गर्मीका कारण विद्यालय बन्द

असार ११, २०७५

भीमदत्तनगर, ११ असार - अत्यधिक गर्मी बढेपछि कञ्चनपुर भीमदत्तनगरपालिकाले चार दिनका लागि नगरक्षेत्रका विद्यालयको अध्यापन बन्द गर्ने निर्णय गरेको छ । 

नगरपालिकाका उपप्रमुख सुशीला चन्द सिंहको संयोजकत्वमा बसेको बैठकले मंगलबारदेखि शुक्रबारसम्म नगर क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

उपप्रमुख सिंहले अत्यधिक गर्मीका कारण विद्यार्थीको पठनपाठनमा समस्या देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । 

बैठकमा शिक्षकको पेशागत संघ संगठनका पदाधिकारीको पनि सहभागिता थियो । 

असार ११, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस