माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
उदारवादी लोकतन्त्र बिरामी छ । यो रोग नियमित रूपमा ज्याद्रो गरी देखापर्ने गरेको छ । लोकतन्त्रले केही समययता कठोर निरंकुश प्रवृत्ति भएका मानिसलाई विजय दिलाएको छ । त्यस्ता व्यक्तिले आफ्नो विजयपछि लोकतन्त्रको गुणगान गर्ने गरेका छन् । अनि त्यसपछि उनीहरू लोकतन्त्र कायम गर्ने सबै संस्थाहरूलाई ध्वस्त पार्न उद्यत हुन्छन् ।
शीतयुद्धको अन्त्यपछि फ्रान्सिस फुकुयामा जस्ता राजनीतिशास्त्रीहरूले उदार लोकतन्त्र संसारभरि निरन्तरता पाउने स्थितिमा रहेको दाबी गरेका थिए ।
तर त्यसको एक दशकभित्र हामीले लोकतन्त्रका मतदान बाकसबाट एकपछि अर्को त्रासदीको जन्म भएको देख्यौं । यो त्रासदी शृंखलाको नवीनतम उदाहरण टर्कीमा पाइएको छ जहाँ रेसेप तैयप अर्दोगानले असार १० गते आमनिर्वाचनमा विजय प्राप्त गरेर आफ्नो केन्द्रीकृत शक्तिलाई थप मजबूत बनाएका छन् अनि विपक्षी, स्वतन्त्र प्रेस र अर्थपूर्ण विरोधलाई पूरै दबाएका छन् ।
‘सुल्तान’ अर्दोगानको यो निर्वाचन विजय सन् २०१७ को अप्रिल महिनामा भएको जनमतसंग्रहपछि सम्भव भएको हो । उक्त जनमतसंग्रहमा अर्दोगानले साँघुरो जीत हासिल गरेका थिए र त्यसबाट उनले व्यापक कार्यकारी शक्ति प्राप्त गरेका थिए । उनले न्यायपालिकाका आफूअनुकूल हुने थुप्रै सदस्य छान्न पाउने भएका छन् र सन् २०२८ सम्म देशको शासन चलाउन पाउने भएका छन् ।
त्यसभन्दा केही समयअघि गएर हेर्नुभयो भने सन् २०१६ को नोभेम्बरमा सारा संसारले डोनल्ड ट्रम्प जस्तो छाडा बोल्ने व्यक्ति अमेरिकाको राष्ट्रपति बनेको पाउनुहुन्छ । अनि जुन २०१६ मा बेलायतमा भएको ब्रेक्जिट जनमतसंग्रहअघि निर्वाचनसम्बन्धी बहस अत्यन्तै कम भएको थियो र त्यसमा झुटको ठूलै खेती गरिएको थियो । युरोपेली संघबाट बेलायत बाहिरिँदा बेलायतीहरूले हप्ताको ३५ करोड पाउन्ड जोगाउन सक्छन् भनी झुटो दाबी गरिएको थियो । अनि जनममतसंग्रहअघि चलाइएको घृणा अभियानका कारण लेबर पार्टीकी सांसद जो कक्सलाई ‘बेलायत पहिला’ भनी नारा लगाउने व्यक्तिले चक्कु प्रहार गरी हत्या गरेका थिए ।
ट्रम्पले आफ्नो शपथग्रहण भाषणमा अमेरिकालाई प्राथमिकता दिने प्रतिज्ञा गरे । (यसरी कुनै मुलुकले आफूलाई प्राथमिकता दिन थाल्दा मानवतालाई भने पटक्कै महत्व दिइँदैन ।) लोकतान्त्रिक त्रासदीकै कुरा गर्दा फिलिपिन्समा सन् २०१६ मा रोड्रिगो डुटेर्टे राष्ट्रपति बने । उनी अपमानजनक शब्दहरू बोल्छन् अनि व्यक्तिहत्यालाई संस्थागत गर्न पछि पर्दैनन् । त्यस्तै सन् २०१८ को मार्च महिनामा भ्लादिमिर पुटिनले फेरि एकपटक चुनाव जिते अनि विपक्षीलाई कुनै स्थान नै नदिने नीति जारी राखे ।
उता हंगेरीमा सन् २०१८ को अप्रिलमा भएको निर्वाचनमा शक्तिशाली नेता भिक्टर ओर्बान र उनको फिडेस्ज पार्टीले संसद्को १९९ मध्ये १३३ सीट जितेका छन् । ओर्बान आप्रवासीहरूविरुद्ध कठोर शब्द प्रयोग गर्नका लागि कुख्यात छन् । उनले त अझ उदारवादी लोकतन्त्रको अन्त्य भइसकेको घोषणा समेत गरिसकेका छन् र त्यसको ठाउँमा क्रिस्चियन लोकतन्त्र आउने विश्वास राखेका छन् ।
अनि मार्च २०१८ मा इटालीमा भएको आमनिर्वाचनपछि सत्तामा आएका लोकरञ्जनवादी दल फाइभ स्टार मुभमेन्ट र दक्षिणपन्थी लीग पार्टीले अल्पसंख्यक आप्रवासीहरूलाई लखेट्ने नीति सार्वजनिक गर्दै कदम समेत चालेका छन् ।
हो, यहाँ चर्चा गरिएजस्तो खराब परिणाम मात्र उदारवादी लोकतन्त्रका निर्वाचनले दिएका छैनन् । मध्यवर्ती दलले विजय पाएर उग्रदक्षिणपन्थीहरूलाई सत्तामा आउनबाट रोकेका उदाहरण पनि छन् । फ्रान्स र नेदरल्यान्ड्समा सन् २०१७ को शुरूआततिर भएका निर्वाचनमा उग्रदक्षिणपन्थीहरू पराजित रहे । अनि बेलायतमा विपक्षीहरूलाई करेप्ने उद्देश्य लिएको कन्जर्भेटिभ पार्टी र प्रधानमन्त्री टेरिजा मेले आमनिर्वाचनमा बहुमतलाई अझ बढाउनुपर्नेमा भएको बहुमत पनि गुमाउन पुगेकी थिइन् ।
लोकतन्त्रका निरंकुश शासक पुरुष मात्र हुन्छन् भन्ने सोच राख्नु पनि गलत हो । म्यान्मारमा लोकतन्त्रको पुनरागमन भएको भनेर खुबै प्रशंसा भएपनि नेसनल लीग फर डेमोक्रेसी दल र स्टेट काउन्सेलरका रूपमा आङ सान सु कीलाई असीमित शक्ति दिइँदा अर्को त्रासदी आयो । म्यान्मारको रखाइन प्रान्तमा रोहिंग्या मुसलमानहरूको जातिसफाया हुँदा त्यसविरुद्ध बोल्ने र त्यसलाई स्पष्ट रूपमा निन्दा गर्ने काम सु कीबाट भएन, उनी मौन नै बसिन् ।
यसरी संसारका धेरै देशमा उदारवादी लोकतन्त्र आफैंले निरंकुश शासकहरू जन्माइरहँदा नेपालमा पनि त्यस्तै स्थिति आउने त हैन भनी आशंका हुन थालेका छन् ।
दुई ठूला कम्युनिस्ट दलहरू मिलेर दुईतिहाइ बहुमत प्राप्त सरकारले एकपछि अर्को गर्दै स्वेच्छाचारी र निरंकुश निर्णयहरू लिन थालेको देखिन्छ । नागरिकलाई विरोध गर्नका लागि ठाउँ छुट्ट्याउनेदेखि लिएर विश्वविद्यालयका उपकुलपतिलाई अपराधीजस्तो गरी पक्राउ तथा केही समयका लागि थुनामा राख्ने काम शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । अनि कडा प्रश्न सोधेको आरोपमा पत्रकारलाई जागिरबाट निकाल्ने काम पनि सरकारले गरेको छ । विपक्षीलाई पूर्ण ध्वस्त पार्ने रणनीति उनी र उनको सरकारले अपनाउन थालेको संकेत देखिँदैछ ।
डेलीओडट् इनमा प्रकाशित अमीर अलीको विश्लेषणमा आधारित
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...