मौद्रिक नीतिले 'मार्जिन कल'को सीमा घटाउँदा लगानीकर्तालाई राहत

असार २७, २०७५

काठमाडौं – शेयर धितो राखेर ऋण लिनेका लागि बाटो खुकुलो भएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् केन्द्रीय बैंकले मार्जिन कलको सीमा परिमार्जन गर्दै बाटो खुकुलो बनाएको हो । मार्जिन कलको सीमा १० प्रतिशत रहेकोमा दोब्बरले बढेको हो । लगानीकर्ताले मार्जिन लोन लिँदा बैंकले १ सय ८० दिनको औसत मूल्यभन्दा २० प्रतिशत घटेपछि मात्रै फोन गर्न पाउने छन् । यसअघि, १० प्रतिशत घटेपछि फोन गर्न सक्ने व्यवस्था थियो ।


यसले गर्दा लगानीकर्ता थोरै बजार घट्दा आत्तिहाल्नुपर्ने स्थितिको अन्त्य भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार शेयर धितोमार्फत् ऋण लिएको १ वर्षसम्म तिर्न नसके बैंकले लिलामी गर्न पाउने व्यवस्था छ ।

मार्जिन लोनको सीमा भने यथावत् छ । बैंकले कुनै पनि कम्पनीको १ सय ८० दिनको औसत वा बजार मूल्यमध्ये कम भएको ५० प्रतिशत मार्जिन लोन प्रवाह गर्न पाउने व्यवस्था छ ।

असार २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस