५० करोडका खानेपानी आयोजना २५ करोड अनियमितता

असार २८, २०७५

काठमाडौं–नाका लागि ५० करोडको पाइप खरिद गर्दा नेपाल खानेपानी संस्थानबाटै २५ करोड घोटाला भएको छ । संस्थानद्वारा सञ्चालित बुटवल खानेपानी आयोजना र राप्ती खानेपानी आयोजनाका लागि पाइप खरिदमा अनियमितता भएको हो ।

अनियमितता भएको उजुरीका आधारमा गरिएको छानबिनमा २५ करोड घोटाला भएको पाइएको हो । खानेपानी तथा सरसफाइमन्त्री विना मगरको निर्देशनमा मन्त्रालयले कानुनका उपसचिव गुणराज श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । आजको नयाँ पत्रिकादैनिकमा यसबारे विस्तृत खबर छापिएको छ । 


ADVERTISEMENT

असार २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस