चौका दाउको फस्टलुक

असार २८, २०७५

काठमाडौं - चलचित्र चौका दाउको फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।

सार्वजनिक पोस्टरमा विल्सन विक्रम राई, रवीन्द्र झा, सन्तोष पन्त, तैयब शाहलाई देखाईएको छ । पोस्टरमा देखिएका कलाकारहरु अर्धनग्न अवस्थामा छन् । फस्टलुक सार्वजनिक गर्दै निर्माण टिमले आफ्नो प्रदर्शन मिति पनि तय गरेको छ ।

चलचित्र आगामी मसिंर ७ मा प्रर्दशनमा आउने वताईएको छ । पूणेन्दु झा निर्देशित चलचित्रमा विल्सन विक्रम, रबिन्द्र, सन्तोष, तैयबस“गै अजस्र ढुंगाना, वर्षा राउत, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, सागर सिग्देललगायतका कलाकारको अभिनय छ । चर्चित गायक शम्भुजित बास्कोटाको कथा र संगीत रहेको चलचित्रलाई मनोज राजभण्डारी र सौर्याजित बँस्कोटाले निर्माण गरेका हुन् । चलचित्रलाई दिर्घ गुरुङले छायांकन गरेका हुन् ।
 

असार २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार