×

NMB BANK
NIC ASIA

उपकुलपति कोइरालाको क्यानडा भ्रमण स्थगन् न्यायपूर्ण भएको प्राध्यापक सङ्गठनहरुको दाबी

असार २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २८ असार–नेपाल प्रगतिशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा कुलप्रसाद कोईरालाको क्यानडा भ्रमण स्थगन न्यायपूर्ण रहेको बताएका छन् । 

Muktinath Bank

रिपोर्टर्स क्लब नेपालमा बिहीबार पत्रकार सम्मेलन गरेर नियूक्ति भएदेखिनै उपकुलपति डा.कोइरालाले विश्वविद्यालयको ऐन नियम विपरित काम गर्दै आएको भन्दै उनीमाथि छानविनको माग समेत गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिक्षाध्यक्ष प्रा. रमेशप्रसाद ढकालले संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा कुलप्रसाद कोइरालालाई कुलपतिसँग भेटेर क्यानडामा हुने विश्व संस्कृत सम्मेलनका बारेमा जानकारी दिनुहोस् भन्दा नमानेको आरोप लगाए् । 


Advertisment
Nabil box
Kumari

उनले भने,‘उहाँले विश्वविद्यायलको ऐन नियमलाई ख्याल गर्नुभएन, आफु निकटका १८ जनालाई भिसा दिनुपर्ने भनेर पठाएको पत्र रोकिएपछि मात्र यो विषय बाहिर आएको थियो, १८ जनामा ६ जनाको मात्रै भिसा आएको थियो त्यसमा उपकुलपतिको भिसा रद्द भएको थियो, त्यसपछि दोस्रोपटक अनुरोधपछि उहाँको भिसा आएको थियो, कुलपतिबाट पूर्व स्वीकृत लिनुपर्ने ऐनमा भएका ब्यबस्थाहरुको पालना नगरेको र निमित्त ब्यक्ति नतोकेको स्थितिमा यो परिस्थिति सिर्जना भएको हो ।’

Vianet communication
Laxmi Bank

कार्यक्रममा राष्ट्रिय प्राध्यापक संगठनका सह–संयोजक प्रा.डा. रमेश प्रसाद भट्टराईले उपकुलपति बन्नको लागि प्राज्ञिक आचरण पनि हुनुपर्नेमा जोड दिएका छन् । 

उनले भने,‘प्राज्ञिक स्वतन्त्रता भनेको अराजकता सिर्जना गर्नु होईन, ऐन नियम विपरित काम गर्नु होईन, तीन वर्षको अवधिमा उहाँले धेरै कामहरु ऐन विपरित गर्नु भएको छ ।’

कार्यक्रममा पूर्व रजिष्ट्रार प्रा.जगत प्रसाद उपाध्याय, पूर्व अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखाका प्रमुख सह–प्राध्यापक कृष्ण पौडेल, प्रगतिशील प्राध्यापक संगठनका उपाध्यक्ष तथा सह–प्राध्यापक डा.कृष्ण न्यौपाने, उपमहासचिव

चन्द्र प्रसाद ढकाल, सचिव राम कुमार राई, राष्ट्रिय प्राध्यापक संगठनका उपाध्यक्ष प्रा. श्रीधर अधिकारी लगायतले आफ्ना कुराहरु राखेका थिए। 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x