×

NMB BANK
NIC ASIA

तीन वर्षभित्र ‘साक्षरण कर्णाली प्रदेश’

असार ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- कर्णाली प्रदेश सरकारले आगामी तीन वर्षभित्र ‘साक्षरण कर्णाली प्रदेश’ घोषणा गर्ने अभियान थाल्ने भएको छ । 

यसका लागि सामाजिक विकास मन्त्रालयले आगामी साउन महिनादेखि कार्यविधि तयार गरेर कार्यान्वयन प्रक्रियामा जाने तयारी गरेको छ । अभियान सफल बनाउन अनौपचारिक शिक्षा तथा साक्षरता अभियानसम्बन्धी कार्यक्रम गर्न स्थानीय तहसँगको समन्वयमा कार्य ढाँचा तथा कार्य पद्धति निर्माण गरिने सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिनुभयो । 

“निर्माण गरिने कार्य ढाँचा र पद्धति यथाशक्य कायान्वयनमा लैजान नीति, कार्यक्रम, बजेट र रातो किताबमै उल्लेख छ जसका लागि मन्त्रालयले रु दुई करोड बजेट पनि विनियोजन गरेको छ,” मन्त्री रावलले भन्नुभयो । उहाँले कर्णालीका निरक्षर प्रौढ महिला तथा पुरुषका लागि माध्यमिक शिक्षा परीक्षा दिई बसेका विशेष गरी महिलालाई साक्षरता कक्षा सञ्चालनको अवसर दिइने बताउनुभयो । 

उहाँले प्राविधिक शिक्षामा महिलाको पहुँच वृद्धि गर्न ‘छोरी–बुहारी प्राविधिक शिक्षा छात्रवृत्ति’ कार्यक्रम लागू गर्ने कुरा नीतिमा ल्याइएको जनाउँदै भन्नुभयो, “हामीले दलित, विपन्न, द्वन्द्वपीडित, दुर्गम क्षेत्रका विद्यार्थीका लागिसमेत प्राविधिक शिक्षामा पहँुच वृद्धि गर्न थप छात्रवृत्ति कार्यक्रमको व्यवस्थापनमा रु एक करोड ५० लाख बजेट विनियोजन गरेका छौँ ।” 

सरकारले विद्यालय नजाने एवं छाड्ने प्रवृत्तिलाई निरुत्साहन गर्न, विद्यार्थी सिकाइ उपलब्धि अभिवृद्धि गर्न, नानीहरुलाई ‘विद्यालय ल्याऔंँ, टिकाऔंँ र सिकाऔँ’ भन्ने राष्ट्रिय अभियान प्रभावकारी बनाउन स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गर्ने योजना बनाएको छ । 

विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराई नियमित पठनपाठन गराउन सक्ने स्थानीय तहलाई प्रोत्साहन गर्ने हेतुले रु एक करोड ७० लाख बजेटको व्यवस्था गरिएको छ । सामाजिक विकास मन्त्रालयका उपसचिव भक्तबहादुर ढकालले साक्षर प्रदेश घोषणा अभियानका लागि आगामी साउनदेखि १० वटै जिल्लाको निरक्षरताको तथ्यांक संकलनका लागि घरधुरी सर्वेक्षण शुरु हुने बताउनुभयो । 

Muktinath Bank

घोषणा अभियान सफल बनाउन प्रदेश सरकारले घुम्ती विद्यालय सञ्चालनका लागि प्रोत्साहन कार्यक्रम, सडक तथा अभिभावकविहीन बालबालिकाको पुनःस्थापन, साक्षर स्थानीय तह घोषणा कार्यक्रमका लागि प्रतिबद्धतामा आधारित स्थानीय तहलाई सहयोग, हिमाली जिल्लामा नमूना आवासीय विद्यालय सञ्चालनार्थ सम्भाव्यता र नमूना अध्ययन गर्ने योजना बनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुलुकको औसत साक्षरता दर ६५.९५ प्रतिशत हुँदा कर्णाली प्रदेशको साक्षरता दर भने ५८.२५ प्रतिशत छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x