असोज १०, २०८०
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?
‘नैतिक दृष्टान्त’ कविशिरोमणि लेखनाथ पौड्यालको त्यस्तो पद्यरचना हो जसमा यस्ता रसिला, पोटिला र गुनिला सन्देश फाँकैपिच्छे भेटिन्छन् । अलिक पहिलेका साहित्यिक कृतिको चर्चा गर्नेहरूले जगन्नाथ गुरागाञी विरचित ‘गुणरत्नमाला’ र वासुदेव शर्मा लुइँटेलले अनुवाद गरेको भर्तृहरिको कृति ‘नीतिशतक’ पनि उल्लेख गर्दछन् । समाजलाई सद्विचार र सदाचारतिर डो-याउने नेपाली रचना धेरै नभए पनि साह्रै थोरै पनि थिएनन् । हो, विगत दुई-तीन दशकयताको शैक्षिक वातावरणले रामायण, महाभारत जस्ता ग्रन्थहरूको समेत सान्दर्भिकता कम गराउँदै लगेको अनुभव हुन्छ । विद्यालय, महाविद्यालयका पाठ्यक्रममै परोपकार,सदाचार, मानव सेवाजस्ता विषयहरू प्राथमिकतामा पर्न छोडका छन् । मान्छे भलोगर्ने वस्तुमा भन्दा मनपर्ने अवसरमा झुत्ती खेल्न थालेका छन् । तिनलाई कर्तव्यको भन्दा धेरै गुणा बढी अधिकार चाहिएको छ । र, नभन्दै २०७२ सालको संविधानले तिनलाई अधिकारहरूको ठूलै पुलिन्दा उपलब्ध गराएको पनि छ ।
मनोरञ्जनमा पनि सस्ता किसिमका सामग्रीको बजार बाक्लो भएपछि साँस्कृतिक र सामाजिक परिवेशमा योगदान पु-याउने कृतिहरूको खोजीगर्नेको जमात् पातलो हुनु र त्यसै अनुपातमा क्षमतावान् कवि लेखकहरूको जाँगर सेलाउनु अनौठो कुरो भएन । अहिलेको स्थिति त्यही हो । आक्कलझुक्कल हितकारी कृति देखापरे तिनलाई अपवाद मान्नुपर्ने हुन्छ । ‘ज्ञवाली सुक्तिसङ्ग्रह’ लाई यस्तै एक अपवाद मानिदिए फरक पर्दैन । डा. रामप्रसाद ज्ञवालीले रचेका चार-चार हरफका पद्यहरू पढ्दै जाँदा कविशिरोमणिका गुणकारी कविता कण्ठ गरेको झझल्को आउँछ । पहिलो उदाहरण:--
चुसेर जसको छाती बडा भयौ नि हे प्रिय !
समाती जसका हात खडा भयौ नि हे प्रिय !
काम्दै छन् तिनका आज हातगोडा लुला बनी।
एक्लै पारी पितामाता टाढियौ किन बैगुनी ?
यसको शीर्षक नै ‘टाढियौ किन बैगुनी?’हो ।
कवि ज्ञवालीले माथि दिएजस्ता अभिव्यक्तिलाई ‘सूक्ति’ भन्नुभएको छ । यसबारे अर्थ्याउने क्रममा आएको उहाँको भनाइ यस्तो छ : सूक्तिको मुख्य उद्देश्य भनेको जीवनोपयोगी ज्ञानको सम्प्रेषण गरी भावकलाई चमत्कारपूर्ण रूपमा दिशाबोध गराउनु नै हो । गोजीमा अटाउने आकारको यस पुस्तक(गोजिका)मा परेका सबैजसो सूक्ति दिशाबोध गराउने किसिमका छन् ; तसर्थ ज्ञवालीको लक्ष्य पूरा भएको छ । यस सङ्ग्रहमा परेका (केही दर्जन) सूक्तिलाई सुन्दर र अर्थपूर्ण बनाउने काममा ज्ञवालीले रमेश खकुरेल, भुवनहरि सिग्देल र कोषराज न्यौपानेजस्ता ‘आदरणीय कविज्यूहरू’ बाट सम्मति र हौसला पाउनु भएको रहेछ; यो चान्चुने कुरो होइन । सङ्ग्रहले मौलिक नेपालीपन पाओस् भन्ने ज्ञवालीको इच्छा पूरा गरिदिन कविहरू र प्रा.डा. जीवन अधिकारीको सहयोगले राम्रै काम गरेको हुनुपर्छ ।
सूक्तिलाई पोटिलो पार्न दृष्टान्त काम लाग्छन् तापनि ती नभैनहुने माध्यम चाहिँ होइनन् भन्ने ज्ञवालीको मान्यता रहेछ । तथापि सूक्तिसम्बन्धी शास्त्रीय नियम वा परम्पराबारे आफूसित ‘आधिकारिक जानकारी’ भने नभएको कुरालाई ज्ञवालीले स्पष्ट शब्दमा स्वीकार गर्नुभएको छ ।
निजी अध्ययनको निचोडमा निस्केको ज्ञवालीको यो कथन मननीय छ: ‘नेपाली भाषाको सन्दर्भमा...उखानहरूलाई प्राचीन नेपाली सूक्ति मान्न सकिन्छ’। किनभने उखान, आहान, कहावत जे भने पनि तिनले हाम्रा पूर्वजहरूले पाएको ज्ञानलाई समाजोपयोगी सन्देशमा रूपान्तरण गर्ने काम गरेका छन्; गर्दैछन् । उस बखत पढेरभन्दा परेर जानिने विषयबाट समाज निर्देशित रहन्थ्यो । ‘बुढा मरै भाषा सरै भनि भन्छन्.’ भन्ने नेपाल-निर्माता पृथ्वीनारायण शाहको कथन पनि यहाँछेउ सान्दर्भिक हुने देखिन्छ ।
उसो त ज्ञवालीको यस सूक्तिसङ्ग्रहमा परेका सबै सूक्ति प्रसङ्ग अनुसार उध्दरणीय छन् तर म यी तलका हरफमा परेको सत्य सन्देशको उल्लेख गर्दै यस टिपोटको बिट मार्दैछु:--
अर्तीमा पनि ढोंगीले आडम्बर बढाउँछ
जसरी मूढ जोगीले स्तुतिवाद पढाउँछ
नेता दुष्ट भएदेखि सिङ्गै राष्ट्र दुखाउँछ
एउटा अङ्गको पीडा सिङ्गै शरीर पाउँछ ।
कृति : ज्ञवाली सूक्तिसङ्ग्रह
रचनाकार: डा. रामप्रसाद ज्ञवाली
प्रकाशक: शब्दार्थ प्रकाशन, काठमडौं
पृष्ठसंख्या : ८६
मूल्य: १२५ रूपिञा
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...