असार २८, २०७५
असार २८, २०७५ मा प्रकाशित
दैलेख – ठाँटीकाँध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेको डेढ महिना नबित्दै सरुवा भएको छ । गाउँपालिका अध्यक्षले गैरकानुनी रूपमा काम गर्न दबाब दिएको र भनेको नमान्दा सरुवा गरिएको उनको आरोप छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
‘अध्यक्षले नियमविपरीत विभिन्न काम गर्न खोज्दा मैले रोक्न खोजेँ, त्यसैले डेढ महिनामै सरुवामा परियो,’ उनले भने, ‘जनप्रतिनिधिको दबाबका कारण कर्मचारीले राम्ररी काम गर्ने वातावरण छैन ।’
ADVERTISEMENT
उपभोक्ता समितिले पेस्की लिन नपाउने नियम भए पनि अध्यक्ष धीरबहादुर शाहीले आफ्नो छोराको खातामा योजनाको रकम जम्मा गरेको उनको आरोप छ ।
थप समाचार
ताजा समाचार
- १४ वर्षीया बालिका वलात्कार गर्ने ६५ वर्षीय सिंहेश्वर पाण्डेलाई ६ वर्ष जेल
- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्यो, नेपालमा के हुन्छ ?
- भारतीय क्लबलाई नेपाली टोलीले ८–० गोल अन्तरले हरायो
- विधानबारे काङ्ग्रेसमा छलफल ,अर्को बैठक फागुन १२ मा
- काजी कालु पाण्डेको समाधी स्थल नेपालीको तिर्थस्थलः प्रम ओली
प्रतिक्रिया दिनुहोस