काम गर्ने अठोट भए पर्यटन उद्योगमा कायापलट : महासचिव शाह [भिडियो अन्तर्वार्ता]

असार २६, २०७५

काठमाडौं – नेपाली पर्यटन उद्योगमा लगानी र जनशक्ति व्यापक रूपमा वृद्धि भइरहेको छ । तर सरकारले समयसापेक्ष पर्यटन ऐन संशोधन र पूर्वाधारको विकास गर्न नसक्दा यो उद्योगले अपेक्षित रुपमा उपलब्धि हासिल गर्न सकिरहेको छैन ।

यद्यपि, आगामी आर्थिक वर्ष २०७५/७६ को लागि आएको बजेटमा सरकारले संघीय संरचनामा पर्यटनको संरचनागत आधारमा केही नयाँ कार्यक्रम ल्याएको छ ।

सोही बजेटमार्फत् सरकारले सन् २०२० लाई भिजिट नेपाल वर्षका रुपमा मनाउने घोषणा पनि गरेको छ । निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको पर्यटन उद्योगको हालको अवस्था, चुनौति तथा अवसरबारे लोकान्तरकर्मी मनीषा अवस्थीले होटल एसोसिएसन नेपालका महासचिवविनायक शाहसँग कुराकानी गरेकी छिन् ।

कुराकानीका क्रममा शाहले पर्यटन उद्योगमा लगानी बढिरहेपनि यसलाई व्यवस्थित गर्नेबारे सरकारले पर्याप्त ध्यान दिन नसकेको बताएका छन् ।

हेरौं भिडियो कुराकानीको सम्पादित अंश :
 

असार २६, २०७५ मा प्रकाशित

मनीषा अवस्थी

मनीषा अवस्थी लोकान्तर डट् कमका लागि आर्थिक विषयमा कलम चलाउँछिन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार