×

NMB BANK
NIC ASIA

उड्ने मोटरसाइकल बनाउन चाहन्छन् विद्यार्थी ! ओली सरकारको नजर पर्ला ?

असार २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम, २३ असार – प्रधानमन्त्री केपी शर्मा ओलीका भाषण र अभिव्यक्तिले धेरैलाई ठूल्ठूला सपना देख्न सिकाएको छ । प्रधानमन्त्री ओली समेत ठूल्ठूला सपना देख्नेभित्र पर्छन् ।

Sagarmatha Cement
Muktinath Bank

धनुषाको धनौजी गाउँपालिका–१ लखौरीका १९ वर्षीय शिवकृष्ण पण्डित पनि सपना देख्ने विद्यार्थी हुन् । उनले सडकमा गुड्ने मोटरसाइकल विस्थापित गर्न आकाशमा उड्ने मोटरसाइकल बनाउने सपना देखेका छन् । यो ठूलो सपना पूरा गर्ने बाटोमा हिँड्न पण्डित अहिले व्यक्तिगत प्रयासमा मनोरञ्जनात्मक खेलौना बनाएर प्रतिभा देखाइरहेका छन् । तर, उनले आफ्नो ठूलो सपना पूरा गर्न ओली सरकारबाट सहयोगको आशा गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगत ६ महिनादेखि अनवरत प्रयास गरेपछि उनले गाउँमै स्थानीय सामग्रीको प्रयोग गरेर विभिन्न मेसिनरी खेलौना बनाएका छन् । उनले बनाएको चारपांग्रे गाडी आकारको खेलौना पानी र माटोमा सजिलै गुड्छ । ‘यो खेलौना गाडीमा लगाइएको व्याट्रीलाई सोलार वा विद्युत्बाट रिचार्ज गर्नु पर्दैन, खेलौनाले आफूलाई चाहिने चार्ज आफैं प्राप्त गर्दछ,’ पण्डित भन्छन् ।


Advertisment
Nabil box
Kumari

सरकारी निकायले आफ्नो मेहनतलाई हेरेर आवश्यक सहयोग गर्नुपर्ने उनले बताए । ‘मैले बनाएको खेलौनालाई सरकारले १ पटक हेरोस्, म यस्ता थुप्रै खेलौना मात्र होइन, धेरै कुरा अविष्कार गर्न सक्छु । जसबाट देशको विकास हुन् सक्छ,’ उनले भने, ‘राज्यले यदि सहयोग गर्यो भने ठूला खेलौना मात्र नभएर राज्यलाई आवश्यक विभिन्न सामग्री समेत बनाउन सक्छु ।’

Vianet communication
Laxmi Bank

पानी र जमिन दुवैमा गुड्न सक्ने खेलौना बनाएको बताउँदै उनले त्यसैलाई आधार बनाएर त्यस्तै सवारीसाधन निर्माण गर्न सकिने बताए । ‘जुन सवारीसाधन मालसामान ढुवानी गर्नका लागि समुद्रमा पनि चलन सकियोस् र जमिनमा पनि,’ उनले भने ।

उनले हावामा उड्न सक्ने मोटरसाइकल बनाउने सपना देखेका छन् । ‘मलाई थाहा छैन कि उड्ने मोटरसाइकल बनाउने मेरो सपना पूरा हुन सक्छ कि सक्दैन । तर, मेरो अठोट भने त्यस्तै प्रकारको छ,’ उनले भने । 

विज्ञान संकाय पढिरहेका उनी १२ कक्षामा ‘व्याक’ लागेर खाली बस्दा मन नलागेपछि आविष्कारिक खेलौना बनाउनतिर लागेका छन् । उनका बुवा शिवचन्द्र पण्डित वैदेशिक रोजगारीमा छन् । विगत ३ वर्षदेखि उनका बुवा कतारमा कार्यरत रहेपनि खेलौना निर्माणका लागि आर्थिक समस्या भएकाले राज्यले सहयोग गरिदिए धेरै ठूलो उपकार हुने उनले गुहार गरेका छन् ।

उनी कुम्हार जातिका हुन् । तराइमा माटोको भाँडा, मूर्ति लगायतका सामान बनाउने जाति हो कुम्हार समुदाय । त्यसैले पनि उनले बाल्यकालदेखि नै केही अविष्कार गर्न सकिन्छ भन्ने सोच रहेको बताए । धनुषाको परवाहाबाट प्राथमिक शिक्षा प्राप्त गरेका उनी २०७१ सालमा शंकर जनता माबिबाट एसएलसी उत्तीर्ण भए । त्यसपछि जनकपुरको संकटमोचन उच्च माविमा विज्ञान संकायबाट उनी अध्ययनरत छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x