×

NMB BANK
NIC ASIA

जहाँ सवा करोड कमाउने पनि गरिब हुन्छन्

असार ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

तपाईंको कमाई त लाखभन्दा पनि धेरै छ । जिन्दगी कति आनन्दपूर्वक बितिरहेको होला यहाँको त ? समाजमा यस्तै खालका वार्तालाप हामी धेरैजसो सुन्ने गर्छौं । जसको मासिक आम्दानी लाखभन्दा बढी छ, उसलाई सफल व्यक्ति मानिन्छ । समाज र परिवारमा पनि उसलाई सफलताको उदाहरणका रूपमा प्रस्तुत गरिन्छ । तर संसारमा एक यस्तो देश पनि छ जहाँ १ करोड २८ लाख रुपैयाँ कमाउनेलाई पनि गरिब ठानिन्छ । यो सहर हो, अमेरिकाको सनफ्रान्सिस्को ।

Muktinath Bank

अमेरिकाको आवासीय र सहरी विकास विभागको हालैको रिपोर्टले यही तथ्य बाहिर ल्याएको छ । रिपोर्टअनुसार सनफ्रान्सिस्को, सन माटियो र त्यस आसपास रहने चार सदस्य रहेको परिवार यदि १ करोड २८ लाख कमाउँछ भने ऊ न्यून तलब पाउने परिवारमा गनिन्छ । त्यही यदि कुनै परिवार ८० लाख रुपैयाँ कमाउँछ भने ऊ अझ गरिबमा गनिन्छ । देशको अन्य इलाकाको तुलनामा यी सहरमा गरिबीको यो अवस्था एकदमै धेरै छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ब्रुकिङ इन्स्टिच्युटको वेबसाइट द हेमिल्टन परियोजनाको एउटा सर्वेक्षणले यही देखाउँछ कि अमेरिकामा मानिसहरूको कमाइमा निकै अन्तर छ । अमेरिकाको लगभग दुईतिहाइ परिवारको कमाई सनफ्रान्सिस्कोको १ करोड २८ लाख रुपैयाँ कमाउनेहरू गरिब परिवारभन्दा कम छ । अमेरिका चार सदस्य रहेको परिवारको औसत कमाई करिब ९९ लाख रुपैयाँ हो । यसभन्दा धेरै सदस्य रहेको परिवारको औसत कमाई करिब ६५ लाख हो । करिब ३३ करोड जनसंख्या रहेको अमेरिकामा चार करोडभन्दा धेरै व्यक्ति गरिबीको रेखाभन्दा तल छन् । यस्ता चार सदस्यीय परिवारको कमाई करिब २७ लाख रुपैया छ ।


Advertisment
Nabil box
Kumari

केही ठूलो सहरको तुलनामा देशको अन्य भागको कमाई निकै कम छ । यस श्रेणीमा सनफ्रान्सिस्को पनि छ । यस सहरमा आईटी र प्रविधि उद्योगको अति धेरै छ । जसबाट यहाँ रहने मानिसको कमाई पनि राम्रै हुने गरेको छ । राम्रो आर्जनको चाहना राख्ने व्यक्तिका लागि यो सहर उनीहरूको सपनाको गन्तव्य बनिसकेको छ ।

Vianet communication
Laxmi Bank

सनफ्रान्सिस्कोको सहरी क्षेत्रमा सन् २००८ देखि २०१६ को बीचमा २५देखि ६४ उमेरका नोकरी पेशा व्यक्तिको कमाई २६ प्रतिशतसम्म बढेको छ । अर्को सहर इलाकाको तुलनामा यो अति धेरै हो । सन् २०१६ सम्म यहाँको नागरिकको औसत कमाई करिब ६८ लाख रुपैयाँ भइसकेको थियो । अमेरिकाको अन्य क्षेत्रमा नागरिकलाई धेरै तलब दिइन्छ । सेन जोसमा २५ देखि ६४ वर्षका नोकरीपेशा नागरिकको औसल कमाई करिब ४५ लाख रुपैयाँ, वासिङटन डीसीमा करिब ६७ लाख रुपैयाँ र बोस्टनमा करिब ६० लाख रुपैयाँ छ । धेरै कमाई हुने यस्ता इलाकामा अन्य नोकरीमा पनि मानिसलाई राम्रै तलब दिइन्छ ।

सनफ्रान्सिस्कोमा डाक्टर सबैभन्दा धेरै कमाई गर्ने व्यक्ति हुन्छन् । डाक्टरको औसत कमाई २ करोड ११ लाख रुपैयाँभन्दा धेरै हुन्छ । सरकारी अधिकारीको औसत कमाई एक करोड ८४ लाख हुन्छ । त्यही सफ्टवेयर डेवलपरले करिब १ करोड २८ लाख औसत कमाउँछन् । जब कि यहाँ त्यस्ता मानिस पनि छन्, कम कमाउँछन् । सनफ्रान्सिस्कोमा सबैभन्दा कम कमाई गर्ने किसान हुन्छन् । यहाँ किसान औसत करिब २० लाख रुपैयाँ कमाउँछन्, त्यही बच्चाको रेखदेख गर्नेहरूको औसत कमाई करिब २४ लाख हुन्छन् ।

कमाई धेरै अवश्य हुन्छ, तर यहाँ रहन बस्ने खर्च पनि कम छैन । यहाँ सबैभन्दा धेरै खर्च आवासमा हुन्छ । सनफ्रान्सिस्कोमा रहन बस्न देशको औसत खर्चको तुलनामा २५ प्रतिशत धेरै खर्च गर्नुपर्ने हुन्छ । जब कि राष्ट्रिय औसतभन्दा यहाँको नागरिकको कमाई ४५ प्रतिशत धेरै छ । सनफ्रान्सिस्कोमा २ बीएचके अपार्टमेन्टको भाडा मासिक २ लाखभन्दा बढी हुन्छ । २००८ मा यो करिब एक लाख रुपैया थियो ।

ओहिसो जस्ता राज्यमा यो भाडा ५८ हजारको नजिक हुन्छ । यी सहरको तुलनामा सनफ्रान्सिस्कोमा कमाईको अनुपामा भाडामा खर्च धेरै हुन्छ । अर्को सहरको तुलनामा यहाँ कमाई दुई गुणा अवश्य हुन्छ, तर भाडामा २७० प्रतिशत धेरै खर्च गर्नुपर्ने हुन्छ । यस्तोमा सनफ्रान्सिस्कोमा रहनु कुनै आर्थिक चुनौतीभन्दा कम छैन । अमेरिकी सरकार यो मान्छ कि यदि समान क्षेत्रमा समान सदस्यको परिवार औसल कमाईभन्दा ८० प्रतिशत या त्यसभन्दा कम कमाउँछ भने त्यो गरिब हो ।बीबीसी’ काे सामग्री राजधानी दैनिकमा छापिएकाे छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x