×

NMB BANK
NIC ASIA

बिहीवार दिनभर भक्तपर डुब्दा अनिदोमै बित्यो रात !

असार २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भक्तपुर – हनुमन्ते खोला पसेर बितण्डा मच्चाएको बस्तीका बासिन्दाको रात अनिदोमै बितेको छ । 

Sagarmatha Cement
Muktinath Bank

भक्तपुर नगरपालिकाको जगाती, हनुमानघाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, लिवाली क्षेत्रका बासिन्दा मात्र हैन मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे क्षेत्र, एसएस चोक, शंखधर साख्वाः चोक, दक्षिण बाराही क्षेत्र र निकोसेरा, बालकोट, कौशल्टार सागबारीका डुबान बस्तीका पीडितले पनि अनिदोमै रात काटेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टिनको छाप्रोमा बसेका र अस्थायी शिविरमा बसेकामध्ये धेरैको छाप्रो बगाएको र छाप्रो बाँकी भएकाहरुको पनि लत्ताकपडा, ओढ्ने, ओछ्याउने र खाद्यान्न हिलोमा परेपछि बिचल्लीमा परेका छन् । कतिपयले खोला किनाराको आफ्नो बस्ती छाडेर छिमेकीकोमा रात बिताएका छन् भने कतिपय आफन्तको शरणमा पुगेका छन् । 


Advertisment
Nabil box
Kumari

पक्की घर भएकाहरुमध्ये भुइँतलामा बस्नेहरुको अवस्था पनि उस्तै रह्यो । बाढी घटे पनि घरभित्र पसेको पानी निकाल्न नपाएपछि रातभर अनिदोमै रात बिताउनुपरेको पीडितले बताएका छन् । 

Vianet communication
Laxmi Bank

मध्यपुरथिमि राधेराधे बस्ने शर्मिला पाठकले रात अनिदोमै बितेको बताइन् । भाडामा बस्दै आएको उहाँका परिवारका चारैजनाको रात नसुतिकनै बित्यो । उनले भनिन्, “दिउँसो बाढी घटे पनि कोठाभित्र पसेको पानी घटेन । कोठामा चार फिटमाथिसम्म पानी भरिएको छ । एक्लैले पानी झिक्न सकिँदैन, ओछ्यान, लुगा, खानेकुरा सबै डुब्यो । के खाने, कहाँ सुत्ने पत्तो छैन ।” 

यहाँका बस्तीमा भुइँतलामा भाडामा बस्नेहरुको बिचल्ली भएको छ । सँगैका अशोक थापाले भने, “खानेपानीसमेत छैन, पानी ट्याङ्करले पानी वितरण गर्न आएपछि एक भाँडो पानी थापेर राख्यौँ । यहाँ धेरैको यस्तै बिचल्ली छ । कोठामा छिरेको पानी झिक्न नगरपालिकाले पानी तान्ने पम्पको व्यवस्था गरिदिए धेरैको उद्धार हुने थियो ।” 

निजी पानी तान्ने पम्प हुनेहरुले आज पानी तानेर बाहिर फ्याँके पनि पम्प नभएका धेरैको घरभित्रको पानी दह बनेर बसेको छ । कमेरोटार भाटभटेनी पछाडि तीनतले घरको भुइँतलामा भाडामा बस्दै आउनुभएकी सिर्जना श्रेष्ठले भनिन्, “कोठामा पानीसँगै पसेको माटो, हिलो दुई फिटसम्म जमेको छ, भित्र जानेसम्म अवस्था छैन । सुत्ने त कहाँ कहाँ ? सबै एकै ठाउँमा कोचिएर अनिदोमै रात बिताइयो ।” 

व्यापारीको पनि उस्तै बिचल्ली भएको छ । भुइँतलामा राखेको पसल र पसलको गोदाम डुब्दा करोडौँका सामान नष्ट भएको छ । थिमिमा सञ्चालित सामसुङ कम्पनीलगायत विभिन्न इलेक्ट्रोनिक्स फर्म, बिक्री पसल, किराना पसल, सिमेन्ट लगायतका निर्माण सामग्री डुबेर नष्ट हुँदा करोडौँको क्षति भएको छ । 

खानेपानीको वितरण शुरु 

मध्यपुरथिमि नगरपालिकाको पहलमा खानेपानी मन्त्रालयको निर्देशनअनुसार मध्यपुर थिमिको डुबान क्षेत्रमा आजदेखि खानेपानी वितरण शुरु भएको छ । मध्यपुरथिमिको टोल टोलमा १८ वटा ट्याङ्करबाट खानेपानी वितरण शुरु गरिएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । भक्तपुरमा पनि खानेपानी वितरण शुरु भएको छ । 

मृतक परिवारलाई रकम हस्तान्तरण 

अविरल वर्षाका कारण आएको पहिरोमा तीन सदस्य गुमाएको पीडित परिवारलाई राहत रकम प्रदान गरिएको छ ।

चाँगुनारायण नगरपालिका–७ मझुवा गाउँका ७० वर्षीया हीरा लामा, पत्नी ६५ वर्षीया पानमाया लामा र दुई वर्ष छ महिनाकी नातिनी सम्पदा लामाको मृत्यु भएको थियो । जिल्ला दैवी उद्धार समितिले आज पीडित परिवारलाई रकम हस्तान्तरण गरेको हो । मानवीय आस्था नेपाल र नेपाल रेडक्रस सोसाइटीले आजदेखि राहत रकम वितरण गर्न थालेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x