×

NMB BANK
NIC ASIA

डा.केसीलाई काठमाडौं ल्याउन बल प्रयोग गर्ने सरकारको संकेत

असार २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा क्षेत्रका वेथितीविरुद्ध जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य कमजोर भए उनलाई बल प्रयोग गरेर भएपनि काठमाडौं ल्याउने बताएका छन् । 

Muktinath Bank

सरकारले यसअघि पनि डा.केसीलाई काठमाडौं ल्याउने प्रयास गरेको थियो । शुक्रवार शिक्षा पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा मन्त्री पोखरेलले डा.केसीको स्वास्थ्य अबस्था कमजोर भए काठमाडौं ल्याउन सकिने बताएका हुन् । ‘उहाँको स्वास्थ्य कमजोर भए बल गरेर पनि काठमाडौं ल्याउनु पर्ने हुनसक्छ’ पोखरेलले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री पोखरेलले डा.केसीको उपचारका लागि सरकारले चिकित्सकको टोली पठाउने तयारी गरेको जानकारी दिए । सरकारले डा.केसीलाई काठमाडौं ल्याउनको लागि हेलिकप्टर तयारी अबस्थामा राखेको छ । 


Advertisment
Nabil box
Kumari

डा केसीको जीवन रक्षाका लागि संघीय संसदका दुबै सदनमा भएको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव माथिको छलफलमा शिक्षा मन्त्री पोखरेलले डा केसीलाई काठमाडौं ल्याउन सहयोग गर्न सबैसंग आग्रह गरेका थिए । 
यसअघि प्रतिनिधि सभाको बैठकमा सम्वोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले पनि डा केसीलाई काठमाडौं ल्याउनको लागि हेलिकप्टर तयारी अबस्थामा राखिएको बताएका थिए । उनले डा केसीको हठ र जिद्दीका कारण काठमाडौं ल्याउन नसकिएको बताएका थिए । 

Vianet communication
Laxmi Bank

डा केसीले भने सरकारसंग जुम्लामै गएर वार्ता गर्ने अडान लिँदै आएका छन् । डा केसीको स्वास्थ्य कमजोर बन्दै गएको भन्दै उनका समर्थकले माग पूरा गर्न सरकारमाथि दवाव सिर्जना गर्दै आएका छन् । तर केसीसँग वार्ताका लागि सरकार जुम्ला नजाने शिक्षामन्त्री पोखरेलले बताएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x