पनामाविरुद्ध आधा दर्जन गोल गर्दै इंग्ल्यान्ड विजयी

असार १०, २०७५

काठमाडौं, १० असार– जारी विश्वकपकाे दाेस्राे खेलमा गोलवर्षा गर्दै इंग्ल्याण्डले पनामाविरुद्ध सहज जीत हासिल गरेको छ । इंग्ल्यान्डले पनामाविरुद्ध ६–१ गोलको सहज जीत हासिल गरेको हो । 

इंंग्ल्यान्डको जीतमा ह्यारी केनले ह्याट्रिक गरे भने । कीएरान ट्रिप्पिएर, जोन स्टोन्स र लिन्गार्डले समान १–१ गोल गरे । 

पनामाविरुद्धको जीतसँगै इंग्ल्यान्ड ६ अंक बटुलेर समूहको शीर्ष स्थानमा पुगेको छ । 

रुसमा जारी विश्वकपमा इङ्ल्यान्डका ह्यारी केनले अहिलेसम्मका लागि सर्वाधिक गोलकर्ताको रेडर्क राखेका छन् । 

पनामाविरुद्ध ३ गोल गरेसँगै इंग्ल्याण्डका केन जारी रुस विश्वकपमा अहिलेसम्मका सर्वाधिक गोलकर्ता बनेका छन् । यसअघिको खेलमा दुई गोल गरिसकेका केनले आइतवार पानामाविरुद्धको खेलमा ह्याट्रिक गरेर ५ गोल पुर्याएका हुन् । 

सर्वाधिक गोलकर्ताका लागि यसअघि पोर्चुगलका क्रिष्टियानो रोनाल्डो र बेल्जियमका रोमेलु लुकाकुबीच प्रतिस्पर्धा थियो । दुवै जनाले चार–चार गोल गरेका थिए । 

पोर्चुगलका रोनाल्डोले पहिलो खेलमा स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए भने दोस्रो खेलमा मोरक्कोविरुद्ध एक गोल गर्दै ४ गोल पुर्याएका थिए । 

यस्तै बेल्जियमका लुकाकुले पानामाविरुद्धको पहिलो र ट्युनिसियाविरुद्धको दोस्रो खेलमा २–२ गोल गरेर ४ गोल पुर्याएका हुन् । 

इंग्ल्यान्डबाट ६ गोल खाएको पनामाले खेलको ७८ औं मिनेटमा एक मात्रै गोल गर्न सक्यो । फ्रि किकको मौका पाएको पानामाका लागि फिलिपी वालोयले गोल गरेका हुन् । 
 

असार १०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस