शिक्षक परीक्षा प्रवेशपत्र वितरण: कोही बेहोस, अधिकांशले पाएनन्

असार २८, २०७५

काठमाडौं–कतिपय त बेहोस भए, अधिकांश परीक्षार्थीले प्रवेशपत्र पाउनै सकेनन् । शिक्षा विकास तथा समन्वय एकाइको अस्तव्यस्ताको कारण बुधबार ताहाचलस्थित काठमाडौं एकाइमा प्रवेशपत्र लिन आएका शिक्षकका परीक्षार्थीले सकस भोग्नुभएको थियो ।

शिक्षक सेवा आयोगले समयमै प्रवेशपत्र उपलब्ध गराउने स्थानको निक्र्यौल नगर्दा समस्या परेको थियो । कहिले परीक्षा केन्द्रमा त कहिले एकाइमा भन्दै अलमल परेको कारण हिजो बुधबार प्रवेशपत्र लिन पुगेका अधिकांश परीक्षार्थीले प्रवेशपत्र पाउन सकेनन् । शिक्षक सेवा आयोग र एकाइको लापरबाहीको कारण प्रवेशपत्र लिन एकाइमा पुगेका परीक्षार्थी दिनभर भोकभोकै बस्नु प¥यो ।


‘धैरैलाई असहज भएको महसुस भयो, कतिलाई त शीतलमा राख्नुप¥यो’ –एकाइ प्रमुख नन्दलाल पौडेलले नेपाल  भन्नुभयो । उहाँका अनुसार आयोगले समयमै तयारी नगरेको कारण समस्या परेको हो । आयोगले मध्यमाञ्चल विकास क्षेत्रका १९ जिल्लाका परीक्षार्थीका एकाइबाटै प्रवेशपत्र वितरण गर्ने व्यवस्था मिलाएको थियो ।

टाढाटाढाबाट आएका परीक्षार्थीले प्रवेशपत्र पाउन नसकेपछि शिक्षक सेवा आयोगविरुद्ध आक्रोश पोखेका थिए । नेपाल समाचार पत्र दैनिकमा खबर छापिएकाे छ । 

असार २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस