साली कसको भेनाको ?

असार २७, २०७५

काठमाडौं- हाँस्य जनरामा निर्माण भएको चलचित्र साली कस्को भेनाकोको ट्रेलर सार्वजनीक भएको छ ।

भद्र भुजेलको निर्देशनमा बनेको चलचित्रको ट्रेलर बुढासुब्बा डिजिटलको युट्युव च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो ।

भदौ २९ गतेदेखि देशभरका हलमा प्रदर्शन हुने तयारिमा रहेको चलचित्रमा बिल्सन बिक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, मरिश्का पोखरेल, सुष्मा कार्की, जयनन्द लामा, कविता आले, बिरेन श्रेष्ठ, पुष्प आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रसाद श्रेष्ठको प्रस्तुति रहेको फिल्मको निर्मातामा रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्यो, काजीमान श्रेष्ठ बिशाल, कमला भट्टराई र मुक्ति अधिकारी छन् । चलचित्रको गीतमा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत छ । मुभीङ पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । पुष्प आचार्यले लेखेको फिल्मको सम्पादन बनिष शाहले गरेका हुन् ।
 

असार २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार