लडेका छोरालाई बाबुले चलाएको ट्याक्टरले किचेपछि....

असार २६, २०७५

विराटनगर-मोरङको रतुवामाई नगरपालिका ५ मा ट्याक्टरले किचेर एक बालकको ज्यान गएको छ। को. २ त. ८११५ नम्बरको ट्याक्टरले किचेर रतुवामाई नगरपालिका ५ का मनोज माझीका ४ वर्षिय छोरा बादल माझीको ज्यान गएको हो ।
 बाबु मनोज माझीले खेत जोत्नका लागि ट्याक्टर लैजानेक्रममा सोही ट्याक्टरमा बसेका बादल अचानक भुईँमा खसेका थिए । भुईमा खसे लगतै पछाडीको चक्काले उनलाई किच्दा बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना लगत्तै बाबु फरार भएकाले प्रहरीबाट उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


असार २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस