रोनाल्डोको जर्सीका लागि मारामार, युभेन्टसको साइट भयो क्य्राश

असार २८, २०७५

काठमाडौं – रियल मड्रिडबाट इटालीको क्लब युभेन्टस आउन लागेका क्रिस्टियानो रोनाल्डोको नयाँ जर्सीमा मानिसको उत्साह भरमार देखिएको छ । 

युभेन्टसले बुधवार रोनाल्डोको प्रसिद्ध ७ नम्बरको जर्सी आफ्नो अनलाइन शपिङ साइटमा राखेको केही समयभित्रै साइट क्य्राश भयो । 

रियल मड्रिडमा नौ वर्ष बिताएका रोनाल्डोले ७ नम्बरको जर्सी युभेन्टसमा पनि राखेका छन् । साइट क्य्राश भएपनि प्रशंसकहरूले टुरिनमा रहेको क्लबको आधिकारिक स्टोरबाट रोनाल्डोको जर्सी किन्न सक्नेछन् ।

मिडिया रिपोर्टका अनुसार, रोनाल्डोले चार वर्षका लागि युभेन्टसबाट १६ अर्ब रुपैयाँ खर्च गरेर ट्रान्सफर डील हस्ताक्षर गरेको हो । 

रियल मड्रिड छोडेपछि रोनाल्डोले भने, ‘म यो क्लब, प्रशंसक र यो शहरप्रति आभारी छु तर मेरो जीवनमा नयाँ चरण आएको छ । त्यसैले मैले क्लबसँग मेरो ट्रान्सफर स्वीकृत गर्न भनें । म आफ्ना प्रशंसकहरूलाई कुरा बुझ्न अपील गर्छु ।’

एजेन्सी
 


ADVERTISEMENT

असार २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस