×

NMB BANK
NIC ASIA

सुर्खेतका स्थानीय तहको बजेट : पूर्वाधार निर्माण प्राथमिकतामा

असार ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत, ११ असार – सुर्खेत जिल्लाका स्थानीय तहले ४ अर्बको बजेट ल्याएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सुर्खेतमा जम्मा ९ वटा स्थानीय तह रहेका छन् । तीमध्ये ४ गाउँपालिका र ५ नगरपालिकाले सो बराबरको बजेट ल्याएका हुन् । बजेट सार्वजनिक गर्दै स्थानीय तहले पूर्वाधार निर्माणमा बढी रकम विनियोजन गरेका छन् । सबै स्थानीय तहले आगामी वर्षको बजेटलाई पूर्वाधार निर्माणको बजेटका रुपमा लिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

९ वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले ल्याएको छ भने सबैभन्दा कम बजेट चिंगाड गाउँपालिकाको छ । वीरेन्द्रनगर नगरपालिकाले ९६ करोड २२ लाख ८३ हजार रुपैयाँ र चिंगाड गाउँपालिकाले २५ करोड ९३ लाख ६ हजार रुपैयाँको बजेट ल्याएको छ । ९ वटा स्थानीय तहमध्ये ६ स्थानीय तहले आईतबार बजेट सार्वजनिक गरेका छन् भने ३ स्थानीय तहले नीति तथा कार्यक्रम मात्रै सार्वजनिक गरेका छन् ।


Advertisment
Nabil box
Kumari

प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९६ करोड २२ लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको छ । वीरेन्द्रनगरले चालू खर्चतर्फ ६२ करोड २२ लाख ३९ लाख र पूँजीगततर्फ ३४ करोड ४४ हजार रुपैयाँ छ ।

Vianet communication
Laxmi Bank

बजेटमा ७४ लाख ६० हजार रुपैयाँ आन्तरिक स्रोत छ भने ८६ करोड ३४ लाख २३ हजार रुपैयाँ बाह्य स्रोत उल्लेख छ । वीरेन्द्रनगरले भौतिक पूर्वाधार सहितका वडा स्तरीय योजना, महिला स्वरोजगार कार्यक्रम, ल्याण्डफिल्ड साइड, विपद् व्यवस्थापन, शिक्षा प्रवद्र्धन कार्यक्रम, नगर स्वास्थ्य प्रवद्र्धन, हरियाली नगर लगायतका योजनालाई मुख्य प्राथमिकतामा राखेको छ । वीरेन्द्रनगरले चालू आर्थिक वर्षको बचत तथा आन्तरिक ऋणबाट खर्च गर्ने गरेर ३ करोड ४८ लाख रुपैयाँको घाटा बजेट छ ।

गुर्भाकोट नगरपालिकाले ४६ करोड ३९ लाख ८६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चालू खर्चतर्फ २५ करोड ८ लाख रुपैयाँ र पूँजीगततर्फ ४३ करोड ८१ लाख ८६ हजार रुपैयाँको बजेट ल्याइएको नगर प्रमुख हस्त पुनले लोकान्तरलाई बताए । नगरपालिकाले भेरी किनार पर्यटकीय सडक निर्माण, नगरपालिकाभित्र सडक नपुगेको क्षेत्र धारापानीमा चालू आर्थिक वर्षमा सडक पु¥याउने, छिन्चु–घारीवन–कालिमाटी सडक निर्माणलाई ‘नगर गौरवको योजना’का रुपमा ल्याएको छ । 

पञ्चपुरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४४ करोड ४२ लाख १७ हजार रुपैयाँको बजेट ल्याएको छ । पञ्चपुरीले चालू खर्चतर्फ २६ करोड ७६ लाख रुपैयाँ र पूँजीगततर्फ १८ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । 

नगरपालिकाको कुल बजेटमध्ये समानिकरण अनुदान ५ करोड ६५ लाख, सशर्त अनुदान १ करोड ५७ लाख, एलजीसीडीपीअन्तर्गत १४ लाख रुपैयाँ रहेको छ । पञ्चपुरी नगरपालिकाले सडक, खानेपानी, सिँचाइलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जनाएको छ । नगर प्रमुख उपेन्द्रबहादुर थापाका अनुसार अछाम जिल्लासँग जोड्ने जंगलाघाटसम्मको सडक र साविकको छाप्रे गाविस जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखेको छ । 

