धनगढी – रौतहटमा हुने उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताका लागि कैलालीबाट महिलाको टीम छनोट भएको छ ।
अखिल नेपाल फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताका लागि मंगलबार धनगढी–१२ जुगेडास्थित मनकामना युवा क्लवको खेल मैदानमा खेलाडी छनौट भएको थियो । कैलालीका विभिन्न स्थानबाट १ सयभन्दा बढी महिला खेलाडी सहभागीमध्ये २ जना वैकल्पिक खेलाडीसहित १८ जनाको टीम तयार गरेको कैलाली जिल्ला फुटवल संघका सदस्य तथा खेलाडी छनौट समितिका सदस्य चन्द्र बमले जानकारी दिए ।
कैलालीको महिला टोलीमा रेबिका पाण्डेय, बसौती नाथ, तुलसी माझी, अस्बिना तामाङ्ग, मोनिका पुलामी मगर, गंगा अधिकारी, मनकुमारी चौधरी, महिमा चौधरी, सुशिला चौधरी, ललिता रावल, कमला बिष्ट, अप्सरा भुसाल, सुस्मिता दबाडी, प्रतिक्षा चौधरी, सिर्जना सुनार, कल्पना बिष्ट (वैकल्पिक) र सरस्वती रोकाया (वैकल्पिक) रहेको सदस्य बमले जानकारी दिए ।
असार २७ गतेदेखि साउन ३ गतेसम्म रौतहटमा हुने उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताको कैलालीको पहिलो खेल ३१ गते खेल्ने खेलाडी छनौट समितिका सदस्य बमले जानकारी दिए । प्रतियोगिताका लागि कैलालीको टोली असार २८ गते रौतहट जाने तालिका तय भएको कैलाली फुटवल संघले जनाएको छ ।
थप समाचार
- शहीद स्मारक बी डिभिजन लिग फूटबल : टुसाल विजयी
- एशियाली रोलबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली भारत प्रस्थान
- आहा रारा गोल्डकप फागुन ९ देखि, दुई विदेशीसहित १० टिम सहभागी
- नेपालद्वारा मलेसियासामु १२७ रनको लक्ष्य प्रस्तुत
- डीपीएल क्रिकेट : अत्तरियाले काठमाडौंलाई दियो १११ रनको लक्ष्य
- पोखरा म्याराथनमा दौडिए मुख्यमन्त्री, उपाधि आर्मीका धावकलाई
ताजा समाचार
- १४ वर्षीया बालिका वलात्कार गर्ने ६५ वर्षीय सिंहेश्वर पाण्डेलाई ६ वर्ष जेल
- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्यो, नेपालमा के हुन्छ ?
- भारतीय क्लबलाई नेपाली टोलीले ८–० गोल अन्तरले हरायो
- विधानबारे काङ्ग्रेसमा छलफल ,अर्को बैठक फागुन १२ मा
- काजी कालु पाण्डेको समाधी स्थल नेपालीको तिर्थस्थलः प्रम ओली
प्रतिक्रिया दिनुहोस