कात्तिक १९, २०८०
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
काठमाडौं- चलचित्र सुनकेशरी हलहरुमा प्रर्दशन भैरहेका वेला अभिनेत्री ऋचा शर्माले पत्रकारहरुसँग भनिन्, ‘सुनकेशरी भव्य चल्यो, अब उक्त चलचित्रको सिक्वेल चाँडै बन्छ ।’ एक महिनाअघि उनले यो चलचित्रको कथा अनुसार चलचित्रको दोस्रो भाग बन्ने वताइन् ।
त्यसो त कोहलपुर एक्सप्रेसको करोड क्लवको सेलिव्रेशनमा चलचित्रका निर्देशन विशाल भण्डारीले पनि कोहलपुर एक्सप्रेस–२ बनाउने घोषणा गरे । तर यी दुई चलचित्रको सिक्वेल कहिले बन्ने हुन कुनै पत्तो छैन । यी घोषणा अहिलेका ताजा भए !
तीनवर्षअघि काठमाडौंको एक पाँचतारे होटलमा भव्य कार्यक्रमकाविच चलचित्र न्यू इयर निर्माण घोषणा भयो ।
निर्देशक प्रविण श्रेष्ठले बनाउने चलचित्रमा उक्त चलचित्रमा ग्रिहेन्द्र घिमिरे, प्रताप खरेल, कर्ण राजवंशीले लगानी गर्ने कुरा सुनाइयो । अनुपविक्रम शाहि र बेनिशा हमालले अभिनय गर्ने उक्त पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । त्यसपछि यो चलचित्रको एउटा पार्टिसङ ड्रिम्स रेकर्डिङ स्टुडियोमा रेकर्ड गरियो ।
केही दिनमा छायांकनमा जाने भनि घोषणा भएको यो चलचित्र झण्डैं चारवर्ष हुँदासमेत वन्न सकेको छैन । यो चलचित्र किन बनेन भन्ने विषयमा खासै खुलाईएको छैन, यद्यपी अभिनेत्री वेनिशा हमाल र निर्माता गिहेन्द्रको सम्वन्ध एकाएक चिसीयो र चलचित्र रोकिएको रोकियै भयो ।
चर्चित निर्देशक दिपेन्द्र के खनाललाई लिएर शर्मिला पाण्डेले झन्डै १ वर्षअघि अमेरिका जान चाहनेले भोग्नुपर्ने पीडामा आधारित रहेर चलचित्र निर्माण गर्ने घोषणा गरेपनि अहिलेसम्म यो चलचित्र वन्ने नवन्ने विषयमा पत्तो छैन ।
खगेन्द्र लामिछानेलाई मुख्य पात्रसमेत छानिएको सो चलचित्र नेपाली चलचित्र इतिहासमा सवैभन्दा धेरै रकम (पाँच करोड) लगानी गर्ने भनिएको थियो । सुरज सिने आर्टस् र दीपेन्द्र के प्रोडक्सनको सहकार्य रहने र अघिल्लो वर्षको मंसिरदेखि छायांकन सुरु हुने भनिएको थियो । तर, घोषणा भएको महिनौं बितिसक्दासमेत सो चलचित्रको छायांङकन सुरु हुन सकेको छैन ।
आधा दर्जनको हाराहारीमा चलचित्र निर्देशन गरेका निर्देशक सुरेस दर्पण पोखरेलले ‘कल गर्ल’ र ‘एडल्ट’ निर्माणको घोषणा गरेको आज लगभग ६ वर्ष भयो । तर यी दुवै चलचित्र अहिलेसम्म बनेनन् ।
के कति कारणले चलचित्र बन्न सकेन त्यो निर्देशक पोखरेललाई नै थाहा होला । हाल, अमेरिकामा रहेका पोखरेल कहिलेकाही“ नेपाल आउने जाने गर्छन् । २ वर्षअघि काठमाडौ आएका उनी अव चलचित्रनै नवनाउने भन्दै अमेरिका पलायन भएका छन् । खुट्टा तानने प्रवृत्तिका कारण मैले अव चलचित्र वनाउँदिन, उनले भने, ‘सायद, सायद २, होस्टेल, होस्टेल रिर्टन्स वनाइसके, लाउरे चलचित्र वनाईसकेपछि अर्का एक प्रोड्युसरलाई जिम्मा दिएको छु ।’
निर्माता सन्तोष सेनले काठमाडौंको पाँच तारे होटलमा भव्य कार्यक्रमको आयोजना गरि चलचित्र दिपेन्द्र सरकार वनाउने घोषणा गरे २ वर्षअघि । तर यतिका लामो समयसम्म पनि यो चलचित्र फ्लोरमा गएको छैन । निर्माता सेन अझैंपनि यो कुरा भनिरहन्छन्, ‘चलचित्र वन्छ, यसको होमवर्कमा हामी व्यस्त छौं ।’ उनै सेनले अहिले नया“ चलचित्र मेरी मामु निर्माण गरिरहेका छन्, यो चलचित्र भदौं १५ मा प्रर्दशन हुँदैछ ।
यी त उदाहरण मात्रै हुन् । चलचित्र बनाउने भन्दै घोषणा गर्ने तर नबनाउने क्रम नेपाली चलचित्र उद्योगमा मौलाउ“दै गएको छ । चलचित्र विकास बोर्डबाट पछिल्ला दुई आर्थिक वर्षमा इजाजत लिएका चलचित्रको सूची हेर्दा त्यसमध्ये ७५ प्रतिशत पनि चलचित्र बनेका छैनन् ।
‘मुर्गा भेट्टिनु पर्र्यो नी !’
