×

NMB BANK
NIC ASIA

ट्रम्प नाटो सदस्यसँग किन यति धेरै रिसाएका ?

असार २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – ब्रसेल्समा चलिरहेको नाटो सम्मेलनमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले नाटो सदस्यहरूप्रति आक्रोश पोखेका छन् । नाटोका सदस्य मुलुकहरूले रक्षा खर्चमा सहयोग नबढाएको भन्दै उनले हकारेका हुन् ।

अझ ट्रम्पले त नाटो सदस्य मुलुकमध्ये विशाल देश जर्मनी आफैं रुसको अधीनमा रहेको समेत टिप्पणी गरे । जर्मनीले रुससँग पाइपलाइन डील गरेका कारण रुसको राज्यकोषका करोडौं डलर जम्मा भएको र जर्मनीलाई चाहिँ अमेरिकाले रक्षा गरिरहनुपरेको ट्रम्पले बताए । 

अघिल्लो वर्षको नाटो सम्मेलनमा पनि ट्रम्पले नाटो सदस्यहरूलाई कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशतलाई दुईगुणा बढाउन भनेका थिए । जुन देशले २ प्रतिशत त खर्च गर्न सकिरहेका छैनन्, उसले ४ प्रतिशत कसरी खर्च गर्ला ?

नर्थ एटलान्टिक ट्रीटी अर्गनाइजेसन अर्थात् नाटोमा २९ सदस्य छन् । यो संगठन सन् १९४९ मा सोभियत संघलाई रोक्नका लागि गठन गरिएको थियो । यसको मुख्य कार्यालय बेल्जियमको ब्रसेल्समा छ ।

सोभियत संघको विघटनपछि पनि यसलाई कायम राखियो र भूमिका परिवर्तन गरियो । यसले अहिले आतंकवादविरुद्धको लडाईं, छिमेकी देशमा स्थिरता र साइबर सुरक्षा लगायतमा काम गर्छ । 

नाटोका सबै सदस्यले आफ्नो जीडीपीको २ प्रतिशत रक्षा क्षेत्रमा दिनुपर्ने हुन्छ । तर यति रकम नदिने देशविरुद्ध कुनै दण्ड वा जरिवानाको व्यवस्था छैन । 

अमेरिकाले अहिले नाटोको कुल खर्चको २२ प्रतिशत बेहोर्छ । सन् २०१७ मा अमेरिकाले नाटोका लागि दुई अर्ब डलर खर्च गरेको थियो । 

सबै सदस्यले नाटोमा फन्डिङ गरेपनि २९ मध्ये आठ सदस्यले मात्र जीडीपीको दुई प्रतिशत दिने गरेका छन् । ट्रम्पलाई यी देश आफ्नो रक्षा क्षेत्रमा पर्याप्त खर्च नगरेको र संकटबाट बच्नका लागि अमेरिकामा निर्भर रहेको लाग्छ ।

यति मात्र नभई ट्रम्पले यसलाई व्यापारसँग जोड्दै मंगलवार एक ट्वीट पनि गरे ः ‘युरोपेली संघले युरोपमा हाम्रा मजदूर, कर्मचारी र कम्पनीलाई व्यापार गर्न असम्भव बनाइदिएको छ । युरोपसँग अमेरिकाको व्यापार घाटा १५१ अर्ब डलर छ ।
अनि उनीहरू नै अमेरिकाले स्वेच्छाले उनीहरूको सुरक्षा गरोस् र शालीनतापूर्वक रक्षा खर्च पनि बेहोरोस् भन्ने चाहन्छन् । अब यस्तो चल्दैन ।’

ट्रम्पका अनुसार, युरोपको सबभन्दा ठूलो अर्थतन्त्र जर्मनी रक्षा क्षेत्रमा जीडीपीको जम्मा १.२४ प्रतिशत खर्च गर्छ र यो नाटो सहयोगीहरूका लागि निर्धारित मानकभन्दा निकै कम हो । अमेरिका भने जीडीपीको ३.५ प्रतिशत खर्च गर्छ ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x