×

NMB BANK
NIC ASIA

गंगामायाले तोडिन् अनशन, माग पूरा नभए १० दिनपछि फेरि बस्ने

असार २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारवाहीको माग गर्दै अनशनरत गोरखाको फुजेलकी गंगामाया अधिकारीले आज अनशन तोडेकी छन् ।

Muktinath Bank

कानूनमन्त्री शेरबहादुर तामाङले गंगामायाको अनशन तोडाएका हुन् । कानूनमन्त्री तामाङले छोराको हत्यामा संलग्नलाई कारवाही गर्ने र परिवारका सदस्यको जीविकोपार्जन लगायतका माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि गंगामाया अनशन तोड्न राजी भएकी हुन् । उनी काठमाडौंको वीर अस्पतालमा पछिल्लो पटक जेठ महिनादेखि अनशनरत थिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री तामाङले जुस खुवाएर अनशन तोडाएका हुन् । १० दिनभित्र माग पूरा नभए फेरि अनशन बस्ने गंगामायाले चेतावनी दिएकी छिन् । अनशनरत गंगामायाको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि सरकारकै पहलमा फरार अभियुक्त छविलाल पौडेलले गत आइतवार सर्वाेच्च अदालतमा आत्मसमर्पण गरेका थिए । सर्वाेच्चले २०७२ पुस ६ गते पुर्पक्षका लागि थुनामा राखेर मुद्दा प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो ।


Advertisment
Nabil box
Kumari

सर्वाेच्चको आदेशपछि पनि पौडेल फरार रहेकाले अभियुक्तमाथि कारवाही माग गर्दै नन्दप्रसाद अधिकारी र गंगामाया दम्पत्तिले अनशन शुरू गरेका थिए । अनशनकै क्रममा गंगामायाका पति नन्दप्रसादको निधन भएको थियो । परिवारले शव बुझ्न नमानेपछि सरकारले नन्दप्रसादको शव शिक्षण अस्पतालमा राखेको छ ।

Vianet communication
Laxmi Bank

छोराका सबै हत्यारा पक्राउ गर्नुपर्ने मुख्य माग राख्दै उनीहरूले अनशन शुरू गरेका थिए । २०६१ जेठ २४ गते गोरखाको फुजेलका कृष्णप्रसादको हत्या भएको थियो । द्वन्द्वकालको घटना भन्दै तत्कालीन माओवादीले सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् घटनाको निरुपण हुनुपर्ने दावी गर्दै आएको छ । तर, मृतकका परिवारले अदालतबाटै न्याय पाउनुपर्ने दावी गर्दै आएका छन् । गंगामाया परिवारलाई मानवअधिकारवादी संघसंस्थाको पनि सहयोग रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x