नेपाली चलचित्र क्षेत्रका विज्ञसमेत रहेका एक चलचित्रकर्मी भन्छन्, ‘सुरुमा भव्य रुपमा चलचित्र घोषणा गर्ने र त्यसपछि निर्माता खोज्ने चलन नेपालमा बढी छ ।’ ‘मुर्गा’को खोजीमा हिँड्ने विचौलीयाहरुले पैसा भेटियो भने चलचित्र वनाउने नत्र चलचित्र यतिकै घोषणामा सिमित गर्ने गरेको उनले बताए । करोडौं आम्दानी हुन्छ भन्दै चलचित्र वनाउन उक्साउनेहरु मुर्गा खोज्न लागि पर्छन् ।
फसाउने र कमाउने लोभमा लागेकाहरुको समूह चलचित्र क्षेत्रमा सकृय छ । खासगरी विचौलियाहरु ब्यापारीहरु, एनआरएनलाई यो क्षेत्रमा ल्याउन लागि पर्छन्, आए भने चलचित्र वन्छन् नत्र वन्दैनन्, एक चलचित्रकर्मी भन्छन्, ‘फरक पृष्ठभुमिबाट आएकाहरु मुर्गा वन्छन्, उनीहरुले लगानी गरेभने चलचित्र वन्छ नत्र वन्दैन ।’
बीचमै अलपत्र
अभिनेता निखिल उप्रेतीले निर्देशन गर्ने भन्दै घोषणा गरिएको चलचित्र ‘कमिटमेन्ट’ छाया“कन नसकिँदै अलपत्र परेको छ । उक्त चलचित्रको ३० प्रतिशत भागको मात्रै छाया“कन गरेको श्रोतको दावी छ । स्रोतका अनुसार प्राविधिकलाई पैसा दिन नसकेपछि चलचित्रको काम रोकिएको हो । यो चलचित्र अमेरिका, सिंगापुर, थाइल्याण्डमा खिच्ने उनको योजना पुरा हुने छा“टकाट छैन ।
निखिलले यो चलचित्रमा आफ्नै साली सिवानी लुइटेललाई हिरोइन बनाएका थिए । तर हाल सिवानी चलचित्र छोडेर दिल्ली पुगिसकेकी छिन् । केही हप्ताअघि मात्रै विग वजेटमा निर्माण गर्ने भनिएको चलचित्र रानीमहल २० प्रतिशत छायांकन सकेपछि विचमै अड्कीएको छ । चलचित्र निर्माण घोषणादेखि नै विवादमा फसेको थियो यो चलचित्र । पाल्पास्थित रानीमहलमा सुटिङ सकेर लोकेशन सिफ्ट हुने क्रममा चलचित्र भित्रको विवाद बाहिर आएको हो । उक्त चलचित्रका निर्माता र प्रोडक्सन म्यानेजरबीच आर्थिक बिषयमा किचलो देखिएपछि समस्या परेको हो ।
चलचित्रका निर्माता वेदप्रसाद भुसाल भन्छन्, ‘सुरुमा प्रोडक्सन म्यानेजर गणेश सापकोटाले स्क्रिप्ट हेरिसकेपछि १ करोड ५० लाखको अनुमानित बजेट दिनुभएको थियो । तर, फिल्मको छायांकन २० प्रतिशत सकि“दा मेरो २ करोड भन्दा बढी खर्च भैसकेको छ ।’ आफू फरक व्यवसायको मान्छे भएपनि निर्देशक हिमाल न्यौपाने आफ्नो साथि भएको कारण फिल्ममा लगानि गरेको उनी वताउ“छन् । तर वजेटको रकम सकिदासम्म २० प्रतिशत छायांकन मात्रै भएको छ, मैले कसरी वाँकी रकम जुटाउने ? उनले भने, ‘ठगहरुको कारण दुःख पाउनुपरेको रहेछ मलाइ’ अव यो चलचित्र वन्ने हो या हैन भन्ने विषयमा कुनै टुंगो छैन । चलचित्र निर्माण कार्य अहिले ठप्प छ ।
सयौं चलचित्र डम्पिङमा
नेपालमा चलचित्र निर्माणको काम सकिएपछि धेरै चलचित्र प्रर्दशनमा आएका छैनन् । गलत नियतले झुर चलचित्र बनाउने र प्रचार प्रसार तथा विभिन्न काममा खर्च गर्न नसक्ने भएकाले चलचित्र प्रर्दशनमा नआउने गरेको वताइन्छ । खासगरि चलचित्र वनाउ“दा लिइएको ऋण तिर्न नसक्नु र प्रर्दशन गर्दा प्रचार प्रसार र अन्य खर्च गर्न नसक्दा धरै चलचित्र छायांकनका सम्पूर्ण काम सकिएपनि प्रदर्शनमा आउन सकेका छैनन् ।
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...