लेकवेशी नगरपालिकाले आर्थिक वर्ष ०७५/०७६ का लागि ३८ करोड ५९ लाख ७१ हजार रुपियाँको बजेट ल्याएको नगरप्रमुख गगन सुनारले बताए । उनका अनुसार चालू खर्चतर्फ २२ करोड ७६ लाख ३७ हजार ५०० रुपैयाँ रहेको छ भने पूँजीगततर्फ १५ करोड ८३ लाख ३३ हजार ५०० रुपैयाँ रहेको छ । उक्त बजेटमध्ये नगरपालिकाको आन्तरिक राजस्वतर्फ ४८ लाख रुपैयाँ रहेको छ ।

‘सडक, शिक्षा, कृषि, पशु सेवा, स्वास्थ्य लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर रकम विनियोजन गरेका छौं,’ उनले भने, ‘यो वर्ष पूर्वाधार निर्माणको वर्ष हुनेछ ।’

चौकुने गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि २९ करोड ७४ लाख ५७ हजार रुपैयाँको बजेट ल्याउने तयारी गरेको अध्यक्ष धिरबहादुर शाहीले बताए । ‘चालू खर्चतर्फ १८ करोड ४२ लाख ५७ हजार रुपैयाँ र पूँजीगततर्फ ११ करोड ३२ लाख रुपैयाँको बजेट ल्याइने छ,’ उनले भने, ‘बजेटसहित दोस्रो गाउँसभामा पेश गरेपनि आन्तरिक तयारी नपुगेका कारण सार्वजनिक गर्न सकिएन ।’

उनले बजेट १३ वा १४ गते ल्याइने बताए । ‘बजेटमा भौतिक पूर्वाधार, नागरिकको आर्थिक उन्नति, कृषि उत्पादन लगायतका विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ,’ उनले भने, ‘भौतिक पूर्वाधार निर्माण नगरेसम्म अन्य विकास हुन गाह्रो देखिएकाले हामीले यो वर्ष पूर्वाधार निर्माणको वर्षको रुपमा लिएका छौं ।’

यता, चिङ्गाड गाउँपालिका अध्यक्ष देवबहादुर चन्दका अनुसार गाउँपालिकाले २५ करोड ९३ लाख ६ हजार रुपैयाँको बजेट ल्याएको छ । जसमध्ये चालू खर्चतर्फ १६ करोड ८८ लाख ७० हजार रुपैयाँ छ भने पूँजीगततर्फ ९ करोड ४३ लाख ६ हजार रुपैयाँ रहेको उनको भनाई छ ।

उता, बराहताल गाउँपालिका आर्थिक वर्ष २०७५/०७६ को लागि बराहतालले ३७ करोड ८४ लाख ३५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको जनाएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षका आयोजनालाई निरन्तरता दिने गरी बजेट ल्याएको अध्यक्ष तेजबहादुर बस्नेतले बताए ।

भेरीगंगा नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि ४० करोड ८५ लाख ४१ हजार रुपैयाँको बजेट ल्याउने भएको नगर उपप्रमुख रेणु चन्दले जानकारी दिइन् । उनका अनुसार यसमध्ये चालूतर्फ २६ करोड ३० लाख ९ हजार ४८० रुपैयाँ तथा पूजीगततर्फ १४ करोड ५५ लाख ३१ हजार ५२० रुपैयाँको बजेट ल्याइने छ । सिम्ता गाउँपालिकाले ३४ करोड ९१ लाख ४१ हजार रुपैयाँको बजेट ल्याउँदैछ ।

पहिलो आर्थिक वर्षमा आवश्यक नीति नबनेका कारण काम गर्न असहज भएको वीरेन्द्रनगर नगरप्रमुख देवकुमार सुवेदी बताउँछन् । ‘अब हामीले केही कानूनहरू बनाइसकेका छौं,’ उनले भने, ‘हामीलाई बजेट कार्यान्वयनमा समस्या हुने देखिँदैन ।’ उनले यो बजेट पूर्वाधार निर्माणको बजेट भएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x