माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
आज भन्दा ठिक २०५ बर्ष अगाडि अर्थात वि.स. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घा गाउँमा पण्डित श्रीकृष्ण आचार्यका नाति र धनञ्जय आचार्यको सुपुत्रका रुपमा देवीभक्त नामका एक बालकको जन्म हुन पुगेको थियो । पछि तिनै बालक देवीको भक्त नभई रामको भक्त र नेपाली भाषाको भक्त हुँदै नेपाली साहित्य आकाशमा आदिकवि भानुभक्त आचार्य बनेर उज्वल नक्षत्र बनेर चम्किन पुगे । जुन उज्वल नक्षेत्र नेपाली साहित्य आकाशमा यो धर्ती रहिञ्जेलसम्म जाज्वलयमान बनेर चम्कि रहनेछन् ।
संस्कृत भाषामा राम्रो ज्ञान हासिल गरेका भानुभक्तले १३ बर्षको कलिलो उमेरमा नै आफ्नो साहित्यिक यात्रा अगाडि बढाएको भएतापनि वि.स. १८९१ मा काम विशेषले यात्रा गर्दे जानेक्रममा हाल व्यास नगरपालिकाको वडा नं १२ मा रहेको घाँसीकुवामा एक स्थानीय घाँसीसंग जम्काभेट हुँदा घाँसीबाट पाएको प्रेरणाका कारण काव्य रचनाबाट लोकको हित गर्ने निर्णय लिई संस्कृतको रामायणलाई नेपाली भाषामा अनुवाद गर्ने कामको थालनी गरे । जुन रचना आजको दिनसम्म आइपुग्दा प्रत्येक नेपाली र विश्वभरि छरिएर रहेका नेपाली भाषीको मुटुको ढुकढुकी बन्न पुगेको छ ।
यसका अतिरिक्त आदिकवि भानुभक्त आचार्यले भक्तमाला, अमरकोष, प्रश्नोत्तरी, बधुशिक्षा,रामगीता लगायतका कृति तथा दर्जनौं फुटकर रचना रच्ने जुन कार्य गरे त्यसले नेपाली साहित्यको भण्डारलाई भर्ने काम गरेको छ । जुन कार्यको प्रशंसा गर्दे नेपालमा वि.स. २००९ साल देखि भानुजयन्ती मनाउन थालेको पाइन्छ । जुन कार्यलाई त्यस पछि सर्मथन जनाउँदै नेपाली शिक्षा परिषद लगायतका विभिन्न साहित्यक संस्थाहरुले त्यसपछिका बर्षहरुमा प्रत्येक बर्षको असार २९ गते भानु जयन्ती मनाउने गरेको पाइएको छ । जुनक्रम आजसम्म जारी रहेको छ । यद्यपी छिमेकी मुलुक भारतको दार्जिलिङमा भने वि.स. २००२ सालमा न भानुभक्त रात्री पाठशाला चाँमरीमा असार २९ गते देखि भानुजयन्ती मनाएको पाइन्छ ।
आजको दिनसम्म आइपुग्दा मुलुक भित्र विधिवत् रुपमा भानु जयन्ती मनाउन लागिएको ६६ बर्ष पुगिसकेको छ । यो ६६ बर्षको अवधिमा मुलुकमा थुप्रै राजनीतिक परिवर्तन भए । तर भानुभक्तको जन्मथलोमा खासै परिवर्तन हुन सकिराखेको छैन । यथार्थताको धरातलमा उभिएर भन्ने हो नेपाली भाषा साहित्यलाई आजको समृद्धशाली प्रारुपमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई भाषिक केन्द्र र साहित्यिक केन्द्रको रुपमा विकास गरी नेपाल र विश्वभरि छरिएर रहेका नेपाली भाषीहरुको ध्यान आकृष्ट गर्ने विषयमा सरकारको ध्यान पुग्नु पर्ने हो ।
सरकारले चुँदी रम्घामा हरेक बर्ष बिरालो बाँधेर श्राद्ध गरे जसरी भानुजयन्ती मनाइरहेको अवस्था छ । हुन त भानु जन्मथलोको विकासका लागि सरकारले वि.स. २०५२ सालमा भानु जन्मस्थल विकास समिति गठन नगरेको होइन । तर पर्याप्त मात्रामा बजेट उपलब्ध नगराउँदा सो समितिले खासै उपलब्धी मुलुक कार्यहरु गर्न सकिराखेको अवस्था छैन । जसको ज्वलन्त उदाहरणका रुपमा भानु जन्मस्थल विकास स्थापना देखि हालसम्म त्यहाँ कार्यरत कर्मचारीहरुले पाउनु पर्ने लाखौं वक्यौतालाई लिन सकिन्छ । यसो भन्दै गर्दा भानु जन्मस्थल विकास समितिमा केही सिन्को भाँच्ने काम सरकार र विभिन्न गैर सरकारी संस्थाबाट नभएको भन्ने चाहि होइन ।
भानुभक्तको घर पुनर्निर्माण देखि जन्मस्थल परिसरमा भौतिक तथा साहित्यक पक्षहरुलाई संरक्षण गर्ने विषयमा केही काम भएका थिए र अहिले पनि भईरहेका छन् । तर भएका कामको उचित संरक्षण नहुँदा भानुभक्तको पुर्ननिर्माण गरिएको घर डढेलोको कारण खरानी हुन पुग्यो भने बनेका अन्य संरचनाहरु लथालिङग अवस्थामा रहेका छन् । जसको पुर्ननिर्माणमा राज्यको विशेष ध्यान पुग्नु जरुरी देखिन्छ ।
विश्व साहित्यलाईलाई एकपटक नजर लगाउने हो भने महान नाटककार शेक्सपियरको जन्मथलोलाई बेलायतबासीले साहित्यक तीर्थस्थलको रुपमा विकासको गरेको पाइन्छ । जहाँ अध्ययन र अवलोकनका लागि बर्षेनी लाखौंको संख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरु पुग्ने गर्दछन् । तर नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा दिनप्रति दिन खण्डहरमा परिणत हुँदै गर्दा पनि त्यसको संरक्षणमा न राज्यको ध्यान पुग्न सकेको छ न त जिल्लाबासी त्यसमा पनि भानुबासीको । यो अत्यन्त दुरभाग्यपूर्ण विषय हो । कामना गरौं, आगामी दिनमा सरोकारवाला सबै पक्षको यस विषयमा अवश्य ध्यान पुग्नेछ ।
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...