रहेका केही महानगरका कर्मचारीले रोके । तर उनीहरु सम्बोधनमा महिला स्वास्थ्य स्वयंसेविकालाई हेला गरिएको भन्दै उनीहरुको आक्रोश कम भएन ।
त्यही बीचमा वडा सदस्यहरु पनि एकाएक उठेर कार्यक्रम बहिस्कार भन्दै बाहिर निस्कीए । वडा सदस्यहरु बाहिर निस्कँदै गर्दा मेयर भीम पराजुलीलाई त्यो बेलासम्म नबोली नहुने भयाे । मेयर पराजुलीले माईकिङ गरेर गल्ती स्वीकार गरेपछि उनीहरु केही मत्थर भएर कार्यक्रम स्थलमा बसे । यो घटना क्रमको मुख्य कारण भने दिउँसो २ बजे भनेर बोलाईएकाे कार्यक्रम करिब २ घण्टा ढिलो शुरु हुँदाको परिणाम भएको कार्यक्रममा एक सहभागीले बताए ।
कार्यक्रम ढिला शुरु हुँदा आक्रोशमा बसेका महिला स्वयम् सेविकाहरुले कार्यक्रममा आसन ग्रहण गराउँदा आफुहरुको नाम छुटाएको भन्दै बिरोध गरे । त्यस्तै वडा अध्यक्ष र कार्यपालिका सदस्यलाई आशन ग्रहण गराएको भएपनि वडा सदस्यलाई आशन ग्रहण नगराएपछि महिला स्वास्थ्य स्वयम सेविकाले कुरा उठाउने बितिकै वडा सदस्यहरुले पनि अाफ्नाे अाक्राेश पाेखे ।
विराटनगरको बजेट ४ अर्ब ४७ करोड
विराटनगर महानगरपालिकाको दोश्रो नगरसभाबाट ४ अर्ब ४७ करोड ८ लाख ४९ हजारको बजेट सार्बजनिक गरेको छ। मेयर भीम पराजुलीले सार्वजनिक गरेको बजेटमा महानगरपालिका तर्फ २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार र मझौला शहर एकिकृत शहरी वातावरणीय सुधार परियोजना अन्तर्गत क्षेत्रीय सहरी विकास परियोजना तर्फ १ अर्ब ९४ करोड २५ लाख रहेको छ । अनुमानित बजेटमा आन्तरिक श्रोतबाट ५४ करोड ३ लाख, राजश्व बाँडफाँडबाट ३७ करोड ५ लाख, संघीय र प्रदेश सरकार वितिय समानिकरण अनुदान ५३ करोड ८७ लाख ९५ हजार जुटाइने मेयर पराजुलीले जानकारी दिए । त्यस्तै संघीय सरकार शसर्त अनुदान बिषयगत कार्यालय तर्फ ४४ करोड ९६ लाख, संघीय सरकार समपुरा विशेष अनुदान १० करोड, संघीय सरकार शसर्त अनुदान ३६ करोड १५ लाख प्राप्त हुने छ । बैदेशिक तथा अन्य संघ संस्था अनुदान ४ करोड ४६ लाख ५० हजार, जनसहभागीताबाट ३ करोड ५० लाखको आशा गरिएको छ ।
प्राप्त रकममध्ये ४ दशमलव ४७ प्रतिशत सामाजिक सुरक्षा भत्तामा जाने देखिएको छ । भौतिक पूर्वाधार निर्माणको लागि भन्दै महानगरले ७२ दशमल ७२ प्रतिशत अर्थात ३ अर्ब २५ करोड ३ लाख खर्च हुने बताएको छ । वातावरण, सरसफाई विपद ब्यवस्थापन, सुचना तथा प्रबिधि ब्यवस्थापन, संस्थागत विकास सेवा प्रवाह र सुशासनको लागि १ दशमलव ३३ प्रतिशत अर्थात ५ करोड ९३ लाख ३० हजार विनियोजन गरिएकाे छ । सामाजिक विकास, महिला तथा बालबालिका, स्वास्थ्य, शिक्षा, कृषि र पशुपन्छी कार्यक्रममा संघीय सरकारको शसर्त अनुदान समेत गरी ६२ करोड ४३ लाख ३४ हजार अर्थात १३ दशमलव ९६ प्रतिशत रकम विनियोजन गरिएको मेयर पराजुलीले जानकारी दिए ।
स्थानीय तहले अधिकार बुझेन !
स्थानीय तह कार्यान्वनयनमा गएको पनि एक बर्ष पूरा भएको छ । एक बर्षको अबधिमा धेरै राम्रा पनि काम भए पनि कतिपय कामहरु झारा टार्ने खालको भएको स्थानीयले अाराेप लगाएका छन् । तर विराटनगर महानगरपालिकाले दोश्रो नगरसभा गरी रहँदा आफ्नो अधिकारको पूर्ण प्रयोग गर्न नपाएकाे बताइन्छ ।
स्थानीय तह आफैमा स्थानीय सरकार भएकोले अाफूले बनाएको बजेट नीति तथा कार्यक्रम जारी भई रहँदा कार्यक्रममा प्रमुख अतिथी संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित थिए ।
उनीसँगै बिराटनगरको बिरेन्द्र सभागृहको मञ्चमा प्रसस्तै अतिथीहरु बोलाईएका थिए । मञ्चमा संघीय संसदका ३ जना सांसद थिए भने प्रदेश सभाका झण्डै एक दर्जन प्रदेश सभा सदस्यहरुको उपस्थिती थियो । यो पुरानो परम्परा भएपनि अहिले स्थानीय सरकारले पनि पुरानै परम्परालाई निरन्तरता दिएको पाईएको छ ।
हिजो मात्र पनि मोरङको केरावारी गाउँपालिकाले पनि दोश्रो गाउँ सभामा प्रमुख अतिथीमा यसैगरी लालबाबु पण्डितलाई प्रमुख अतिथी बनाएको थियो भने अतीथिहरुमा सांसद देखि जिल्ला समन्वय समितिका अध्यक्ष समेतलाई बोलाएर मञ्चमा राखिएको थियो । कतिपय स्थानीय तहले आफ्नो अधिकार आफैले प्रयोग गर्ने भन्दै बजेट सार्बजनिक संसदमा गरेको जस्तै गरी गरेको पाईएपनि कतिपय स्थानीय तहले आफ्नो अधिकार प्रयोग गर्न नजानेको टिका टिप्पणी हुँदै आएको छ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...