×

NMB BANK
NIC ASIA

लुम्बिनी टेण्डर विवाद : मन्त्रालय सम्हालेको फोरम मेसुको पक्षमा

असार २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपालले मन्त्रालयको निर्देशनको विषयलाई लिएर अस्पताल विकास समितिले विवाद गर्नुपर्ने कुनै कारण नरहेको जनाएको छ ।

Muktinath Bank

लुम्बिनी अञ्चल अस्पताल बुटवलको व्यवसायिक सटर भाडामा लगाउने टेण्डर प्रक्रिया स्थगित गरेको विषयलाई लिएर अस्पताल विकास समितिले अनावश्यक विवाद गरेको भन्दै फोरमले मन्त्रालयको निर्देशन विकास समितिले पालना गर्नुपर्ने दावीसहित धारणा सार्वजनिक गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रिपोर्टर्स क्लव नेपाल रुपन्देहीले आज बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै संघीय समाजवादी फोरम नेपाल ५ नम्बर प्रदेश संसदीय दलका उपनेता विजयबहादुर यादवले मन्त्रालयको निर्देशनको विषयलाई लिएर अस्पताल विकास समितिले विवाद गर्नुपर्ने कुनै कारण नरहेको बताए । मुलुक संघीय संरचनामा गइसकेको र अञ्चल अस्पताल प्रदेश सरकार मातहत जाने थाहा हुँदाहुँदै हतारमा अस्पतालको सटर भाडामा लगाउन टेण्डर आह्वान गर्नु जायज नभएको विचार उनले व्यक्त गरे ।


Advertisment
Nabil box
Kumari

‘अस्पतालले सटर भाडामा दिन आह्वान गरेको टेण्डर मन्त्रालयको निर्देशन अनुरुप अस्पताल प्रशासनले स्थगित गरिसकेको अवस्थामा विघटनको संघारमा रहेको विकास समितिले विवाद गर्नुको औचित्य छैन,’ उनले भने । संघीय समाजवादी फोरम नेपाल ५ नम्बर प्रदेश संसदीय दलकी उपसचेतक सुमन शर्मा रायमाझीले पनि मन्त्रालयको पत्रबारे विवाद गर्नु उपयुक्त नभएको बताइन् ।

Vianet communication
Laxmi Bank

साक्षात्कारमा संघीय समाजवादी फोरम नेपाल रुपन्देहीको २ नम्बर क्षेत्रका अध्यक्ष अशोक बर्माले अस्पतालको सटर भाडामा लगाउने टेण्डर प्रक्रिया हचुवाको भरमा नभएको भन्दै सटरमा बस्दै आएका व्यवसायीको आग्रहमा व्यापक छलफलपछि मात्र स्थगित भएको जानकारी गराए । ४ वर्षका लागि सटर भाडामा लिएका व्यवसायी ८२ फिट सडकको मारमा परी सटर भत्काउने र बनाउने समस्यामा परेको भनि तत्कालका लागि टेण्डर स्थगित गर्न मन्त्रालयसँग माग गरेको उनले बताए ।

उनले साउनदेखि अस्पताल प्रदेश सरकार मातहत आउने र उसैले टेण्डर आह्वान गर्ने भएका कारण मन्त्रालयले तत्कालका लागि टेण्डर प्रक्रिया स्थगित गर्ने आशयको पत्राचार गरेको दावी गरे । अस्पताल विकास समितिले सटर भाडामा लगाउन टेण्डर प्रक्रिया अगाडि बढाएको अवस्थामा उपप्रधान तथा स्वास्थ्य एवं जनसंख्या मन्त्री उपेन्द्र यादवका निजी सचिव भवनाथ खतिवडाले अस्पताललाई पत्राचार गरेपछि टेण्डर स्थगित भएको थियो ।

देश प्रादेशिक संरचनामा अगाडि बढिरहेको अवस्थामा अञ्चल अस्पताल सञ्चालन गर्ने, सेवाहरू थप गर्ने र आधिकारिक सेवा प्रवाह गर्ने दायित्व समेत सम्बन्धित प्रदेश सरकारलाई स्वतः जाने हुँदा हाल प्रक्रियामा रहेको व्यावसायिक सटरको टेण्डरको टुंगो पनि प्रदेश सरकारबाट नै लगाउन निर्देशन सहितको पत्र मन्त्रालयले पठाएको थियो । मन्त्रालयको पत्र प्राप्त भएपछि अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. कृष्ण खनालले अर्को सूचना प्रकाशन नहुँदासम्म टेण्डर प्रक्रिया स्थगित भएको सूचना टाँस गरेका थिए । 

अस्पताल प्रशासनले टेण्डर प्रक्रिया स्थगित भएको सूचना टाँस गरेपछि अस्पताल विकास समितिका अध्यक्ष रमेश खनालले पत्रकार सम्मेलन गरेर समितिलाई जानकारी नदिइ टेण्डर प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x