विमानस्थलमा महिला पर्यटकले दोस्रो विश्वयुद्धको बम ल्याइन्, मच्चियो हंगामा
काठमाडौं – प्रायः मानिसहरूले पर्यटनस्थल जाँदा यादका रूपमा आफूसँग केही न केही सामान ल्याउने गर्छन् । अमेरिकाबाट अस्ट्रिया पुगेकी एक महिला पर्यटकले सोभिनियर ठानेर दोस्रो विश्वयुद्धताकाको एउटा बम लिएर विमानस्थल पुगिन् ।
अस्ट्रियाको भिएना विमानस्थलमा उनले यो बम अधिकारीहरूसमक्ष राख्दा हंगामा मच्चियो ।
अस्ट्रियामा हाइकिङ गर्ने क्रममा उनले बम फेला पारेकी थिइन् । उनले सोधखोज नगरी त्यो बम खुरुक्क झोलामा हालिन् । उनले होटेल पुगेर बम सफा गरिन् ।
त्यसपछि महिला पर्यटक होटलमा सामान प्याकिङ गरेर विमानस्थल पुगिन् । त्यहाँ पुगेपछि उनले निर्दोषिताका साथ विमानस्थलका भन्सार अधिकारीहरूसमक्ष बम राखिन् र त्यसलाई सोभिनियर श्रेणीमा राखेर सँगै लान सकिन्छ भनी सोधिन् ।
बमको जाँच गरेपछि अधिकारीहरूको होश उड्यो । अनि त विमानस्थलमा हंगामा मच्चियो । अधिकारीहरूले तत्कालै बम निष्क्रिय गर्ने टोलीलाई बोलाए ।
घटनाका कारण विमानस्थलको आगमन र सामानवाला सेक्सन १५ मिनेटका लागि रोकियो । पछि पर्यटक महिलामाथि चार हजार युरोको जरिवाना पनि लगाइयो ।
एजेन्सी
थप समाचार
- विश्वका सबैभन्दा अनौठा ८ शहरहरु, के हुन् कारण ?
- यो तस्वीरमा एउटा फोन लुकेको छ, पत्ता लगाउन सक्नुहुन्छ ?
- विश्वको अनौठो शहर जहाँ बस्दा पैसा पाइन्छ !
- वास्तुशास्त्र भन्छ, आइतवारदेखि शनिवारसम्म कुन बार के काम गर्दा हुन्छ फाइदा ?
- यस्ता काम गर्नुहोस्, कहिल्यै असफल भइदैन
- केही मानिस जे गरे नि मोटाउँदैनन्, कारण यस्तो
प्रतिक्रिया दिनुहोस