अनुरागको पोस्टर रिलिज, यस्तो देखियो धमलापत्नीको अवतार

असार २७, २०७५

काठमाडौं – असोज १२ गते प्रर्दशनमा आउन लागेको चलचित्र ‘अनुराग’को पोस्टर सार्वजनिक भएको छ । पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतमको निर्माण र अभिनयमा बनेको उक्त चलचित्रको पोस्टरमा एलिजा र नवअभिनेता समुन्द्र पण्डितलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ ।

कान्छा दाइ र यस्तो साथी बोलका दुई गीत सार्वजनिक भइसकेको अवस्थामा सार्वजनिक पोस्टरले फिल्मप्रतिको उत्सुकता झनै बढाएको छ ।


अनुरागमा ठिलेंन लामा, सरोज खनाल, रूपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेत लगायतका कलाकारहरूको पनि अभिनय छ । 

सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो फिल्म सांगीतिक प्रेमकथामा आधारित छ ।

ऋषि धमला प्रस्तुतकर्ता रहेको चलचित्रलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् । भरत गौतम र गीता भेटवाल निर्माता रहेको अनुरागको कथा किरण दाहालले लेखेका हुन् भने रामकुमार केसीले खिचेका हुन् ।
 

असार २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस