१६ वर्ष भन्दा कम उमेरकाले चलचित्र वीराङ्गना हेर्न जान अभिभावकसँग जानुपर्ने !

असार २७, २०७५

काठमाण्डौं- यही असार २९ बाट देशभर प्रर्दशनमा आउने चलचित्र विरागंनालाई सेन्सर समितीले पि जी सर्टिफिकेट दिएको छ ।

अब फिल्म हेर्नका लागि १६ वर्ष मुनिको दर्शकहरु अभिभावकसँग जानुपर्नेछ । 


ADVERTISEMENT

एक्शन जनराको यो चलचित्रलाई राज बहादुर सानेले निर्देशन गरेका हुन् । हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादनमा वनेको चलचित्रका निर्माता बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट हुन भने सुमि चाम्लिङ राई सह निर्माता हुन ।

र्फोथ आई मुभिजको ब्यानरमा निर्मित चलचित्रमा शिल्पा पोखरेल र अनुप विक्रम शाहि वाहेक पृथ्वी राज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय छ ।
 

असार २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस